काठमाडौं – कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको उपस्थिति रहेको थियो। जोशीले नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा रहेको बताए।
उनले ६५ वर्षअघि हालको सैनीक मञ्च रहेको टुंडिखेलमा नेपाली शिक्षा परिषद्को आयोजनामा कविशिरोमणिको भव्य नागरिक रथारोहण गरिएको स्मरण गर्दै त्यो रथारोहण नेपालकै साहित्यक इतिहासमा पहिलो पटक भएको दाबी गरे। ‘नेपाली कवितासाहित्यको क्षेत्रमा पौड्यालले महत्वपूर्ण भूमिका खेल्नु भएको छ,’ जोशीले भने, ‘आफ्नो समयमा उहाँले साहित्य मन्दिरको अवधारणा ल्याउनुभएको थियो, उहाँको सपना २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएपछि साकार भयो।’ राष्ट्र निर्माणमा साहित्यकारले खेलेको भूमिकालाई अवमूल्यन गर्न नहुने उनको धारणा थियो।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले कविशिरोमणि पौड्यालले लेखेका कविता नेपाली साहित्यमा लालित्य र परिस्कृतिका हिसाबले अहिलेसम्मकै उत्कृष्ट रहेको दावी गरे। ‘लेखनाथको तरुणतपसी काव्यकृतिलाई भाव नमर्ने गरी अंग्रेजीमा राम्रो अनुवाद गराएर पठाएको भए नोबेल पुरस्कार पाउन सक्थ्यो,’ उनले भने।
प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले लेखनाथ युगचेतना भएका कवि भएको बताउँदै उनका रचनामा अध्यात्म, मानवता, सामाजिकताका साथै साँस्कृतिक रूपान्तरणका सन्देश पाइने बताए। कार्यक्रममा कविशिरोमणिका काव्य सिर्जनासमेत वाचन गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसाल साहित्यकार लक्ष्मी गौतमलगायतको आतिथ्यता रहेको थियो।