मुम्बई, वैशाख १३ (एजेन्सी)-बलिउडका महानायक अमिताभ बच्चन ख्यातिप्राप्त गायक मिका सिंहको गाना 'कम्मो'माथि लठ्ठ भएका छन्। अमिताभका अनुसार मिकाको स्वरमा एक किसिमको जादु छ र त्यसबाट कोही जोगिन सक्दैन। मिकाले चलचित्र 'डिपार्टमेन्ट'मा आफ्ना लागि गाएकोमा आफू निकै खुसी भएको अमिताभले आफ्नो ब्लगमा लेखेका छन्। उनले आफू मिकाबाट निकै प्रभावित भएको पनि उल्लेख गरेका छन्। अमिताभले अगाडि लेखेका छन्,'चलचित्र उद्योगमा धेरै लोकपृय गितमा आफ्नो स्वर दिएका मिकाले मेरा लागि चलचित्र 'डिपार्टमेन्ट'मा कम्मो गाए। उनको स्वर विशेष र अन्यभन्दा फरक छ। म मिकालाई सुरुबाट सुन्दै आइरहेको छु।'
मिकाले प्राय प्रेमपूर्ण सन्देश पठाउने गरेको अमिताभले बताए। उनले स्टेज सोमा पनि आफ्ना गितहरू गाउने गरेको अमिताभले उल्लेख गरेका छन्।
'म यसका लागि उनको आभारी छु। उनलाई मेरो शुभकामना छ।' अमिताभले अगाडि लेखेका छन्।