
मुम्बई, जेठ २० (एजेन्सी)- बलिउड कलाकारहरूमा सार्वजनिक स्थलमा धूमपान गर्ने चलन सामान्य भएको जस्तो छ। शाहरुख खानपछि अब रक स्टार रणवीर कपुरमाथि पनि सार्वजनिक स्थानमा चुरोट पिएको आरोप लागेको छ। राजस्थानमा उदयपुरको एउटा अदालतले अभिनेता रणवीर कपुरलाई सार्वजनिक स्थानमा धूमपान गरेको आरोपमा आगामी २६ जुनमा सम्मन जारी गरेको छ।
उदयपुर सहरको घण्टाघर थाना क्षेत्रमा बस्ने हरिस वैष्णवले अभिनेताविरुद्ध गत २८ मेमा सहरको प्रमुख पर्यटन स्थलमा चलचित्रको सुटिङका क्रममा सार्वजनिकरुपमा धूमपान गरेको आरोप लगाएका थिए। धूमपान प्रकरणमा शाहरुखपछि रणवीरको नम्बर आउनु निकै आश्चार्यजनक मानिएको छ। स्टार अभिनेताबाट कसैले सिकेको देखिएको छैन। शाहरुखसँग धूमपान छाड्ने अपिल गरिँदैछ। तर यतिबेलासम्म रणवीरलाई चुरोटको लत लागिसकेको थियो।
बलिउड अभिनेतालाई कानुनको डर नभएजस्तो छ। उनीहरूविरुद्ध कडा कानुनी कारबाही नगरेर हो कि ? बलिउड स्टारले एउटा आदर्श बन्ने प्रयास गर्नुपर्छ।