
मुम्बई, वैशाख ३१ (एजेन्सी)-बलिउडकी हट अभिनेत्री विद्या बालनले अब डेटिङ सुरु गरेकी छिन्। यो कुरा कुनै गफल होइन। बरु विद्या स्वयंले आफू यूटिवीका प्रमुख सिद्धार्थराय कपूरसँग डेटिङ गरिरहेको बताएकी छिन्।
तर उनले बिहेको भने कुनै हतार नभएको बताएकी छिन्।
'त्यसैले कृपया सिद्धार्थसँगको डेटिङको कुनै अर्को अर्थ ननिकाल्नु हुदैन।' 'डर्टि पिक्चर'का लागि राष्ट्रिय पुरस्कार जितेकी विद्याले भनिन्।
बिहेका लागि विद्यालाई कुनै हतार नभएको उनले बताइन्। 'बिहेका सम्बन्धमा अहिले नै मसँग कुनै योजना छैन।' उनले भनिन्। उनले हल्ला गरिए अनुसार आफ्नो कुराकानी पक्का पनि भइ नसकेको बताइन्।
'मैले बिहे त गर्ने नै हो। तर यसका लागि अहिले समय आइ पुगेको छैन। बिहेलाई लिएर मलाई कुनै हतार छैन।' उनले भनिन्।
३४ वर्षीय विद्यालाई हालै विक्टोरियामा बलिउड एम्बेस्डर चुनिएको छ। ११ जुनबाट सुरु हुन लागेको इण्डियन फिल्म फेस्टिबललाई प्रमोट गर्न हाल विद्या अष्ट्रेलियाको मेलवोर्नमा छिन्।