काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागले संयुक्त रुपमा विश्व हिन्दी दिवस मनाएको छ। उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’को विशेषांकसमेत लोकार्पण गरियो। सो अवसरमा कार्यबाहक राजदूत डा. अजय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए।वीपी कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तक पनि सोही कार्यक्रममा लोकार्पण गरियो। ती पुस्तकमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीद्वारा नेपालीमा अनुवाद गरिएका विश्वप्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथा एवं नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन्।
हिन्दीमा अनुवाद गरिएको राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित गीतिनाटक ‘अश्वत्थामा’ एवं युवा तथा नयाँ नेपाली कथाकारद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाको अनुवादित संग्रह ‘उत्कृष्ट कहानियां’ पनि लोकार्पण गरियो। यी कथा बाह्रखरी मिडियाले नेपालभर आयोजना गरेको कथालेखन प्रतियोगिताबाट छानिएका थिए।