कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव
२२ जेष्ठ २०७७
•
३ मिनेट पाठ
कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव
कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्ययन गरेर समय बिताइरहेका छन् । त्यस्तै कला क्षेत्रमा लागेका व्यक्ति भने चित्र, गीत संगीतलाई आफ्नो दैनिकी बनाएका छन् ।  




कोरोना कहरकै कारण अहिले कुनै पनि कार्यक्रम प्रत्यक्ष रुपमा हुन सकेको छैन । समय र परिस्थिति अनुसार नाटक प्रदर्शनीदेखि लिएर चित्रकलाको प्रदर्शनीसम्म अहिले भर्चुअल माध्यमबाट हुने गरेको छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले कोरोना कहरको समयमा पनि अनलाइनमार्फत कला, सिर्जना र साहित्यलाई मध्यनजर गर्दै ‘कलाका कुरा’ शीर्षकमा नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

सोफाजले नियमित रुपमा सञ्चालन गर्दै आएको ‘कलाका कुरा’ कार्यक्रमको ३९ औँ शृंखला बिहीबार सम्पन्न भएको छ । जसमा ‘कला शिक्षाको अवस्था र चुनौती’ विषयमा बहस गरिएको छ । उक्त बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेल र कला विभागका सहप्राध्यापक सुजन चित्रकारले एक आपसमा बहस गरेका थिए ।  

बहसमा काठमाडौं विश्वविद्यालय नेपालमा कला शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाउनुपर्नेमा विज्ञले जोड दिँदै नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आ–आफ्ना धारणा राखे ।  

डा.रमेश पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यानमा राखी आगामी दिनमा पठनपाठन बनाउनुपर्ने चुनौती थपिएको बताए । नेपाली माटो सुहाउँदो कला शिक्षा हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ । प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरु छलफलमै छौं ।’  

आगामी दिनमा नेपालमा मौलिक कला र संस्कृतिका विषयलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राख्दै डा.पोखरेलले विश्वविद्यालयसँगै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कलाको महत्वलाई ध्यान दिइ कार्यक्रम ल्याउनुपर्ने जिकिर गरे । उनले नेपालमा खुलेका सबै विश्वविद्यालयले कला विषय अध्यापन गराउनुपर्ने बताए ।

त्यस्तै, सहप्रा. चित्रकारले कला शिक्षा समयापेक्ष हुनुपर्ने भनाइ राख्दै नेपालमा कला शिक्षालाई जटिल नबनाई सरल र दक्ष बनाउनुपर्ने बताए । उनले कला शिक्षालाई पहिलेको जस्तो जटिल नबनाई सहज र व्यवहारिक बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रुपमा विद्यार्थी उनीहरुको रुचिलाई मार्ग निर्देशन गर्नुपर्छ ।’ चित्रकारले काठमाडौं विश्वविद्यालयले दक्षिण एसियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको जानकारी दिए । उनले भने, ‘पश्चिमी तथा पूर्वीय मान्यतामा आधारित कलाका विविध पक्षलाई ध्यान दिएर पाठ्यक्रम बन्नुपर्छ । जसले हामीलाई सीमित नराखी खुल्ला र दक्ष बनाउन महत्वपूर्ण मद्धत पु¥याउँछ ।’

नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको अध्यक्ष केशव राज खनालले बताए । उनले कला शिक्षालाई विद्यालय तहदेखि लागु गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण सघाउँ पुर्याउने बताए ।  

त्यस्तै विज्ञहरूले भने समय सान्दर्भिक रुपमा विश्वविद्यालयले कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे । उक्त कार्यक्रमलाई आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेका थिए ।

‘कलाका कुरा’ को ३८औँ शृंखलामा अग्रज कलाकार कृष्ण मानन्धरको सहभागीता रहेको थियो । उनले नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
अर्को समाचार
मदरसा शिक्षा पाठ्यक्रममा समावेश हुने
२० मंसिर २०७८
•
२ मिनेट पाठ
मदरसा शिक्षा पाठ्यक्रममा समावेश हुने
सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्। उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गरे।




मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशिताको कुरा सुनिश्चित गरेपनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पारे। उनले राजनीतिक दलहरु भित्रै संविधानको भावना अनुसार समावेशिताको सिद्धान्तलाई अंगिकार गरिसकेको अवस्था नरहेको स्विकार गरे।

मन्त्री पौडेलले भने, ‘मूलभूत रुपमा संविधानमा हामीले समावेशिताको कुरा त गर्‍यौं। तर व्यवहारतः अझै बाँकी छ। व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ। सेना, पुलिसमा बाँकी छ। व्यूरोक्रेसीमा बाँकी छ। विभिन्न दलहरुमा पनि बाँक छ। कुराले मात्रै हुँदैन। त्यसकारण हामी तपाईहरुले उठाउनु भएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौ। र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ? विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढ्छौं। त्यसका लागि तपाईहरुले ठोस प्रस्ताव ल्याउनु पर्छ।’

मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराए। यता, आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताए। उनले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराए।

अध्यक्ष अन्सारीले भने, ‘अझै पनि मदरसामा बोरामा बसेर पढनुपर्ने अवस्था छ। कहिलेसम्म यो अवस्था रहन्छ? जुन सार्वजनिक शिक्षालय स्कुल छ। सरकारी स्कुलमा चाँही सुविधा सम्पन्न छ। मदरसामा भने बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ? अब यो अवस्थामा परिवर्तन गर्नुपर्छ।’

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस