काठमाडाैं – राजधानीको तारागाउँ म्युजियमको भित्तामा अभिनेत्री प्रियंका कार्कीले पेयपदार्थको विज्ञापन गरेझैं देखिए फोटोहरू झुन्डिइएका छन्। अभिनेत्री कार्कीको उस्तै खालका फोटोलाई धेरै संख्यामा फ्रेमिङ गरेर म्युजियममा राखिएका छन्। उस्तै शैलीका फोटोलाई धेरै संख्यामा फ्रेमिङ गरिएकाले म्युजियम भ्रमण गर्ने सर्वसाधारण अलमलिएझैं देखिन्छन्। कलाकार नबिन्द्र लिम्बुको ‘खाजाघरमा मुस्कान’ प्रतिस्थापन कलाअन्तर्गत अभिनेत्री कार्कीको ह्याप्पी स्माइलको फोटोहरू प्रदर्शनीमा राखिएका हुन्।
गत माघ २२ देखि सुरु भएको प्रदर्शनीले मानिसलाई हाँस्न प्रोत्साहित गर्ने दाबी कलाकार लिम्बुले गरेका छन्। ‘संसारभर विभिन्न समुदायका मानिसहरू बसोबास गछौं। सबैको भाषा र संस्कृति फरक भएपनि मुस्कानले आत्मिय भाव प्रस्तुत गर्छ,’ उनले भने, ‘मुस्कानले आराम र उर्जा दिन्छ। मुस्कानले जीवनमा आनन्द महसुस गराउँछ। ’ केही समयअघि खाजा खान पुग्दा अभिनेत्री कार्कीको मुस्कानसहितको पेयपदार्थको विज्ञापनले यो कला तयार गर्न प्रोत्साहित गरेको उनले बताए। प्रदर्शनीमा अभिनेत्री कार्कीका मुस्कानसहितका विभिन्न फोटोहरू राखिएका छन्। उनले करिब एक वर्षको तयारीपछि सो कला प्रदर्शनी गरेका थिए। ‘करिब एक वर्षको तयारीपछि यो कला प्रदर्शनी गरिएको हो। मानिसहरूलाई तनावबाट केहीबेर हाँस्न प्रोत्साहित गर्दै यसको थिम तयार गरेका हौं। यसले अन्तक्र्रिया र सोच्न बाध्य बनाउँछ भन्ने आशा गरेको छु,’ उनले भने।
तारागाउँ म्युजियमका क्युरेटर रोशन मिश्रको ‘अब्जेट इन फोकस’ थिमअन्तर्गत सो प्रदर्शनीको आयोजना गरिएको हो। सो थिमको यो चौथौं संस्करणको प्रदर्शनी हो। यो प्रदर्शनी बेलायतस्थित ब्रिटिस म्युजियमको रुम थ्रीमा आधारित छ। तारागाउँ म्युजियमका क्युरेटर रोशन मिश्रका अनुसार नेपाली कलामा ‘खाजाघरमा मुस्कान ’ नयाँ प्रयोग भएको प्रतिक्रिया दिएका छन्। ‘ग्यालरीमा एउटामात्र वस्तु राखेर प्रदर्शन गर्ने र त्यसको विषयमा अवलोकन गर्न आउने मानिसहरुसँग छलफल गर्ने, यो किसिमको शैली नेपालको लागि नयाँ हो ,’उनले भने,‘ यस किसिमको कला प्रदर्शनीलाई तारागाउँ म्युजियमले निरन्तरता दिनेछ।’ प्रदर्शनी आगामी फागुन ३ सम्म चल्नेछ।