मुम्बई, जेठ २९ (एजेन्सी)-विवादास्पद पाकिस्तानी अभिनेत्री विना मलिक समलिंगीहरूको समर्थमा आएका छिन्। विनाले हालै दिएको एक वयानमा भनिन्,'मैले समलिंगीहरूको खुला रुपमा समर्थन गर्दै आएकी छु। र यस्तो गर्दा मलाई कुनै किसिमको संकोच हुदैन।'यदि अमेरिकी राष्ट्रपति बाराक ओबामा र हलिउडकी सुन्दरीहरू समलिंगीहरूबीचको बिहेलाई समर्थन गर्न सक्छन् भने प्रत्येक राष्ट्रका नागरिकले पनि यसको समर्थन गर्नु पर्छ।।' उनले भनिन्।
'हरेक मानवलाई आफ्नो नियममा वाच्ने अधिकार छ। र अरुको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।'
आफूले यस किसिमको समलैगिक समुदायको समर्थन गर्ने गरेको वीनाले बताइन्। 'र यसो भन्न कुनै संकोच मान्नु पर्छ जस्तो मलाई लाग्दैन।' उनले भनिन्।
प्रत्येक व्यक्तिलाई आफ्नै सर्तमा वाँच्ने अधिकार भउको उनले बताइन्।