काठमाडौं- लेखक प्रशस्ति अर्यालद्वारा लिखित ‘रेड मुन’ नामक कविता संग्रह प्रकाशित भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनको कविता संग्रह सार्वजनिक भएको थियो ।
लाजिम्पाटस्थित केन्द्रिय विद्यालयको विज्ञान संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत उनीद्वारा लिखित यो पहिलो कृति हो । किशोरावस्थामा हुने एक्लोपना र शारीरिक परिवर्तनले उब्जाएका विभिन्न भावनालाई कवितामार्फत प्रस्तुत गरेको जानकारी लेखक अर्यालले गराएकी थिइन् । ‘किशोरावस्थामा हुने एक्लोपना र शारीरिक परिवर्तनले उब्जाएका विभिन्न भावनालाई कवितामार्फत प्रस्तुत गरेको छु । यो पुस्तकले विशेषगरी एक्लोपन महसुस गरिरहेका किशोर र किशोरीलाई केन्द्रित गरेर लेखेको थिएँ,’ उनले भनिन् ।
कविता संग्रहलाई सांग्रिला बुक्सले बजारमा ल्याएको छ । ‘कविता लेखिरहने मजस्तो नयाँ लेखकलाई यो संग्रहले लेख्न प्रोत्साहन गरेको छ । मैले किशोरावस्थामा महसुस गरेको अनुभवलाई संग्रहमा समेटेको छु । मैलेजस्तै किशोरावस्थामा एक्लोपन महसुस गर्नेहरूको लागि यो संग्रहले राहत दिन्छ भन्नेमा आशावादी छु,’ उनले भनिन् ।