‘साहित्य सन्ध्या अभियान आफैँमा इतिहास बनेको छ’
०७ असार २०७७
•
२ मिनेट पाठ
‘साहित्य सन्ध्या अभियान आफैँमा इतिहास बनेको छ’
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक ४०६ औँ शृङ्खला असार शनिबार भर्चुअल माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कवि गोष्ठी सम्पन्न भएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा कवि गोष्ठी भएको हो । वरिष्ठ कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले कार्यक्रम सञ्चालन गरेकी थिइन् । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्य सन्ध्याका परिकल्पनाकार गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथिका रूपमा उपस्थिति रहेको थियो ।




त्यस्तै प्राज्ञ डा.देवी नेपाल, कवि तथा समालोचक डा.भरतकुमार भट्टराई, प्रा.डा.खेमनाथ दाहाल, वरिष्ठ कवि विधान आचार्य, वरिष्ठ स्रष्टाहरू सीताराम नेपाल, डम्बर पहाडी ‘एलाक’ अतिथिका रूपमा उपस्थित भएका थिए ।

सातै प्रदेशका कविहरूलाई उपस्थितिका लागि प्राज्ञ डा. देवी नेपालले संयोजन गरेअनुसार प्रदेश पाँच बाहेक अरू सबै प्रदेशका कविहरूको उपस्थिति रहेको थियो ।

कुलपति उप्रेतीले महामारीका कारणले सामूहिक गोष्ठी गर्न नै नसकिने वर्तमानमा प्रविधिको सुन्दर संयोजनका माध्यमबाट ६ ओटा प्रदेशका कविहरूलाई उपस्थित गराई गुणात्मक गोष्ठीको आयोजना भएकोमा खुसी व्यक्त गरे । सबै वाचित सिर्जनामाथि अत्यन्त मसिनो र प्रेरणादायी समीक्षा डा.भरतकुमार भट्टराईले गरिदिएकोमा उनलाई पनि धन्यवाद दिए ।

‘वर्तमान नेपाली प्रगतिवादी साहित्यकारहरू प्रायः सबै यो साहित्य सन्ध्याको अभियानमा कुनै न कुनै रूपबाट जोडिनुभएको छ त्यसैले सामाजिक रूपान्तरणको यो अभियान आफैँमा इतिहास बनेको हुनाले यो अभियानका सम्बाहक साथीहरूलाई धन्यवाद दिन्छु ।’ उप्रेतीले भने, ‘यो अभियानले संस्थागत रूप लिएर वार्षिक पुरस्कार अर्पण गर्ने व्यवस्था गरिरहेको छ ।’

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री दोस्रो गोष्ठीमा ६ ओटा प्रदेशका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको बताए । ‘प्रविधिको प्रयोग र व्यवस्थापनमा वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । ६ ओटा प्रदेशका कविहरूलाई जुटाउन प्राज्ञ डा.देवी नेपालले संयोजन गरिदिनुभएको छ ।’ उनले भने, ‘अझ उपाध्यक्ष रमेश पोखरेलको प्रविधि राम्ररी सञ्चालन नभएका कारण केही स्रष्टाहरू जोडिन नपाउनुभएको खबरले दुःखी बनाएको छ र हामी क्षमायाचना पनि गर्दछौँ ।’

कार्यक्रममा वाचित रचनाका बारेमा प्राध्यापक, कवि, समालोचक डा.भरतकुमार भट्टाईले अत्यन्त मसिनो गरी प्रेरणादायी एवम् प्रभावकारी टिप्पणी गरिदिएको विनयले बताए । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्धमा, राष्ट्रवादका पक्षमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर पाएको उनले सुनाए ।
अर्को समाचार
साहित्य सन्ध्यालाई यस वर्षको हेमराज पहारी पुरस्कार
०१ वैशाख २०८०
•
१ मिनेट पाठ
साहित्य सन्ध्यालाई यस वर्षको हेमराज पहारी पुरस्कार
हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ। 




प्रतिष्ठानको हालै बसेको बैठकले यस वर्ष सो स्मृति पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको हो।  २०३९ सालमा स्थापना भई हालसम्म ४३८ वटा नियमित मासिक कार्यक्रम गरिसकेको छ। युद्ध प्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि सो पुस्कार दिने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले बताइन्।

‘२०४६ साल अघिको कसिदो राजनीतिक वातावरणमा प्रजातान्त्रिक आन्दोलनमा सिर्जनात्मक स्वर मुखरित गर्न युवा कविहरुलाई अभिप्रेरित गर्ने मञ्चको रुपमा स्थापित संस्था र अनुभवी पुस्ताबाट प्रशिक्षित हुँदै नयाँ पुस्तालाई प्रेरणा दिने कार्यशालाको रुपमा विकसित संस्था भएकाले यस वर्ष हेमराज पहारी स्मृति पुस्कार साहित्य सन्ध्यालाई दिने निर्णय भएको छ’, संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘संस्था स्वंयले २०४२ सालदेखि पुरस्कार स्थापना गरी स्रस्टाहरुलाई सम्मान गर्दै आएको र नेपाली साहित्यको उन्नयन र विकासमा चार दशकदेखि समर्पित संस्थाको थप उन्ननयको कामना गर्दछ।’

साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले हरेक २ वर्षमा प्रदान गर्दे आएको छ।

यसअघि यो पुरस्कारबाट संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोक कवि अलि मिया तथा मकवानपुरको झरना साहित्यक परिवार पुरस्कृत भइसकेका छन्। पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलाद्र्धको एक फन्को’ नियात्रा प्रकाशित र केही गितहरु प्रकासित भएका छन्।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस