स्वतन्त्र छैन मानिस
०१ असोज २०७६
•
५ मिनेट पाठ
स्वतन्त्र छैन मानिस
काठमाडौं – घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ। गत भदौ २२ देखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजना भइरहेको ‘अमाल्गम’ नामक कला प्रदर्शनीमा झुन्डिइएको क्यानभासमा घोडाले मानिसको जस्तै निलो टिसर्ट लगाएको छ।




चित्रकार पृथ्वी श्रेष्ठले क्यानभासमा कोरेको सो घोडालाई मानिसको जीवनशैलीसँग तुलना गरिएको छ। मानिसको व्यस्त जीवनशैलीमाथि व्यंग्य गर्दै कोरिएको सो चित्रकलामा स्वतन्त्रताको कुरा गरिएको छ। मानिस सामाजिक प्राणी भएकाले जिम्मेवारीबाट बाँधिएको यथार्थलाई उनले चित्रमार्फत प्रस्ट्याएका छन्। ‘विभिन्न जिम्मेवारीले बाँधिएको मानिससँग आफ्ना लागि दिने समय कहिल्यै हुन्न्। सामाजिक जिम्मेवारीले थिचेको मानिसको आस्था कहिल्यै राजनैतिकतर्फ हुन्छ त कहिल्यै भगवानप्रति हुन्छ। स्वतन्त्र भएर मानिसले कहिल्यै बाँच्न सकेको छैन्,’ उनले भने।

कला प्रदर्शनीमा ५४ जना कलाकारको ९१ वटा कलाहरू प्रदर्शनमा राखिएका छन्। चित्रकार विधाता केसीको ‘स्ट्रक्चरल ब्युटी’ नामक सिरिजका केही चित्रकलाहरू प्रदर्शनीमा राखिएको छ। मुस्ताङको प्राकृतिक सौन्दर्यको परिभाषालाई थिम बनाएर काम गरिरहेकी चित्रकार केसीले यसपटक मुस्ताङको माटो र ढुंगाको समिक्षणबाट बनाइएका घरदेखि बसोबास गर्ने मानिसको पुरानो रहनसहनलाई क्यानभासमा प्रस्तुत गरेकी छन्। ‘मुस्ताङको माटो र ढुंगाको समिश्रणबाट बनाइएका घरदेखि बसोबास गर्ने मानिसको पुरानो रहनसहनलाई क्यानभासमा समेटेको छु, ’उनले भनिन्, ‘त्यहाँको संस्कृति झल्काउने पुराना घरहरु जोखिममा छन्।’

मुस्ताङको प्राकृतिक सौन्दर्यको परिभाषा दिने माटो र ढुंगाको समिक्षणबाट बनेका घरदेखि मानिसको रहनसहनका चित्रकला प्रदर्शनीमा राखिएका छन्।

चित्रकार नम्रता सिंहको ‘लभ विथ नेचर’ नामक चित्रकलामा मानिस र प्रकृतिबीचको आत्मीय सम्बन्धलाई जोड दिइएको छ। प्रविधिसँग रमाइरहेका मानिसलाई प्रकृतिसँग प्रेम र सम्मान गर्न प्रोत्साहित गरिरहेको छ। त्यस्तै चित्रकार सुनिता महर्जनले कौसी सिरिज अन्तर्गतको कलामा विभिन्न कपडाको प्रयोग गरेकी छ। शहरीकरणका कारण जग्गा अभावमा काठमाडौंबासीको जीवन कौसीमा साँधुरिदैं भएको भावलाई कलामा प्रस्तुत गरिएको छ। ‘कौसीसँग काठमाडौंबासीको जीवन जोडिदैं गएको छ। शहरीकरणको कारण जग्गा अभाव भएपछि कौसीमा रमाउन थालेका मानिसको कथालाई कलामार्फत देखाएको छु,’उनले भनिन्। सन् २००७ देखि सुरु भएको ‘अमाल्गम’ को७लउबलश्रयो आठौं संस्करण हो। चित्रकार आनी तेञ्जिङ शेर्पा, आशा डंगोल, भाइराजा महर्जन, भूषण दुलाल, विनोद प्रधान, इरिना ताम्राकार, हितमान गुरुङ, एससी सुमन, सिलाशा राजभण्डारी र श्रद्धा श्रेष्ठलगायत कलाकारहरूको कला प्रदर्शनीमा राखिएका छन्।

चित्रमा अनेकौ रङ प्रयोग गर्न रुचाउने चित्रकार मनिषलाल श्रेष्ठको ‘मेड इन माइन्ड’ नामक कला रोचक देखिन्छ। अर्का चित्रकार सुदर्शन रानाले काठबाट बनाइएको कलात्मक मूर्तिकलासमेत प्रदर्शनीमा समेटिएका छन्। प्रदर्शनी असोज १ सम्म चल्नेछ।
अर्को समाचार
योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्छु: रवि लामिछाने
०३ वैशाख २०८०
•
२ मिनेट पाठ
योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्छु: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्।




तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे।

“देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छौँ, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उनले भने। सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गरे।
देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उनले भने, “मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ। भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ। यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका र्छाैँ।”

सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको उल्लेख गरे। पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो। मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताए।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको उनले बताए। डा वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित रास्वपाको उदय भएको बताए। काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताए।

काठमाडौँ–६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरु राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएकोउनको भनाइ थियो। काठमाडौँ–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताए। रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस