बेइजिङमा लुम्बिनी शान्ति बगैँचा
२७ चैत्र २०७५
•
७ मिनेट पाठ
बेइजिङमा लुम्बिनी शान्ति बगैँचा
बेइजिङ- यही अप्रिल २८ देखि सुरु हुने ‘बेइजिङ एक्स्पो २०१९’ का लागि नेपालको विशेष प्रदर्शनीकक्ष लुम्बिनी शान्ति बगैँचाको निर्माण तिब्रताका साथ भइरहेको छ। नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा नेपाली र चिनियाँ प्राविधिकहरू लुम्बिनी शान्ति बगैँचा निर्माणको अन्तिम चरणमा पुगेका हुन्। बेइजिङको उत्तरपूर्वी क्षेत्रमा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्प्पो २०१९’ का नाममा अन्तर्राष्ट्रिय वनस्पति मेलाको आयोजना हुँदैछ। ६ महिनासम्म चल्ने यो मेलामा प्रदर्शनीका लागि नेपालले एक हजार वर्गमिटर क्षेत्रफल ठाउँ पाएको छ। जुन ठाउँमा नेपालको प्रतिनिधित्व हुने गरी लुम्बिनी शान्ति बगैँचा निर्माण भइरहेको हो। लुम्बिनी शान्ति बगैँचामा स्वयम्भूका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ। त्यहाँ ११ फिट अग्लो बुद्धको मूर्ति पनि राखिनेछ। बुद्धको मूर्ति नेपालमा बनाएर चीनमा ल्याइएको छ।




एक्स्पोमा नेपालको तर्फबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले नेपालबाट प्राविधिकहरू ल्याई त्यसको तयारी गरिरहेको ग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक बिनायक शाहले नागरिकलाई बताए। निर्माण कार्यमा १५ जना नेपाली प्राविधिक र १ सय ५० जना चिनियाँ प्राविधिकहरू कार्यरत छन्। नेपाल सरकारले यो एक्स्पोमा भाग लिने निर्णय गरी इम्प्लिमेन्टिङ एक्पर्ट ग्रुपलाई सम्पूर्ण कामको जिम्मा दिएको छ। शाहले निर्माणको विशेष सामाग्री नेपालबाट ल्याइएको र अन्य कच्चापदार्थ चीनकै प्रयोग गरिएको बताए। निर्माण कार्य र व्यवस्थापनको सम्पूर्ण खर्च इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको छ। उनले नेपाल सरकारको लगानी बिना नेपालको वृहत प्रचारप्रसार गर्नका ग्रुप जुटेको बताए। ग्रुपमा नेपालका विभिन्न ३२ वटा व्यावसायिक कम्पनीहरू आवद्ध छन्।

एक्स्पोमा सहभागी अन्य देशहरूले ६ महिना अगाडिदेखि नै निर्माण काम थाले पनि नेपाल सरकारले ढिलो निर्णय गर्दा हतारमा निर्माण गर्नुपरेको शाहले बताए। नेपाल सरकारले तीन महिना अगाडि मात्र एक्स्पोमा भाग लिने निर्णय गरी शाहको कम्पनी इम्प्लिमेन्टिङ एक्पर्ट ग्रुपलाई काम गर्ने जिम्मा दिएको थियो। ‘बेइजिङ एक्स्पो २०१९’मा १ सय ७ भन्दा बढी मुलुकले भाग लिँदैछन्। ती मुलुकमध्ये ४८ वटा मुलुकले आफ्नो पहिचान झल्किने पेभिलियन निर्माण गरेका छन्। नेपाल र भारतको पेभिलियन आमनेसामने छन्। ४८ मुलुकका पेभिलियनमध्ये नेपालको पेभिलियन उत्कृष्ट भएको शाहले बताए। एक्स्पोको उद्घाटन अप्रिल २८ तारिखमा हुनेछ। लुम्बिनी शान्ति बगैँचाको उद्घाटन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन्।

एक्स्पोको प्रदर्शनी समयावधि ६ महिनामा हरेक राष्ट्रले आफ्नो विशेष समारोहका रूपमा राष्ट्रिय दिवस मनाउनेछन्। नेपालले पनि आगामी सेप्टेम्बर १९ तारिखमा विशेष प्रदर्शनी गर्ने शाहले बताए। सेप्टेम्बर १९ नेपालको संविधान दिवस पनि रहेको र नेपालले राष्ट्रिय दिवसमा मनाउँदै आएको दिन पनि त्यही दिन हो। यो दिन नेपालबाट कलाकारहरू चीनमा आएर विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने र ‘नेपाली खाना महोत्सव’ पनि गर्ने योजना रहेको शाहले बताए। ‘बेइजिङ एक्स्पो २०१९’ वनस्पति प्रदर्शनी भएकाले व्यापारिक उत्पादनको प्रदर्शनी थोरै हुने गर्दछ। प्रत्येक राष्ट्रले २० प्रतिशत व्यापरिक प्रदर्शनी गर्न पाउने प्रावधानभित्र रहेर नेपालका मुख्य हस्तकलाका केही सामग्री र परम्परागत नेपाली खानेकुराहरू राखिनेछ। ६ महिनाको अवधिमा यो एक्स्पोको १६ करोड चिनियाँले अवलोकन गर्ने अनुमान गरिएको छ। ‘एक्स्पोमा आएकामध्ये २५ प्रतिशतले मात्र नेपालको प्रदर्शनी कक्ष अवलोकन गरे भने पनि चार करोडले नेपालको बारेमा जानकारी पाउँनेछन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो एक्स्पो सर्वोत्कृष्ट साबित हुनेछ’, शाहले भने, ‘भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।’ लुम्बिनी शान्ति बगैँचामा नेपालको पहिचान झल्किने चिनियाँ भाषाका श्रव्यदृश्य सामग्रीहरू राखिनेछ भने अन्य प्रदर्शनीहरू पनि रहनेछन्। एक्स्पोमा आएका चिनियाँले नेपालको बारेमा आधिकारिक र अद्यावधिक जानकारी प्राप्त गर्ने शाहले बताए। सन् २०१० मा आयोजित शाङहाई एक्स्पोमा नेपाल मण्डप पनि साहकै कम्पनीले निर्माण गरेको थियो। हाल यो मण्डपलाई चीनको हाइनान प्रान्तको सान्यामा स्थायी रूपमा राखिएको छ।
अर्को समाचार
बेइजिङमा ‘लुम्बिनी शान्ति बगैंचा’
२६ साउन २०७६
•
९ मिनेट पाठ
बेइजिङमा ‘लुम्बिनी शान्ति बगैंचा’
बेइजिङ - अग्ला तीनवटा पोलमा लहरै फहराइएका नेपालका राष्ट्रिय झण्डा। लुम्बिनीमा मायादेवीसहित सिद्धार्थ गौतम बुद्धको आकृति कुँदिएको चित्र। रातो इँटामा चिटिक्क परेको घरको बीचबाट आकाशतिर उठेको स्वयंभूको स्तुप। वरिपरि फहराइरहेका लुङ्दर अनि भित्रबाट सुमधुर आवाजमा आइरहेको नेपाली संगीतको पाश्र्व ध्वनि। भवनभित्र छिर्दा ढोकाको सामुन्ने बुद्धको मूर्ति। मूर्तिको वरिपरि नेपाली जडीबुटी र फलफूलका नमुना। यो दृश्य बेइजिङस्थित बागवानी प्रदर्शनी केन्द्रमा रहेको लुम्बिनी शान्ति बगैंचाको हो। बगैंचामा पुग्दा एकैचोटि नेपाल पुगेको अनुभूति हुन्छ।




बेइजिङमा जारी बागवानी प्रदर्शनी स्थलमा राखिएको नेपाली कक्ष नेपालको पर्यटन प्रवद्र्धनमा मŒवपूर्ण चौतारो बनेको छ। ‘बेइजिङ एक्स्पो २०१९’ नाममा अप्रिल २८ मा सुरु भएको बागवानी प्रदर्शनीमा राखिएको नेपाली कक्षले अहिलेसम्म १० लाखजति चिनियाँलाई नेपालबारे जानकारी दिएको छ। नेपालले अर्को वर्ष आयोजना गर्ने नेपाल भ्रमण वर्ष कार्यक्रम सफल पार्न सघाउने लक्ष्य पनि यसले बोकेको छ।

प्रदर्शनी कक्षमा आउने चिनियाँलाई नेपालको पर्यटन मात्र नभएर जलविद्युत्, पूर्वाधार विकास, प्रविधि, कृषिलगायत क्षेत्रमा लगानी गर्र्न प्रेरित गर्ने काम भइरहेको छ।

एक हजार वर्गमिटर क्षेत्रफलमा रहेको नेपाली प्रदर्शनी कक्षमा नेपालको प्रतिनिधित्व हुनेगरी ‘लुम्बिनी शान्ति बगैंचा’ मा स्वयम्भूका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ। त्यसभित्र ११ फिट अग्लो बुद्धको मूर्ति राखिएको छ। ‘लुम्बिनी शान्ति बगैंचा’ को निर्माण नेपालको इमप्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको हो। इमप्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक बिनायक शाह हुन्।

‘हरित जीवन, सुन्दर घर’ विषय बोकेको प्रदर्शनीमा एक सय दस मुलुक र अन्तर्राष्ट्रिय संगठन सहभागी छन्। ती मुलुकमध्ये ४८ वटाले आफ्नो पहिचान झल्किने पेभिलियन निर्माण गरेका छन्। लुम्बिनी शान्ति बगैंचा नेपालको पेभिलियन हो। सबै राष्ट्रले आफ्ना देशका वनस्पति र फलफूलको प्रदर्शन गरेका छन्। सिंगापुरको प्रदर्शनीकक्ष सुनाखरीले भरिपूर्ण छ भने थाइल्यान्डले डुरियन फललगायत आकर्षक फलफूल प्रदर्शनीमा राखेको छ। अन्य राष्ट्रले पनि आफ्ना देशका विशेष वनस्पति प्रदर्शनीमा राखेका छन्। नेपालले भने मुख्य रुपमा विशाल बुद्धको मूर्ति राखेको छ। बुद्ध मूर्ति वरिपरि यार्चागुम्बुलगायत जडीबुटीको नमुना राखिएको छ। यसले मुख्य रुपमा दुईवटा कुराको सन्देश प्रवाह गरेको शाह बताउँछन्। यसले चिनियाँलाई बुद्ध नेपालमा जन्मिएका हुन् र नेपालमा महŒवपूर्ण जडिबुटीहरु उत्पादन हुन्छ भन्ने सन्देश राम्ररी दिएको छ।

अक्टोबर ७ तारिखसम्म चल्ने बागवानी प्रदर्शनीमा सेप्टेम्बर १५ मा नेपाल दिवसको आयोजना गरिनछ। त्यस दिन नेपाली कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। सो कार्यक्रमले पनि नेपालको घनिभूत प्रचार गर्ने शाह बताउँछन्।

लुम्बिनी शान्ति बगैंचाको ७२ प्रतिशत भागमा वनस्पति र बोटबिरुवा छन्। चीन भ्रमण क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले रोपेको लोठसल्लाको विरुवा पूर्वदक्षिण कुनामा छ। सुरुमा राष्ट्रपति भण्डारीले लालिगुराँसको बिरुवा रोप्ने भनिएको थियो। लालिगुराँस नेपालको राष्ट्रिय फूल भएकाले त्यसको अर्थ महŒवपूर्ण हुन सक्थ्यो। तर नेपालबाट लालिगुराँसको बिरुवा चीनमा ल्याउन क्वारेन्टाइन पास गर्नुपर्ने र यसका लागि समय अभावका कारणले स्थानीय लोठसल्लाको विरुवा नै रोप्नुपर्ने बाध्यता भएको शाह बताउँछन्। स्तुपको बाहिरी भागमा रहेको रातो खम्बामा राष्ट्रपति भण्डारीको हस्ताक्षर पनि देख्न सकिन्छ।

प्रदर्शनी कक्षमा आउने चिनियाँलाई नेपालको पर्यटन मात्र नभएर जलविद्युत्, पूर्वाधार विकास, प्रविधि, कृषिलगायत क्षेत्रमा लगानी गर्र्न प्रेरित गर्ने काम पनि हुँदै आएको शाहले जानकारी दिए। प्रदर्शनी कक्षमा सुरुमा नेपाल पक्षबाट वाणिज्य मन्त्रालय, लगानी बोर्डर पर्यटन बोर्डका एकएक प्रतिनिधि राख्ने सहमति थियो। तर पछि ती निकायले प्रतिनिधि पठाएनन्। शाह भन्छन्, ‘हामी यहाँ नेपाल पर्यटन बोर्डले उत्पादन गरेका सामग्री वितरण र नेपाल भ्रमण गर्न प्रेरित गर्छौं। त्यसबाहेक मान्छेको आबद्धता हेरेर नेपालमा लगानी र व्यापार गर्न उपयुक्त वातारण रहेको सूचना पनि प्रवाह गर्छौं। तीनवटै निकायको काम हामी एक्लैले गरिरहेका छौं।’ मुख्य रुपमा नेपाल घुम्न चिनियाँलाई निम्तो बाँड्ने काम प्रदर्शनी कक्षले गरिरहेको उनले बताए।

‘लुम्बिनी शान्ति बगैंचा’ मा छिरेका चिनियाँले नेपाली मम र लस्सी पनि चाख्न पाउँछन्। सम्झनाका लागि नेपाली हस्तकलाका रुपमा हातमा बाँध्ने लकेट र बुद्धका मूर्ति किन्न पनि सक्छन्।

बागवानी प्रदर्शनीमा रहेका विभिन्न मुलुकका विशेष ४८ वटा कक्षमध्ये ‘लुम्बिनी शान्ति बगैंचा’ को विशेषता अलिक फरक छ। अन्य प्रदर्शनी कक्ष वनस्पतिले भरिभराउ र अस्थायी खालका छन्। तर, नेपालको प्रदर्शनी कक्ष कुनै सांस्कृतिक सम्पदास्थल जस्तै छ। अन्य प्रदर्शनी स्थलमा पुगेका अवलोकनकर्ता विभिन्न वस्तुको मूल्य सोध्छन् तर नेपालको प्रदर्शनी कक्षमा आउने हात जोडेर बुद्धको प्रार्थना गर्न थाल्छन्। गत बुद्ध पूर्णिमाका दिन प्रदर्शनी अवलोकन गर्न आएका थुप्रै चिनियाँ लामाले नेपाली प्रदर्शनी स्थलमा पुगेर पूजापाठ गरेका थिए। ‘लुम्बिनी शान्ति बगैंचा’ नाम राख्नुको अर्थ बताउँदै शाह भन्छन्, ‘कुनै पनि मान्छे शान्ति र आनन्द खोज्न बगैंचामा जान्छ। नेपाली कक्षमा पस्दा सबैले शान्तिको महसुस गर्छन्। बुद्धले शान्तिको सन्देश छरेका थिए। बुद्धको मूर्ति अगाडि पुगेर सबैले शान्तिको आत्मबोध गर्छन्।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस