काठमाडौं – मिस वर्ल्डको टप १२ मा पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठ ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेर नेपाल फर्किएकी छन्। मिस वर्ल्डअन्तर्गतको ‘हेड टु हेड’ च्यालेन्जको समूह विजेता भएर टप ४० हुँदै टप १२ मा पुग्ने उनी पहिलो मिस नेपाल भएकी छन्। एक सय ११ देशको सहभागिता रहेको मिस वल्र्डको टप १२ मा नेपालसहित जमैका, फ्रान्स, भारत, नाइजेरिया, ब्राजिल, कुक आइल्यान्ड्स, केन्या, मेक्सिको, फिलिपिन्स, रसिया र भियतनामका प्रतियोगीहरू पुगेका थिए। सोमबार नेपाल आइपुगेकी मिस नेपाल अनुष्का श्रेष्ठसँग मिस वल्र्डको अनुभवमा केन्द्रित रहेर स्मृति ढुंगानाले गरेको कुराकानी :
यसपटक मिसवर्ल्डको फाइनलमा नेपाल किन पुग्न सकेन ?
नेपालले मेहनत गर्दा पनि मिस वर्ल्डको हकदार हुन नसक्नुको कारण मलाई पनि जान्न मन छ। नेपाल टप ५ मा पुग्न लायक थियो। मिस वर्ल्ड प्रतियोगिताको सुरुदेखि मैले शतप्रतिशत रूपमा मेहनत गरिरहेकी थिएँ। मिसवर्ल्डका निम्ति मलाई सहयोग गरिरहेको टोलीको योजनाअनुसार उत्कृष्ट रूपमा सहभागिता जनाइरहेकी थिएँ। निर्णायकहरूको मापदण्डबारे मलाई जानकारी छैन। टप ५ मा म किन पुग्न सकिएन भन्ने जान्न मन छ। किनकि मलाई टप ५ सम्म पुग्छु जस्तै लागेको थियो। निर्णायकहरूको मापदण्ड थाहा भए अर्को वर्षदेखि त्यहीअनुसार तयारी गर्न सकिन्थ्यो।
नेपालको प्रतिनिधित्व गरेको तपाईंले छनोट गर्नुभएको विषय विश्वव्यापी नभएकाले मिस वल्र्डको फाइनलमा नपुगेको जस्तो लाग्दैन ?
मिस वर्ल्ड एउटा उत्सव हो। संसारभरका सयभन्दा बढी देशमा प्रतियोगी एउटै प्लेटफर्ममार्फत उत्कृष्ट प्रस्तुति दिन लागिपरेका थिए। सबै देशका समस्या उस्तै थिए। अझ हामीले छनोट गरेको विषयवस्तुले संसारको ध्यान आकर्षित गरेको थियो।
मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहँदा कस्तो अनुभव बटुल्नुभयो ?
मिस वर्ल्ड खुला मैदान हो। म नेपाल र नेपालीलाई चिनाउन लागिपरेकी थिएँ। लन्डनमा जाडो हुन्छ भन्ने थाहा थियो। जाडोको अनुभव लिँदा भने ग्राहो भयो। मिस वल्र्डको फाइनल दिन नआउँदासम्म सहभागी भएजस्तो महसुस भएकै थिएन। नेपाल भ्रमण वर्ष–२०२० लाई केन्द्रित गरेर तयारी गरेकी थिएँ। प्रत्येक दिन आजै अन्तिम हो भनेर आफूलाई प्रस्तुत गरिरहें।
नेपालले मिस वल्र्डको उपाधि अबको कति वर्षमा जित्ला ?
सन् १९९७ देखि नेपालले मिस वल्र्डमा सहभागिता जनाउँदै २०१९ सम्म आइपुग्दा महत्वपूर्ण विधाहरू जित्ने क्रम बढेको छ। मैले सकेसम्म शतप्रतिशत दिने प्रयास गरेर उत्कृष्ट प्रस्तुति दिएजस्तो लाग्छ। यो रफ्तारलाई निरन्तरता दिन सके सम्भवतः केही वर्षभित्र नेपालले मिस वल्र्डको उपाधि जित्नेमा शंका छैन। यही स्कोरबोर्ड स्पष्ट नहुने ढाँचाले निरन्तरता पाउने हो भने सहभागीले आत्मविश्वास र सकारात्मकतामा केन्द्रित हुन आवश्यक छ।
मिस वल्र्डको टप १२ मा पुग्नुभएको छ। तपाईंका लागि यो कतिको महत्वपूर्ण छ ?
मेरा लागि यो ठूलो कुरा हो। कारण, यसले मलाई समेत प्रोत्साहित गरिरहेको थियो। हामी नेपाली एकजुट भएर अगाडि बढेको मैले पाएँ। संसारभरका सयभन्दा बढी देशका प्रतिस्पर्धी पुग्दा आफू कतै हराएजस्तो पनि लाग्थ्यो। न म त्यहाँ सबैभन्दा सुन्दर थिएँ, न सबैभन्दा अग्ली थिएँ। कहिलेकाँही अल्छी पनि लाग्थ्यो तर देशको प्रतिनिधित्व गरिरहेको छु भन्ने भावले प्रोत्साहित गथ्र्यो।
सिन्धुपाल्चोकको शिक्षा र स्वास्थ्यमा केन्द्रित तपाईंको प्रोजेक्टले मिस वल्र्डको मुटु मानिने ब्युटी विथ प्रपोज जित्यो। अब तपाईंको यो प्रोजेक्ट कसरी अघि बढ्ला ?
सिन्धुपाल्चोकको सोल्सिङ गाउँको सामुदायिक उत्थानको मोडलमा केन्द्रित भएर सात महिना काम गर्ने अवसर मिल्यो। यस दौरान त्यहाँका समुदायले भोग्नुपरेका पीडाबारे बुझ्ने मौका पाएँ। सो क्षेत्रमा रहेका हरेक परिवारका आमा र बालबालिकाले स्वास्थ्य र शिक्षाको अवसर पाउनुपर्छ भनेर प्रोजेक्ट सञ्चालन भइरहेको छ। यो प्रोजेक्ट समाजको विकास मोडलसँग केन्द्रित भएकाले निरन्तरताका निम्ति त्यता जाँदैछु। ब्युटी विथ प्रपोजले यो प्रोजेक्टलाई महत्वपूर्ण बनाएदिएको छ। सामाजिक उद्यमशीलतामा केन्द्रित भएर यो प्रोजेक्टलाई अघि बढाउनेछु।
मिस नेपालको एक वर्षे कार्यकाल सकिएपछि अस्ट्रेलिया फर्कनुहुन्छ ?
म पढ्न भनेर अस्ट्रेलिया गएकी थिएँ। आफूलाई विश्वास गर्न समय लाग्यो। नेपाल फर्कने योजना बनाइरहँदा मिस नेपालको साइत जुरेको हो।
मल्टिमिडिया अवार्ड जित्नुभएको तपाईं सामाजिक सञ्जालमा कतिको सक्रिय हुनुहुन्छ ?
मलाई सामाजिक सञ्जालले परिवार र समुदायसँग निकट हुन प्रोत्साहित गरेको थियो। यसलाई मैले सहज रूपमा लिने गरेको छु। फेसबुक र इन्स्टाग्राम मिस वल्र्डको दौरान सक्रिय थिएँ।
मिस वल्र्डमा भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गरिरहनुभएको थियो। मिस वल्र्डमा सहभागी प्रतियोगीहरूले नेपाल भ्रमण गर्लान् ?
उनीहरू नेपाल आउन इच्छुक थिए। मिस वल्र्डका दौरान भेटिएका अन्य प्रतियोगी चाँडै नेपाल आउनेमा आशावादी छु।