भक्तपुरको गाईजात्रा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन हुने भएको छ । जात्रा भीडभाड नहोस भन्ने उद्देश्यका साथ स्वयंसेवक परिचालन हुने भएको हो । परापूर्वकालदेखि सौहार्दपूर्ण रुपमा चल्दै आएको जात्रा स्वयंसेवक परिचाल हुन लागेको सम्भवत यो पहिलो पटक हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार गाईजात्रा व्वस्थापनका लागि भक्तपुर नपा वडा नं. १ देखि १० का स्वयंसेवक इन्चार्ज बैठक सम्पन्न भयो । बैठकले गाईजात्रामा भीडभाड कम गर्न सबैले आ–आप्mनो क्षेत्रबाट भूमिका खेल्ने निर्णय गर्यो । बैठकमा नगर प्रमुख प्रजापतिले गाईजात्रामा पनि धेरै व्यक्तिहरुको भीड हुन नदिन स्वयंसेवकहरु क्रियाशील भएर परिचालित गरिने बताए ।
भक्तपुरको गाइजात्रा जनैपूर्णिमाको दिनदेखि एक हप्तासम्म हुने गर्दछ । त्यसमध्ये प्रमुख एक दिन विशेष हुने गर्दछ । त्यो दिन यो वर्ष मंगलबार परेको छ । गाईजात्रामा प्रदर्शन गरिने घिन्ताङघिसी र सांस्कृतिक विधाका प्रदर्शनीलाई समुदायस्तरबाटै नियन्त्रण यस वर्ष गर्ने योजना छ । यस क्रममा अधिकांश मृतक परिवार र नगरबासीहरु घिन्ताङघिसी लान निरुत्साहित गरिने जनाइएको छ ।
गाईजात्राको दिनमा सरसफाईमा विशेष ध्यान दिँदै नगरका मुख्य मुख्य सडक र गल्लीहरुमा क्लोरिन पानी छर्कने, जात्रा हेरालुहरुलाई मास्क प्रयोग गर्न उत्साहित गर्ने र वडाका ठाउँ–ठाउँमा साबुन पानीले हात धुने व्यवस्था भक्तपुर नगरपालिकाले गर्ने जनाइएको छ ।
कार्यक्रममा उपस्थित स्वयंसेवक इन्चार्जहरुले गाईजात्रा व्यवस्थापनबारे टोल–टोलको अवस्थाबारे जानकार गराउँदै कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणको लागि वडास्तरबाटै विभिन्न दाफा समूह तथा वडाबासीहरुको भेला गरी घिन्ताङघिसी, दाफा भजनहरु नलान अभिप्रेरित गरिरहेको, सापारु पर्वमा भीडभाड नगर्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाए ।