मुम्बई, चैत ६ (एजेन्सी)-पाकिस्तान विरुद्ध आक्रामक १ सय ८३ रन बनाएर आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भारतीय ब्याट्सम्यान विराट कोहलीले हरेक कुनाबाट बधाई प्राप्त गरिरहेका छन्। यस्तो अवस्थामा भारतीय टिमले विश्वकप जितेपछि निर्वस्त्र हुने घोषणा गरेर चर्चामा आएकी पुनम पाण्डे कसरी चुप लागेर वस्न सक्थिन र? त्यसैल उनले पनि टि्वटरमा विराटलाई सन्देश पठाइन-आइ लभ यु। यसकासाथै उनले विराटलाई एउटा फ्लाइङ किस (हवई चुम्बन) पनि पठाएकी छिन्।
पुनमले टि्वटरमा कोहली निकै राम्रो खेलेको पनि बताइन्। 'तिम्रो खेलले हामीलाई गर्व गर्ने अवसर दियो। हामी तिम्रो यो विशेष इनिङर्ला सधै सम्झने छौँ।'