
मुम्बई, असार ७ (एजेन्सी)-आफ्नो स्वास्थ स्थिति खराब रहेको हल्ला चलेपछि राजेश खन्ना स्वयं संचार माध्यम समक्ष आए र प्रशंसकहरूका लागि आफ्नो विशेष शैलीमा हात हल्लाउदै सन्देश दिए -म सन्चै छु। ६९ वर्षीय खन्नाले आफ्नो घरको कौशीमा हसिलो मुद्रामा आए र प्रशंसकहरूको अभिवादन स्विकार गर्दै आफू निको भएको बताएका हुन्।पछिल्लो केही समय देखि खन्नाको स्वास्थमा समस्या देखिएको भन्ने खबरबीच उनको स्थिति नाजुक भएको हल्ला चलेको थियो। कौशीमा उनीसँग डिम्पल कपाडिया र ज्वाइ अक्षय कुमार पनि थिए। पछि अक्षयले पनि आफ्नो ससुरा सन्चै भएको कुरा बताएका थिए। त्यसअघि खन्नाका व्यवस्थापक अश्विनले उनी विरामी भएको बताएका थिए। राजेशले तिन चार दिन देखि खान छाडेको उनले बताएका थिए। खन्ना अप्रेलमा पनि यस्तै विरामी भएका थिए। पिठ्यूमा भएको पिडाको सिकायत भएपछि उनलाई अस्पतालमा भर्ना गराइएको थियो।
खन्ना बलिउडका पहिलो सुपर स्टार मानिन्छन्। खन्नाले आफ्नो अभियनय यात्राको सुरुवात सन् १९६६मा चलचित्र आखिरी खतबाट सुरु गरेका थिए। उनले डिम्पल कपाडियासँग विहे गरेका थिए। हुनत सन् १९८२ उनीहरू कानूनी रुपमा छुट्टिएका थिए।