मुम्बई, वैशाख १२ (एजेन्सी)-रियालिटी सो बिग बसबाट चर्चामा आएकी सनी लियोन अब पोर्न स्टारबाट बलिउड स्टारमा रुपान्तरण हुँदैछिन्। बिग बोसको घरमै जिश्म २ खेल्न प्रस्ताव पाएकी सनीको पोल्टामा अब अर्को बलिउड चलचित्र परेको छ। त्यो हो रागिनी एमएमएस २। निकै कम बजेटको चलचित्र रागिनी एमएमएसले बक्स अफिसमा राम्रो व्यापार गरेपछि यसको सिक्वलका लागि सनीको नाम आएको हो।पछिल्लो समाचार अनुसार त एकता कपूरले सनीलाई आफ्नो आगामी चलचित्र रागिनी एमएमएसको सिक्वलका लागि साइन पनि गरिसकेकी छिन्।
सनी त्यसै पनि व्यस्त हुँदै गएकी छिन्। कामको वर्षा उनीमाथि हुन थालेको छ र उनले यसको पूर्ण फाइदा पनि उठाइरहेकी छिन्। जिस्म २ पछि रागिनी एमएमएस उनका लागि भाग्यशाली मानिएको छ। एकता कपूरको साथ उनका लागि फाइदाजनक सावित हुन सक्छ। उनीसँग चलचित्र मात्र नभई विज्ञापन र अन्य प्रोजेक्ट पनि छन्। हालै उनले एउटा कण्डमको विज्ञापनको सुटिङ भ्याइसकेकी छिन्।