
मुम्बइ, फागुन २५ (एजेन्सी)-बाइक र गतिलाई मन पराउने बलिउड अभिनेता जोन अब्राहमलाई त्यसको परिणाम भोग्नुपर्ने भएको छ।
तीब्र गतिमा बाइक चलाएर दुई जनालाई घाइते बनाएको सम्बन्धमा मुम्बइ अदालतले उनलाई दिइएको १५ दिनको जेल सजायलाई कायम राखेको छ।
जोनले अब अदालतसँग सजाय विरुद्ध अपिल गर्न समय मागेका छन्।
यो घटना सन् २००६ को हो। जसमा जनले अनियन्त्रीत रुपमा बाइक चलाएर दुईजनालाई गम्भिर घाइते बनाएका थिए। यस सम्बन्धमा त्यहाँको मेट्रोपोलिन कोर्टले उनलाई १५ दिनको सजाय सुनाएको थियो।