मुम्बई, वैशाख २५ (एजेन्सी)- आइतबारबाट प्रसारणमा आएको बलिउड अभिनेता आमिर खानको टेलिभिजन कार्यक्रम सत्यमेव जयतेले आफ्नो पहिलो एपिसोडमै दर्शकको मन छुन सफल भएको छ। तर यो कार्यक्रम पनि बिबादबाट पर रहन भने सकेन। ब्यान्ड युफोरियाले यस सोमाथि आफ्नो धुन चोरी गरेको आरोप लगाएको छ।युफोरिया ब्यान्डका गायक पलाश सेनले सन्यमेव जयतेमा बजाइएको गाना आफ्नो भएको र धुन उठाउनु पूर्व उनीसँग यसको अनुमती नलिइएको आरोप लगाएका छन्।
आफूले १० वर्षबाट गाइ रहेको र आफ्नो धुन अनुमति विना आमिरको कार्यक्रममा प्रयोग गरिएको थाहा पाएपछि निकै दुख लागेको पलासले बताए।
'यदि आमिरले यस मामिलामा मसँग कुरा गरेको भए मैले उनलाई यो गाना दिने थिए।' उनले भने,'तर यस्तो गरिएन जसबाट हामीलाई निकै चोट लागेको छ। उता कार्यक्रमका संगितकार राम संपतले यस सम्बन्धमा टिप्पणी गर्न अस्विकार गरे।