मुम्बई वैशाख ९ (एजेन्सी)-रियलिटी सो बिग बसबाट चर्चामा आएपछि बलिउड अभिनेत्री बन्ने तरखरमा रहेकी पोर्न स्टार सनी लियोन चलचित्र जिस्म २ को छायांकनका लागि भनेर थाइल्यान्ड गएकी थिइन्। तर त्यहाँ त उनी एउटा कण्डम कम्पनीको विज्ञापनमा खेल्न पो व्यस्त छिन त!
यो हल्लाको भरमा भनिएको कुरा भने होइन। बरु स्वयं सनीले आफ्नो टि्वटरको माध्यमबाट यसको जानकारी गराएकी छिन्। उनी दुई दिन देखि थाइल्यान्डमा कण्डम कम्पनी मेन फोर्सको विज्ञापनको छायांकनमा व्यस्त छिन्।
उनी पूजा भट्टको चलचित्र जिस्म-२बाट बलिउडमा भित्रिने तरखरमा छिन्। चलचित्रमा सनी प्रमुख पात्रका रुपमा छिन्। यस चलचित्रबाट आफूले दर्शकको मनमा विशेष छाप छोड्ने विश्वास उनले गरेकी छिन्। तर चलचित्रभन्दा पहिले उनी सम्भवतः कण्डमको विज्ञापनमा देखा पर्ने छिन्।