अंग्रेजीमा एउटा भनाइ छ– ‘नो न्युज इज गुड न्युज’ अर्थात् समाचार नहुनु पनि एउटा राम्रो समाचार हो। तर यो समाचार लुकाएर बेइमानी छाप्ने प्रवृत्तिको प्रसङ्ग होइन। नत आँखा चिम्लेर केही देखिएन भन्ने ‘सुतुरमुर्गकारिता’को प्रतीक हो। यी प्रसङ्गहरू समाचार लेख्दै गर्दा हराएका समाचारका कथा हुन्। जुन छापिनुमा भन्दा मेटिनुमा राम्रो लाग्यो। पत्रकारिताको लामो दौरानमा यस्ता केही छोटा मिठा अनुभूति गर्न पाएँ। तिनै अनुभूतिको सँगालो हो यो।
यसको सुरुवात अघिल्लो साता मखन गल्लीमा भएको आगजनीबाट गरौं। आगलागी भएको समाचार प्रधान सम्पादकबाट थाहा पाएलगत्तै मखन गल्लीमा पुग्दा आगो निभिसकेको थियो। बलेको आगोको तस्बिर खिच्न निस्केको म आगो निभेको क्षणको तस्बिरमा रमाएँ। भलै दुर्घटनामा एक महिलाले ज्यान गुमाइन्। तर साँघुरो गल्लीको पुरानो बस्तीमा भएको आगलागीबाट थप भयङ्कर दुर्घटना पनि घट्न सक्थ्यो। छिमेकीको घरमा समेत आगो सल्कन सुरु भइसकेको अवस्थामा सुरक्षाकर्मीले जोखिममा परेर आगो निभाएको क्षण निकै आशालाग्दो थियो।
यो त भयो फोटो गुमेको पछिल्लो समाचार। झन्डै डेढ दशक लामो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखियो। केके लेखियो, याद हुन पनि छाडिसके। तर ती लेखिएका समाचारभन्दा नलेखिएका केही समाचार अझै प्यारा बनेर स्मृतिमा बसेका छन्। तिनै मध्येको एउटा चाखलाग्दो समाचार डेढ दशक अगाडिको छ।
देशमा वैधानिक प्रधानमन्त्री र प्रधानसेनापति हराएको बेला डेढ दशकअगाडि वीरगन्जको एउटा रेडियोमा एकाबिहानै यो खबर सुनेँ। त्यति बेला सेयर बजारमा आएको लाखौंको उतारचढावभन्दा पनि पर्सा लखनपुरमा एक किसानको गाई हराएको खबरले मेरो ध्यान तान्यो।
दिनभर खोज्दा नपाएपछि किसानले रेडियोको सहारा लिएर खोजीमा देखाएको उत्सुकताले मलाई त्यस विषयमा सोच्न बाध्य बनायो। भारतमा अम्बानी परिवारले आफ्नो आम्दानीको केही प्रतिशत गुमाउँदा त्यो विश्व समाचार बन्न सक्छ। सेयर बजारमा आएको सामान्य उतारचढाव राष्ट्रिय समाचार बन्न सक्छ तर ती किसानले धान बेचेर किनेको सिङ्गो गाई बाच्छासहित हराउँदा किन ठुलो समाचार बन्न सक्दैन? यसको जवाफ खोज्न मन लाग्यो।
मेरो दुई दिन यसै विषयमा केन्द्रित भयो। सोच्न थालेँ, कतै त्यो गाईसँग किसान परिवारको सपना पनि जोडिएको थियो कि? कहीं त्यही गाईको दुध बेचेर तिनका कलिला बालकको पढाइ खर्च पो जुट्थ्यो कि? अनि त्यसैको दुध किसानका वृद्ध बाआमाले पिउँदै आएका पो थिए कि? यस्तै प्रश्नले मलाई चैनसँग बस्नै दिएन। जवाफ खोज्न किसानको घरमै जाने विचार गरेँ।
नजिकका साथीलाई यो घटना सुनाएँ। ‘धत् ! गाई हराएको नि समाचार हुन्छ ?’ अधिकांशले यसो भन्दै जिस्काए। म मुस्कुराएँ। मलाई कसैगरी पनि त्यो बस्तीमा जान तयार हुने एउटा साथी खोज्नुथियो। म त्यसैमा जुटेँ। जितपुर बजारमा चिनेका पुराना साथी जफुर रहमानलाई भेटाएँ। उनलाई पनि उक्त घटनाको जानकारी गराएँ र जानका लागि आग्रह गरेँ। सुरुमा उनी पनि हाँसे। मैले सबै कुरा बताएँ र अन्त्यमा भनेँ– समाचारका लागि नभए पनि घुम्नका लागि मात्र भए पनि हिँडेँ। अब उनी तयार भए। जितपुरबाट झन्डै ३० किलोमिटर पर पर्ने रहेछ यो गाउँ। गाउँबारे जानकारी राख्ने मानिसलाई भेटेँ।
एकले बताए– वीरगन्ज सुक्खा बन्दरगाहबाट १० किलोमिटर जति पश्चिममा जानू। त्यसै गरेँ। तर गाउँ फेला परेन। लखनपुर गाविस त फेला पर्यो तर किसानको घर एकडरवा भन्ने गाउँमा रहेछ। सोध्दै खोज्दै गाउँमा पुग्यौं। छिर्नेबित्तिकै भेटिएका एक किसानलाई किशोरी सहनीको घर कुन भनेर सोध्यौं। उनले गाउँको पल्लो छेउमा जान भने।
आँगनमा पुग्यौं। किलामा बाँधिएका रातो गाई र बाच्छा पानी पिउँदै रहेछन्। सँगै उषादेवी पानी चलाउँदै थिइन्। ‘गाई तपाईंहरूकै हराएको हो ?’ मैले सोधेँ
उनी हाँसिन् र भनिन्– हामीले त भेटायौं।’
गाई हराएपछि उनको परिवारले एकदिन भोगेको कहालीलाग्दो घटना उनले सुनाइन्। पाँच वर्षीय जुम्ल्याहा छोरा र वृद्ध ससुरालाई दुध खुवाउन उनीहरूले भर्खरै उक्त गाई किनेका रहेछन्। त्यो हराएलगत्तै परिवारमा रुवाबासी चलेको उनले बताइन्। सबैतिर खोज्दा पनि नभेटाए पनि उनका ससुराले रेडियोमा खबर गरेको उनले बताइन्। समाचारकै कारण गाई भेटिएकाले रेडियो झनै प्यारो लागेको उनले बताइन्। यति भनेपछि गाईतर्फ हेर्दै उनी फेरि हाँसिन्।
सँगै रहेको साथीले मेरो अनुहारमा हेर्यो। म पनि हाँसिरहेको थिएँ। उसले बुझेन र सोध्यो– ‘उनीहरूले गाई भेटाएपछि तेरो त समाचार हराइहाल्यो नि।’
उसको प्रश्न स्वाभाविक थियो। म गाई हराएकै समाचार नै लिन यति मेहनतसाथ आइपुगेको थिएँ। यो समाचारबारे बाटोमा ऊसँग थुप्रै कुरा पनि गरेको थिएँ। त्यसैले उसले गाई भेटाएको कुराले समाचार गुमेको अड्कल लगाएको थियो। मेहनत गुम्दा पनि हाँसेको देखेर उसले उक्त प्रश्न गरेको थियो। ‘सबै कुरा बुझे पनि उसले केही कुरा भने बुझेको थिएन। उसले बुझ्न सकेन, मैले समाचार गुमाए पनि त्यहाँ धेरै कुरा पाएँ भन्ने। अझ यसो भनौं न– गाईसँगै उभिएकी उषादेवी र उनका कलिला छोराको हँसिलो अनुहार हेरेर मलाई जुन आत्मसन्तुष्टि मिल्यो, त्यो मैले समाचारबाट प्राप्त गर्न सक्दिनथेँ। साँच्चै ती कलिला बालबालिका अहिले कत्रा भए होलान्? उनीहरू के गर्दै होलान्? अहिले पनि मनमा जिज्ञासा उठिरहन्छ? त्यो गोठ अनि गाई होला नहोला तर स्मृतिमा त्यो गाई अनि त्यो परिवारको खुसी आइरहन्छ।
यो घटना सम्झँदै गर्दा त्यही समयतिरको अर्को एक गुमेको समाचार सम्झिन पुगेँ। मधेस आन्दोनले त्यति बेला सिमरा वीरगन्ज औद्योगिक करिडोर बारम्बार बन्द रहन्थ्यो। म हातमा क्यामरा बोकेर जितपुर बजारको चोकमा उभिएर तस्बिर खिच्थेँ। साना साना तस्बिरका कथा लेख्थेँ। काठमाडौंमा समाचार पठाउँथेँ। स्ट्रिंगर रहेकाले समाचार छापिएबापत पैसा पाइन्थ्यो। त्यसैले रुम भाडा र खाना खर्च पुर्याउन पनि समाचार धेरै खोज्नुपर्ने बाध्यता हुन्थ्यो।
यस्तोमा सिमराबाट एक परिवार जेठको गर्मीमा पैदल नै आइरहेको देखेँ। पुरुषको टाउकोमा झोला थियो, महिलाको काखमा सानो बच्चा। अनि अर्को सानो बच्चा सकीनसकी हिँडिरहेको थियो। एउटा फोटो पत्रकारका लागि यो उत्कृष्ट फोटो थियो। ‘बन्दका कारण सर्वसाधारण सकसमा’ फोटो क्याप्सन पनि जुरिसकेको थियो। पत्रकारको त्यो आँखा एक छिन बन्द गरेँ। अनि सामान्य आँखाबाट उनीहरूलाई नियालेँ। असिनपसिन भएका उनीहरू मुस्किलले पाइला चाल्दै अगाडि बढ्दै थिए। मभित्रको पत्रकारिता शिथिल भयो। मनमा मानवीयता महसुस भयो। मैले सोधेँ– कता जाँदै हुनुहुन्छ? उनीहरूले ‘रक्सौल’ भने। यसको मतलब अझै उनीहरू दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्थ्याे। म चुप लागेँ। साइडमा रहेको रातो रङको स्पेलन्डर नियालेँ। मन स्टार्ट भयो।
मैले उनीहरूलाई अनुरोध गरेँ। म तपाईंहरूलाई रक्सौल पुर्याइदिन्छु। तर एकै पटक सकिन्न, दुई पटक गरेर। उनीहरूले सहमति जनाए किनकि उनीहरूसँग अरू कुनै विकल्प थिए। म सानो बच्चा र उनको आमालाई पछाडि राखेर रक्सौल हिँडेँ, फर्केर फेरि जितपुर आउँछु भन्दै। पुरुष र अर्को बालक त्यहीं कुरेर बसे। म झन्डै ४५ मिनेटपछि रक्सौलमा पुगेर उनीहरूलाई सुरक्षित ठाउँमा छाडेँ। अनि जितपुर आएँ अनि उनीहरूलाई लिएर फर्कें। उनीहरूले मलाई रक्सौलमा पेप्सी खुवाए। म जितपुर फर्किएँ।
त्यो दिन पनि मैले एउटा राम्रो फोटो समाचार गुमाएको थिएँ। तर त्यही गाई हराएको समाचारजस्तै आत्मसन्तुष्टि मिल्यो। मलाई महसुस भयो, सधैं समाचार लेख्नैपर्छ भन्ने छैन। कहिलेकाहीं समाचार नबन्ने वातावरण तय गर्नु पनि राम्रै हुन्छ। समाचार बनाउन नाटक गर्ने जमानामा मैले एउटा बन्दै गरेको कष्टकर समाचारको सुखद अन्त्य गरिदिएँ।