मुम्बई, जेठ १९ (एजेन्सी)-कुनै बेला राखी सावन्त एक्लै थिइन्। अब त लाग्छ निर्लज्जताको बाढी आएको छ। वीना मलिकबाट हुँदै यो सीलसीला पुनम पाण्डे र अहिले रोजलीन खानसम्म आइपुगेको छ। रोजनीलन पनि पुनमको देखा-देखी नग्न भएकी छिन। जुन स्थिति छ त्यसको आधारमा यो सीलसीला अझ अगाडि बढ्ने पक्का छ। रोजलीन पनि यो त सुरुवात मात्र भएको बताउछिन्। 'मेरा प्रशंसकलाई योभन्दा पनि हट तस्विर हेर्ने अवसर प्राप्त हुने छ। यस्तै किसिमको कुरा पुनम पाण्डेले पनि टि्वट गरेकी थिइन्। शाहरुख खानको टिम कोलकता नाइटराइडर्सको जितमा उनी नग्न भएकी थिइन्।
यस अघि रोजलीन खानले महेन्द्र सिंह धोनीको टिम आइपिएल ५ को विजेता बन्न सके आफू धोनीकासाथ डेटमा जानुकासाथै क्रिकेटरकासाथ बिकनी फोटो सुट पनि गर्ने बताएकी थिइन्।
धोनीको टिम आइपिएल फाइनलमा कोलकता नाइटराइडर्ससँग पराजित भयो। तर पनि रोजलीनले कपडा फुकालीन। यसकासाथै पुनम पाण्डे र रोजलीन खान जस्ता युवतीले निर्लज्जताको बजारमा स्पर्धा सुरु गरेका छन्।
तिब्र गतिमा विकसित भइरहेको वजारको तर्कले सम्पूर्ण नैतिक मुल्य, मान्यता र मर्यादालाई ध्वस्त पारेको छ। यस क्रममा यस्तो मध्यम वर्ग तयार भएको छ जसलाई जसलाई जुन सुकै मुल्यमा नाम र दाम चाहिने भएको छ।