दुलेगौँडा (तनहुँ) – बाक्लो हुस्सु। मुटु काम्ने पुसको चिसो सिरेठो। गायक स्वप्न सुमनका फ्यानलाई भने चिसोको कुनै पर्वाह थिएन। स्वप्नसँग साक्षात्कार गर्ने प्रतीक्षामा उनीहरूले पुसको ठिहीले पनि छोएको थिएन।
शनिबार साँझ तनहुँको खैरेनीटारमा युवा पुस्तामाझ लोकप्रिय स्वप्न सुमनको लाइभ कन्सर्ट आयोजना गरिएको थियो। तनहुँमा पहिलोपटक उनी आउने भएपछि जिल्लाका विभिन्न स्थानबाट आएका फ्यान उनलाई भेट्न आतुर देखिन्थे। स्वप्न कार्यक्रमस्थल सरस्वती नमुना माध्यमिक विद्यालयमा प्रवेश गर्नेबित्तिकै फोटो खिच्नेको लर्को लागेको थियो।
चिसो बढ्दै जाँदा रातको ८ बजेपछि मात्र स्वप्न स्टेज चढेका थिए। लायन्स क्लब अफ तनहुँले आयोजना गरेको नेपकम्स लाइभ कन्सर्ट २०७६ मा उनले करिब एक घण्टा दर्शकलाई आफूसँगै झुमाए। उनले क्रमशः ‘आकाशैमा नौलाखे तारा’, ‘फर्केर आउ’, ‘याद म राख्नेछु’लगायतका चर्चित आधा दर्जन गीत सुनाए। स्वप्नले गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाएका थिए।
शुक्लागण्डकी–५ बेलचौतारा निवासी मिर्गौलापीडित अनिता सुवेदी र म्याग्दे गाउँपालिका–५ निवासी क्यान्सरपीडित सम्झना राईको उपचारमा सहयोग जुटाउन कन्सर्ट गरिएको क्लबका अध्यक्ष सुजित हिराचनले जानकारी दिए। उनका अनुसार मुनाफाले यहाँको दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत वितरण गरिनेछ।