
मुम्बई - बलिउडका चार खान(दान) होली मनाइरहेका छन्। प्रस्तुत छ भाङ्गको तरङ्गमा लेखिएको वृतान्त। यस पटक बलिउडमा होली पर्व चार दिन अघि मनाइएको थियो। अब बलिउडको होली भन्नासाथ सबैको ध्यान आरके स्टुडियोमा मनाइने होलीमा जाने गर्छ। हुनत सोमेन राजकपूरको निधनपछि उनका छोरा रणधिर, ऋषि तथा राजीव कपूरले त्यो परम्परा धान्ने प्रयास गर्दै आएका छन्।
तर पुराना कलाकारको भनाइ मान्ने हो भने राजकपूरको पालाको जस्तो वातावरण अहिले बलिउडको होलीमा पाइदैन।
तर पनि यस पटक वर्षौपछि आरके स्टुडियोमा गजबको सेट लगाइएको छ। र त्यहाँको पारम्परिक होलीमा राजकपूरकी नातिनी अभिनेत्री करिनाको आग्रहमा नयाँ आइटम पनि जोडिएको छ। यसलाई सेफअली खानको 'मुक्का मार' होलीको संज्ञा दिइएको छ।
यस होलीमा मान्छेको अनुहार आकारको एउटा पिचकारी बनाइएको छ। सेफले यसमा मुड्की हिर्काएपछि अनुहारको नाकबाट रातो रङ्गको फोहरा निस्कन्छ। भनिन्छ केही समयअघि सेफले होटलमा झगडा भएपछि एक व्यक्तिको नाकमा मुक्का हिर्काएको घटनाबाट प्रेरित भएर करिनाले यो पिचकारीको खोज गरेकी हुन्।
जो त्यतिबेला उपस्थित थिएनन् उनीहरू यस आनन्दबाट वन्चित नहुन भन्ने उद्देस्यले यो पिचकारीको निर्माण गरिएको हो। खानले मुड्की हिर्काइरहेका थिए र करिना, मलाइका अरोडा खान, अमृता अरोडा आदी सुन्दरीहरू ताली बजाइरहेका थिए।
दबङ्गको रङ्ग
होलीको वातावरण उत्कर्षमा थियो। तर अचानक ठूलो स्वर सुनियो- 'होसियार खबरदार, सुन्तली मैयाले लोकल धोकेर आएकी छिन् है। यो सुन्नासाथ सबैले आफ्नो दृष्टि सेफअलीबाट हटाएर हेरे, सामु क्याटरिना कैफ थिइन्। उनले लोकल त धोकेकी थिइनन् तर सम्भवतः भाङ्ग धेरै खाएकी थिइनकी क्या हो कुशल क्षेम केही नभनी आक्रामक शैलीमा करिनालाई भनिन्- तिम्रो खानभन्दा मेरो खानमा धेरै रङ्ग छ। त्यही भएर उ दबङ्ग छ।
करिनाले केही अविर लिइन र त्यसमा अलिकति लुतोको पाउडर मिसाएर क्याटरिनाको गालामा प्रेमपूर्वक दल्दै सोधिन्- 'जसलाई तिमी आफ्नो खान भन्दैछ्यौ उनी तिम्रो को हुन नी?'
कैटले भनिन्, 'मत उनकी मैच्याङ उ मेरो च्याङ्बा! अर्थात उनी त मेरो तलब बिनाको बडिगार्ड हुन्।
'तर चलचित्रमा त उनी मेरो बलिगार्ड थिए नी!' करिनाले लुतोको पाउडर फेरी दलिन्। तर क्याटरिनाले यति धेरै भाङ्ग खाएकी थिइन् की उनलाई कही कतै चिलाएन। बरु उनले त पद्यात्मक शैलीमा लय निकालिन-फिल्मलाई छाड जिन्दगीको कुरा गर किनभने जिन्दगी ना मिलेगी दोबारा।
'हो बेबी जिन्दगी ना मिलेगी दोबारा त्यही भएर त म अहिलेसम्म बसीरहेछु कुमार। बिहे गरेर आफ्नो जिन्दगी कसले बरबाद गरोस।
यतिभन्नासाथ दबङ्ग कैटरिनाले टाउकोमा एक गाग्री पानी खन्याइन। तर भाङ्गको असरमा डुबेका शाहरुखलाई लागेछ, सलमानले पानीको गाग्री क्याटमाथि नभई स्वयं आफ्नो टाउकोमा खन्याए।
हिस्सिएका शाहरुखले जमिनबाट एक अंजुली पानी उठाएर सलमानको गालामा लगाउदै भने, 'दिलवालेले दुलही लैजान्छन् अनी दिलै नभएकाले स्वाँठपन देखाउँदै जिन्दगी बडिगार्ड भएर बिताउँछन् बाबु।'
त्यसपछि सल्लु बन्दुकको पिचकारी लिएर दुगुरे। तर उनी अघि शाहिद कपूरले कालो रङ्गले भरिएको एक बलुन शाहरुखको अनुहारमा हिर्काएर 'नराम्रो नमानौ होलीमा' भन्दै उनलाई चिढाउदै भने, 'जब दुलही तिमिसँग भए मेरी प्रियङ्कासँग किन रास लिला रचाइरहेको?
त्यसपछि शाहरुखले गीता ज्ञानका बाल्टी शाहिदको टाउकोमा खन्याए र भने, 'जो आज तिम्रो छ भोली अरु कसैको हुनेछ। चाहे प्रियङ्का हुन अथवा करिना यसैको नाम जीवन हो बाबु।
शाहरुख विरुद्ध कसले आफूलाई साथ दिएला भन्ने सोचमा साहिद उदास थिए, त्यही बेला गौरी खानले बडो प्रेम पूर्वक उनलाई एक गिलास भाङ्गको सर्वत दिइन् र जली रहेको मुटुलाई ढाडस दिदै भनिन्, 'तिमी चिन्ता नगर बाबु म यो जंगली विरालोलाई घरमा छिर्न दिन्न क्यारे!
'जंगली विरालो विरुद्धको यस युद्धमा म तपाइसँग छु, भाउजु।' सलमानले अगाडि बढ्दै गौरीलाई रङ्ग छर्कने प्रयास गरे, तर बलिउडकी सम्राज्ञी गौरी खानले उनलाई कडाइ पूर्वक रोक्दै भनिन्, 'मेरो चिन्ता छाड बाबु र आफ्नी सक्कली भाउजु तर्फ ध्यान देउ। हेरत भाङ्गको नशामा सडकमा 'मुन्नी बदनाम हुई'को लाइभ सो देखाइरहेकी छिन्।'
उनको त हरेक सो हिट हुन्छ, तर आजकाल त तपाइको पतिदेबको कुनै पटका पड्किदैन नी! भन्दै सलमानको तर्फबाट फराह खानका पतिदेव शिरिष कुंडेरले पिचकारी हिर्काए। त्यतिकैमा शाहरुखको ध्यान यस बकबक तर्फ गयो र उनले गौरीसँग सोधे-यसले तिमीमाथि बलजफ्ती रङ्ग छर्कीरहेको थियो कि क्याहो?'
सलमानले स्पष्टिकरण दिनुअघि सिरिषले भने, 'होइन, होइन, यस्तो केही होइन। सलमान त रा वन हिट भएको खुसीमा एउटा पार्टी पो दिन चाहन्छन्। त्यही भएर गौरीलाई निम्तो दिन आएका हुन्। यति भन्दै शिरिषले ग्रिसको रङ्ग शाहरुखको अनुहाराम दलिदिए।'
ग्रिसको टिसतर्फ वास्ता नगर्दै शाहरुखले प्रेमपूर्वक भने, 'यो त निकै राम्रो कुरा हो। यस खुसीमा म तिमीसँग विशेष होली खेल्न चाहन्छु।'
'विशेष होली! शिरिषले सोँचे मेरो ग्रिसले यसलाइ चिप्ल्याइ दिएछ की क्याहो!
'हो, विशेष होली। यो लौरो हिर्काउने होली हो।' भन्दै शाहरुख लौरो खोज्न थाले। स्थितिको गम्भिरता अनुभव गरेर शिरिषले त्यहाँबाट सुइकुच्चा ठोके। तर गेटमा बलिउडका सञ्जुबाबा अर्थात कांचासँग भेट भयो। कांचाले उनलई समाए र भने, 'बल्लत होलीको रङ्ग जम्दै छ बाबु अहिले नै तिमी भागिरहेको!'
सञ्जय दत्तले शिरिषलाई फर्क्याएर स्टुडियो मै ल्याए र रङ्गले भरिएको ठूलो ड्रममा पछारे।
त्यतिबेलासम्म शाहरुखले पनि लौरो भेटाइसकेका थिए। त्यसपछि त्यो होली कस्तो भएहोला पाठक स्वयंले अनुमान लगाउन सक्नु हुन्छ।
पाठकहरू तपाइ एउटा अर्को कल्पना गर्नुस त! खान-दानको यस होलीमा जब सबै खान एक अर्कालाई हिलो छ्याप्नमा व्यस्त हुदा हाम्रा जब्बर पाण्डे अर्थात अमिर खान कुन मेलोमा थिए होलान?
लौ हामी नै भन्छौ-अमिर खान आफ्नो क्यामरा पर्सनसँगबाट यो सम्पूर्ण घटनाक्रमलाई सुट गराइरहेका थिए।
वास्तवमा यी लाइभ दृष्यको एउटा कोलाज बनाएर उनी 'चिप्लो लाइव' नामको एक चलचित्र बनाउन लागेका छन्।
उनले अर्कोवर्ष होलीकै अवसरमा यो चलचित्र विश्वभरी प्रदर्शन गर्ने विचार गरेका छन्।
- अमर उजालाबाट