न्युयोर्क (एजेन्सी) – हलिउड क्रिटिक्स एसोसिएसनले अभिनेत्री क्रिस्टिन स्टेवार्टलाई दशककी उत्कृष्ट अभिनेत्री घोषित गरेको छ। हलिउड क्रिटिक्स एसोसिएसनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दशककी उत्कृष्ट अभिनेत्री क्रिस्टिन स्टेवार्ट घोषित गरेको थियो।
‘हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टलाई दशककी उत्कृष्ट अभिनेत्री घोषित गर्न पाउँदा हामी उत्साहित छौं। सन् २०२० को जनवरी ९ मा आयोजना हुने समारोहमा उनलाई दशककी उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गर्दैछौं,’ एसोसिएसनले ट्वीट गरेको छ, ‘अभिनेत्री स्टेवार्टले सेबर्ग, पर्सनल सपर, क्लाउड्स अफ सिल्स मारिया, द रनवेज र चार्लिज्स् एल्न्जल्स् जस्ता प्रभावशाली फिल्महरुमा दामदार अभिनय गरेकी छन्।
एसोसिएसनले उनको सन् २००८ मा रिलिज भएको ‘ट्वीलाइट’ फिल्मलाई उल्लेखनीय भनेको छैन्। सन् २००८ को ‘ट्वीलाइट’ फिल्म हिट र यसमा अभिनय गर्ने रोबर्ट प्याटिन्सन र क्रिस्टिन स्टेवार्टलाई एसोसिएसनले प्रभावशाली सूचीमा नराखेपछि ट्वीटरमा बहस सुरु भएको छ। स्वतन्त्र भूमिकाका स्थापित भएकी अभिनेत्री स्टेवार्टलाई दशकको उत्कृष्ट अभिनेत्रीको उपाधि दिनु सकारात्मक भएको प्रतिक्रिया फिल्म समिक्षकहरुले दिएका छन्।
एसोसिएसनले आधिकारिक वेबसाइटमा आफ्नो उद्देश्यबारे प्रकाश पादै लेखेको छ, ‘हाम्रो प्राथमिकता भनेको हलिउडमा नयाँ युगको प्रतिनिधित्व गर्नेलाई प्रोत्साहन गर्नु हो। विभिन्न समुदायको आवाज र पृष्ठभूमिलाई हलिउडमा मात्र नभएर अमेरिका र संसारभर एकजुट गराउन केन्द्रित भएका छौं। फिल्म समिक्षामा विविधताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा एसोसिएसन सबैको आवाजको प्रतिनिधित्व गर्छ। हामी सबै प्रकारको समिक्षा पढ्न रुचाउँछौं।’
यस वर्ष रिलिज भएको उनका ‘सेबर्ग’ र ‘चार्लिज्स् एल्न्जल्स्’ फिल्महरुलाई लिएर अभिनेत्री स्टेवार्ट संसारभरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी भएकी थिइन्। उनले हार्पर बजारसँगको अन्तर्वार्तामा यौनिकताका कारण फिल्म उद्योगमा सामना गरेको भेदभावको बारेमा बोलेकी थिइन्। उनले सार्वजनिक रूपमा आफ्नी प्रेमिकासँग हात मिलाउन छोडिदिए मार्भलले निर्माण गर्ने फिल्ममा अभिनय गर्न पाउने प्रस्ताव आएको खुलासा गरेकी थिइन्।
‘मलाई भनिएको थियो, ‘यदि तपाई आफैले केही गर्न चाहनुहुन्छ र सार्वजनिक रूपमा आफ्नी गर्लफ्रेन्डको हात समातेर हिड्नुहुन्न भने तपाईले मार्भल फिल्म पाउनुहुनेछ। म त्यस्ता व्यक्तिहरूसँग काम गर्न चाहन्न।’ उनको यो अभिव्यक्तिपछि मार्भल फिल्मविरुद्ध हलिउड कलाकार र फ्यानहरु आक्रोशित भएका थिए। द्विलिंगी (बाइसेक्सुअल) अभिनेत्री स्टेवार्ट हाल भिक्टोरियाज सिक्रेट मोडल स्टेला म्याक्सवेलसँग डेट गरिरहेकी छन्।
सन् २००८ मा रिलिज भएको ‘ट्वीलाइट’ फिल्मका अभिनेता रोबर्ट प्याटिन्सनसँग ब्रेकअपपछि अभिनेत्री स्टेवार्टले आफ्नो यौनिकताबारे खुला रूपमा धारणा व्यक्त गरेकी थिइन्। ‘मलाई लाग्छ म केवल मेरो जीवनको आनन्द लिन चाहन्छु। त्यसले मेरो जीवनको रक्षालाई प्राथमिकता दिन्छु। कारण, यसको सुरक्षा गर्दा मैले यसलाई बर्बाद गरिरहेको थिएँ। कस्तो लागि तपाई बाहिर जान सक्नुहुन्न वा अन्तर्वार्तामा यस विषयमा कुरा गर्नुहुन्छ ?,’उनी भन्छिन्, ‘मलाई पुरानो स्कुलको मानसिकताले सूचित गरेको थियो। जसले मलाई मेरो करियर र सफलता जोगाउन चुप लागेर बस्न बाध्य बनाएको थियो। संसारमा यस्ता मानिसहरू छन्। जो केटीले केटीलाई डेट गर्ने कुरा सुन्न मनपराउँदैनन्।’

‘हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टलाई दशककी उत्कृष्ट अभिनेत्री घोषित गर्न पाउँदा हलिउड क्रिटिक्स एसोसिएसन उत्साहित छौं। सन् २०२० को जनवरी ९ मा आयोजना हुने समारोहमा उनलाई दशककी उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गर्दैछौं।’