महिलालाई अपमान गर्दै सवारी साहित्य
१६ साउन २०७६
•
६ मिनेट पाठ
महिलालाई अपमान गर्दै सवारी साहित्य
काठमाडौं -

हतार नगर स्वार्गमा बास छैन्

बुढा अरवको खाडीमा

बुढी अर्काको गाडीमा

खस्यो नीम पत्ता    

तीन वर्षमा बुढा फर्किदा बुढी बेपत्ता

काठमाडौं उपत्यकाका गुड्ने एउटा लोकल गाडीको पछाडी लेखिएको यो हरफले सुन्दा रमाइलो लाग्छ । यसको व्यंग्यात्मक सन्देशले रोजगारका गएका नेपाली कामदारको पीडा समेटेको छ । यस हरफले नेपाली समाजका महिलाहरूको अपमान गरेको छ ।

‘खलासीले धेरै तरुनी छुन्छ ड्राइभरले छुँदैन,

ड्राइभरको जति श्रीमती हुन्छन् खलासीको हुँदैन’

सार्वजनिक रूपमा बोल्न नमिल्ने यस्ता शब्दहरुले अश्लिल हुने भएकाले महिलालाई दुव्र्यवहार गरेका छन् । बस र ट्रकमा लेखिने साहित्य र त्यसको सिर्जनामा पोखिने भावले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । पछिल्लो समय क्षणिक रमाइलोका लागि उत्पीडित वर्ग तथा खासगरी महिलालाई हेपेर बस र ट्रक साहित्यहरू तयार हुने गरेका छन् । गतिशील यस्ता सवारी साधनहरू एक ठाउँमा नबस्ने हुँदा यसले समाजमा असर गर्ने स्रष्ट्राहरू बताउँछन् ।

कलाकार शिवा रानाले विगत १७ वर्षदेखि बस, ट्रिपर, माइक्रो बस र ट्याक्सीलगायत सवारी साधनहरूको पछाडी यस्ता साहित्य लेखिरहेका छन् । स्थायी ठेगाना

नेपालगञ्ज भएपनि उनी काठमाडौंको भृकुटीचोकमा आउने बस, ट्रिपर, माइक्रो बस र ट्याक्सीलगायत सवारी साधनहरूमा रोचक र चेतनामूलक साहित्य लेख्ने गर्छन् । ‘नेपाली चित्रकला पढेलगत्तै साहित्य लेखहरू विभिन्न सवारी साधनमा कोर्न सुरू गरेको थिए । नेपाली समाजमा सकारात्मक सन्देश पु¥याउने खालका साहित्यहरूलाई प्राथमिकतामा राखेर लेखिरहेको छु,’ उनले भने, ‘अधिकांश सवारी चालक र सहचालकहरूले आफैं यस्ता साहित्यहरू लेखेर ल्याउने गर्छन् । उनीहरुले भनेअनुसार लेखिदिनै पर्यो ।’

अधिकांश सवारी चालक र सहचालकहरूले मनको पीडा, सामाजिक वितृष्णा र विछोडका पीडाहरूमाथि साहित्य लेख्ने गर्छन् । सवारी साधनको पछाडी यस्ता साहित्य लेख्दा मनमा आनन्द हुने गरेको प्रतिक्रिया धेरै सवारी चालकहरूले उनलाई दिएका छन् । ‘मनका भावहरू सवारी साधनमा लेख्दा धेरै चालकहरूले आनन्द महसुस गर्ने गरेका छन् । कोही चालकहरू आफैं साहित्य कोर्ने गर्छन्,’उनले भने । लामो रुटमा गुड्ने सवारी साधनमा लेखिने रोचक साहित्यहरू पढेर आनन्द लिने यात्रीहरू उत्तिकै छन् । मनोरञ्जनको रूपमा पढिने यस्ता साहित्य व्यंग्यात्मक हुने गरेको छ ।

प्रविधिको विकासँगै सवारी साधनमा लेखिने साहित्यहरुसँग स्टिकरको प्रयोगपनि ह्वात्तै बढेको छ । ‘प्रविधिको प्रयोगसँग अहिले हात र स्टिकर टाँस्ने प्रचलन बढेको छ,’ उनले भने । बौद्ध, जोरपाटी, गौशला र रत्नपार्क लगायत रुटमा चल्ने सवारी साधनको पछाडी ‘गल्फ्रेन्डको चक्कर र टिपरको ठक्करबाट बचौँ’ भन्ने सन्देशसहितको लेख लेखिएका हुन्छन् । काठमाडौं उपत्यकामा रहेको टिपर आतंकलाई व्यंग्य गर्दै सर्वसाधारणहरूका लागि लेखिएको यस लेखमा महिलालाई मनोरञ्जनको रूपमा प्रयोग गरिएको छ ।

बा २ ज ४०९३ नम्बरका ट्याक्सी चालक आशन राईले प्रेममा धोका हुँदाको पीडालाई ट्याक्सीको पछाडी लेखेका छन् । ‘तिमी छौँ र म छु, सब थोक छ यहाँ, जस्तो छ माटो..त्यस्तै छ प्रेम,’ उनको ट्याक्सीको पछाडी लेखिएको भावले माया भए सबै कुरा राम्रो हुने उल्लेख गरिएको छ । ‘प्रेममा धोका हुँदा आफ्नो अवस्थालाई बाहिर उर्तान लेख लेखिन्छ,’उनले भने, ‘चेतनामूलकपनि लेखिन्छ ।’ उनका अनुसार मनको पीडालाई सवारीको पछाडी लेख्दा मन हलुंगो हुने गर्छ ।

‘खरानी मुछेर दरबार हुँदैन, टिनको पाताको तरबार हुँदैन !

एउटा कुरा याद राख केटा हो, फेसबुकमा लभ गरेर घरबार हुँदैन !!’

सामाजिक सञ्जालका कारण बढ्दो प्रेम सम्बन्धलाई साहित्यमार्फत व्यंग्य गरिएको हो हरफ बौद्ध–रत्नपार्क चल्ने माइक्रोमा उल्लेख गरिएको छ ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस