टुबोर्ग ओपन सेसन्स् २ मा ‘माया मेरी माया’
१५ कार्तिक २०७६
•
२ मिनेट पाठ
टुबोर्ग ओपन सेसन्स् २ मा ‘माया मेरी माया’
काठमाडौं  – गायक सञ्जय श्रेष्ठको ‘माया मेरी माया’ गीतको प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ। क्रसरोड्स ब्याण्डले प्रदर्शन गरेको ‘माया मेरी माया’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा गायक श्रेष्ठले संगीतकार विनायक शाहको साथमा प्रस्तुति दिएका छन्।




सन् १९९२ मा गायक श्रेष्ठले स्थापना गरेको क्रसरोड्स नामक पप ब्याण्डले नेपाली र पश्चिमी संगीतलाई समायोजन गरेर विभिन्न गीतहरु तयार गरेका थिए। क्रसरोड्सको पहिलो एल्बम ‘नयाँ मोड’ मा ‘अन्जान मायालु’, ‘त्यो मुटुलाई’ र ‘माया मेरी माया’ जस्ता गीतहरु समावेश थिए।

च्यानल आरबिट्ररीद्वारा सञ्चालन टुबोर्ग ओपन सेसन्स् २ नामक युट्युब सिरिजमा कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको गीतहरुको प्रस्तुति समावेश गरिन्छ। नेपाली संगीत क्षेत्रको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारलाई सम्मान गर्न सुरु गरिएको सेसन्स्को सिजन १ मा ५१ वटा गीतहरु अपलोड गरिएको थियो।

गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक बैभव शर्माका अनुसार सो सेसन्स्ले कलाकारलाई प्रोत्साहन गर्नेछ। ‘यो सेसन्स्ले नेपाली संगीतमा लागि परेका कलाकारहरुलाई प्रोत्साहन गरिरहेको छ,’ उनले भने।
अर्को समाचार
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
१ घण्टा अघि
•
१ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
काठमाडाैं। निबन्धकार ज्ञानेन्द्र विवशको  ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्। यो निबन्धको संगालो हो, त्यसैले निबन्धकारका निर्बन्ध मन निबन्धमा खुलेका छन्। निबन्धमा लामो समयदेखि सक्रिय लेखकले शब्दहरूलाई पवित्र नदी बनाएर भावना बगाएका छन्। अनुभूतिका उचाइ हिमाल जस्तै चुल्याएका छन्। अभिव्यक्तिका शब्द गहिरिएर भित्री सौन्दर्य उतार्न निबन्धकार तल्लीन र सफल पनि छन्। 
यस ‘इन्द्रेणी सौन्दर्य’ मा निबन्धकार ज्ञानेन्द्र विवशका अनुभूतिका अक्षरहरू ओल्टाइ–पल्टाइ गर्दै निबन्धको बान्की पस्किदैछु। साहित्यका अनेक विधाहरूमध्ये नियात्रा, निबन्धमा विशेष पहिचान बनाउन सफल लेखक हुन् विवश। सरल, मृदुभाषी र सज्जन स्वभावका यिनी आफ्ना लेखनमा पनि यस्तै भेटिन्छन्। त्यसैले निबन्ध पाठक मन छुन सफल हुने छन्। 
उनको यो निबन्ध संग्रहमा लेखक र पाठकका हृदयका तारहरू सबैभन्दा नजिकबाट जोडिन्छन्। ‘इन्द्रेणी सौन्दर्य’ शब्दहरूको सङ्ग्रह मात्र नभएर मानवीय जीवन, प्रकृति र यात्राका क्रममा जन्मिएका सूक्ष्म संवेदनाहरूको एउटा जीवन्त दस्तावेज पनि हो। यो कुरा पाठकले केही निबन्धको अध्ययनबाटै महसुस गर्न सक्छन्।




वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ अनुभूतिमय निबन्धको मिठासले भरिभराउ खुराक हो, जहाँ पाठक मनले आफूलाई पनि भेटाउन सक्छ। आफ्नै जीवन भोगाइका कतिपय सन्दर्भहरू पनि यसमा भेट्न सकिन्छ। निबन्धकारले लेखेको तर हामी प्रत्येकको मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–विस्तार यस निबन्धमा पाइन्छ। 
यस निबन्ध सङ्ग्रहमा सङ्गृहीत विविध अनुभूतिहरू हाम्रै जीवन, हामीले नै भोगेका परिवेशका अनुभूतिहरू हुन् भन्दा फरक पर्दैन। निबन्धकारले त्यसलाई आफ्नो शैलीमा ढालेर निबन्धको रूपमा अभिव्यक्त गरेका मात्र हुन्। तर यसका लागि लेखन शैली, क्षमता र अनुभवलाई अक्षरमा मीठो सिलसिला बनाउने सीप चाहिँ अवश्य चाहिन्छ। त्यो सीप लेखक विवशमा प्रशस्तै पाइन्छ। 
‘इन्द्रेणी सौन्दर्य’ का रूपमा प्रकाशित निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै ! निबन्धहरूमा लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ। ‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन रोकिन सिकाउँछन्। आफैँतिर फर्किन र एकछिन टक्क रोकिन लगाउँछन्।

निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलको विश्लेषणमा ‘इन्द्रेणी सौन्दर्य’ भित्र (१) यात्रा केन्द्रित, (२) दृश्य/दृष्टि केन्द्रित, (३) अनुभूति केन्द्रित, (४) स्मृति केन्द्रित, (५) फुर्सद केन्द्रित, ६) सौन्दर्य केन्द्रित र (७) अन्य/विविध विषयमा लेखिएका निबन्धहरू समाविष्ट छन् भनी विचार व्यक्त गरेका छन्। तर सबै निबन्धहरूको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएकाले सङ्ग्रहको शीर्षक पनि ‘इन्द्रेणी सौन्दर्य’ जुराएको हो जस्तो लाग्ने उनको टिप्पणी विवशज्यूको लेखनकर्मको सही दृष्टिकोण हो भन्ने मेरो पाठकीय धारणा छ।

प्रस्तुत ‘इन्द्रेणी सौन्दर्य’ भित्रका ५७ वटै निबन्धहरू निबन्धकारकै शैलीमा भन्नुपर्दा निबन्धहरू खुसीका उत्सव हुन्, सम्झनाका बाडुली हुन् र आशाका बिहानी पनि हुन्। यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘यौटा यस्तो कालो दिन’ पनि छ। रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्तै अनुभूतिका यस्तै भावना, विचार र विम्बहरू पनि प्रशस्तै पाउन सकिन्छ।

वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ निबन्ध संग्रह आफैँमा जीवन, प्रकृति, समय र अनुभूतिहरूको एकमुस्ट विवरण हो। यस पुस्तकको आवरण चित्र वरिष्ठ कलाकार विजय थापाले बनाएका छन् जुन उत्तिकै सुन्दर र निबन्धको भावलाई उतार्न सफल छ। 
साहित्यमा प्रायः कल्पनाको प्रयोग धेरै हुने गर्छ, तर ‘इन्द्रेणी सौन्दर्य’ को विशेषता यसको यथार्थपरक प्रस्तुति हो। यसमा कल्पनाको उडानभन्दा पनि भोगाइका जीवन्त क्षणहरू छन्। जीवन र मृत्युका शाश्वत सत्यहरूलाई प्रकृतिका विविध आयामहरूसँग जोडेर हेर्ने निबन्धकारको परिचित दृष्टि आफ्नै किसिमको छ। पाठकले यसमा कुनै बनावटी संसार भेट्दैनन्। आफैँलाई, आफ्नै जीवनलाई, घर–आँगन, हिँडेका बाटा र भोगेका घाम–छायाँका विम्बहरू पाउँछन्। त्यसैले यो सङ्ग्रह यथार्थको धरातलमा उभिएको सौन्दर्यबोध हो भन्ने मेरो पाठक मत र मान्यता छ।

‘सुन्दर स्वदेश प्रकाशन’ ले प्रकाशित गरेको र रु. ५५० मूल्य रहेको यो ‘इन्द्रेणी सौन्दर्य’ निबन्ध संग्रह पठनीय, संग्रहणीय छ भन्दा अतिशयोक्ति हुँदैन। यति सुन्दर, यति मिठासले भरिएको र यति यथार्थ भावको संगम रहेको निबन्धकृतिका लागि निबन्धकार ज्ञानेन्द्र विवशज्यूलाई हार्दिक बधाई दिन्छु।

- अजय अंशु
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस