पराजितको कथा 'नौगेडी'
३१ भदौ २०७६
•
५ मिनेट पाठ
पराजितको कथा 'नौगेडी'
काठमाडौं  – नुवाकोटको दुप्चेश्वर मेलामा गीत गाउँदागाउँदै युवायुवतीबीच मायाप्रेम बस्छ। गीतमार्फत नौगेडी लगाइदिने वाचा गरेर मायाप्रेम बसेर मनमायासँग विवाह गरेको १५ वर्ष भइसक्दापनि सन्तान नहुँदा च्यान्टे चिन्तित देखिन्छन्। नौगेडी र सन्तान नभएका कारण दिनहुँजसो दलित दम्पतीबीच घर झगडा समान्यजस्तो लाग्छ। यो दृश्य राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘नौगेडी’ नाटकको हो।




गरिबी र अभावमा बाँचेको दलित दम्पती मनमाया र च्यान्टेका लागि नौगेडी आकासमा टिल्पिलाउने तारा जस्तै सुदूर बनिदिन्छ। दलित समुदायका च्यान्टे गाउँघरमा हुने छुवाछुतको समस्या भोग्न बाध्य छन्। श्रीमतीलाई नौगेडी बनाइदिने सपना बोकेर च्यान्टे पल्लो गाउँसम्म पुगेर लुगा सिलाउन लागिपरेको अवस्थामा गाउँलेले सन्तानको आशा देखाएपछि मनमायाले शरीर सुम्पिन तयार हुन्छिन्। यता श्रीमती गर्भवती भएको खबरले च्यान्टे खुसी भएर नौगेडी दिएर आउँदै गर्दा भूकम्प जान्छ। भूकम्पका कारण गम्भीर घाइते मनमायाको निधन भएपछि च्यान्टेको सपना अधुँरो हुन्छ।

वेश्यालयमा बेचिएर फर्केकी चेलीलाई श्रीमतीको रुपमा भित्र्याएर समाजमा पुनस्र्थापित गराउन खोज्ने चन्द्रबहादुर अघोषित रुपमा सामाजिक बहिष्कारको सिकार बन्छ। असंख्य सामाजिक चुनौतीबीच बेचिएकी चेलीसँग घरजम गरेर आदर्श र निष्ठावान राजनीतिज्ञको उदाहरण बनेको चन्द्रबहादुर कहिल्यै चुनाव जित्न सक्दैन र समाजको पराजित पात्रको परिचय बोकेर हिँडिरहन्छ।

उता, वेश्यालयमा बेचिएर फर्केकी चेलीलाई श्रीमतीको रुपमा भित्र्याएर समाजमा पुनस्र्थापित गराउन खोज्ने चन्द्रबहादुर अघोषित रुपमा सामाजिक बहिष्कारको सिकार बन्छ। असंख्य सामाजिक चुनौतीबीच बेचिएकी चेलीसँग घरजम गरेर आदर्श र निष्ठावान राजनीतिज्ञको उदाहरण बनेको चन्द्रबहादुर कहिल्यै चुनाव जित्न सक्दैन र समाजको पराजित पात्रको परिचय बोकेर हिँडिरहन्छ।

गत भदौ २७ देखि मञ्चन भइरहेको नाटकमा लामो समयसम्म मनमायाबाट सन्तान नजन्मिनुको चोट र अर्कोतिर डाक्टर जँचाएर त्यसको कारण पत्ता लगाउन नचाहने/नसक्ने ग्रामीण परिवेशको प्रतिनिधित्व गरेको छ। विसं.२०७२ वैशाख १२ को भूकम्पको अवस्थालाई केन्द्रित गरेर नाटक तयार गरिएको छ। लेखक तथा निर्देशक पुरु लम्सालले नाटक तयार गरेका छन्। ‘नेपाली संस्कार र संस्कृति बोकेको नाटकमा समाजको वास्तविकता समेट्ने प्रयास गरेको छु,’ उनले भने, ‘यसमा नुवाकोट र आसपासको घाँसे गीत, छुवाछुत प्रथा, राजनीतिक सोच र निराशालाई प्रस्तुत गरिएको छ।’

लोपोन्मुख काँठको घाँसे भाका र दुप्चेश्वर जात्रालगायत नुवाकोटको उपल्लो भेगमा बसोबास गर्ने तामाङ समुदायले विभिन्न जात्रापर्वमा नाच्ने बम्बो नृत्यले नाटकमा समावेश गरिएको छ। नाटकले समाजको आस्था, विश्वास तथा सामाजिक–आर्थिक स्थितिलाई देखाउन खोजेको छ। सन्तान नहुँदाको नारी मन, पसलको निहुँमा महिलामाथि आँखा लगाउने पात्रको व्यथा र कथा पनि नाटकले उधिनेको छ।

कार्यक्रम संयोजक एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अशोक थापाका अनुसार नाटकमा लोपोन्मुख काँठे गीत र नृत्य समेटिएका छन्। नाटकमा सुशीलसिंह ठकुरी, रिता थापा, आइपी आचार्य, बृहसमान सुनुवार, भिष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, अस्मिता बयलकोटी, रुवी सत्याल, जयराम तिमिल्सिना, समिर खनाल र राहुल श्रेष्ठले अभिनय गरेका छन्। नाटक आगामी असोज १२ सम्म मञ्चन हुँदैछ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१७ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
यो पनि पढौँ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस