नेपालको सान
२२ साउन २०७७
•
१ मिनेट पाठ
नेपालको सान

कल्पना अधिकारी

 




आऊ साथी मिलीजुली रमाउँदै खेलौपढौं 

ठूलाको आज्ञा मानेर सानालाई माया बाढौं

कलिला हाम्रो हातले भविष्य बोक्न सक्छन् 

सानो हाम्रो पैतालाले लक्ष्य टेक्न सक्छन्

थरिथरिका फूलले एकताको माला गास्छौं 

आज हामी साना नै छौं एकदिन जून छुन्छौं

अन्धकार हटाउने ज्योति बाली चेतना भर्नु छ

मेचीकालीको गीत एकै भाखामा गाउनु छ

बुद्धको देश हो हामीले शान्तिको कामना गर्नु छ  

सगरमाथाको चुचुरामा नेपालको सान अडेको छ।।
अर्को समाचार
साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी
१२ वैशाख २०७९
•
५ मिनेट पाठ
साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी
सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे। साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो।




नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन्। साउदीमा रहेका चार लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैर आवासीय नेपालीका संस्थाले ध्वजाबाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवी थप उचाइमा पुगेको बताएका छन्।

शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सिधा उडानले कूटनीतिक सम्बन्धलाई थप बलियो पार्ने मात्र नभइ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गरे।

'निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रर्वद्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ', उनले भने।

गैर आवासीय नेपाली सङ्घ साउदी अरेबियाका संयोजक राजेन्द्र अर्यालले साउदीमा सिधा उडानले मुलुकको व्यापार प्रर्वद्धनमा टेवा पुग्ने बताए। निगमको उद्घाटन उडानमा सहभागी भएका नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालीको बाहुल्यता रहेको साउदी अरबमा नेपाली ध्वजाबाहकको उपस्थितिले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र निगमको आर्थिक उन्नतिका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे।

उनले साउदी अरेबियामा रहेका नेपालीलाई आफूले मेहनत गरेर कमाएको पैसा एउटै माध्यमबाट स्वदेश पठाउन र नेपालका विभिन्न व्यवसायमा लगानी भित्र्याउन पनि आह्वान गरे। नेपाल र साउदीबीच सिधा उडान नहुँदा कोभिड महामारीका बेला रियाद, दमामलगायतका सहरमा ज्यान गुमाएका नेपाली कामदारका शव स्वदेश फर्काउन ज्यादै समस्या झेल्नु परेको थियो।

अब निगमको उडानले शव नेपाल फर्काउन पनि सहज हुने रियादमा रहेका नेपाली समुदायका प्रतिनिधिको विश्वास छ। सिधा उडान नहुँदा विदेशी वायुसेवालाई हारगुहार गर्दा पनि सहजता थिएन। निगमले उडान घोषणा गर्ने बित्तिकै यहाँको हवाई भाडा सस्तो भएको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडानले निगमको गुडविल विस्तार गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले निगमको रियाद उडान यात्रा निकै फलदायी भएको पनि बताए।

नेपाल र साउदी अरेबियाबीच सन् २०१५ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको  थियो। नेपालले पछिल्लो पटक (३० सेप्टेम्बर २०१९ मा) अष्ट्रेलियासहित विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ। दुई देशबीचको व्यापार प्रर्वद्धन र सम्बन्ध विस्तारका लागि दुईतर्फी भ्रमण आदनप्रदानका कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताए।

यसअघि निगमको रियाद उद्घाटन उडानमा सहभागी पूर्वमन्त्री एवं सांसद, उद्यागी, व्यवसायीसहितको नेपाली टोली र यात्रुलाई रियादस्थित किङ खालिद इन्टरनेश्नल एयरपोर्टमा रियादको साउदी ग्राउण्ड ह्याण्डलिङ सर्भिस ‘एसजिएचए’, जिएसए कम्पनी, एयरपोर्ट अथोरिटी, नेपाली समूदायका प्रतिनिधि तथा रियादस्थित नेपाली दूतावासले स्वागत गरेका थिए।

निगमको ६३ वर्षे अविछिन्न यात्राको दौरानमा रियाद ऐतिहासिक उडान पनि हो। निगमले हालसम्म उडान गरेका गन्तव्यमध्ये रियाद सबैभन्दा आकर्षण गन्तव्य मानिन्छ। राष्ट्रिय ध्वजावाहकको साउदी अरेबियामा सिधा उडानले नेपालमा पर्यटन तथा आर्थिक लगानीका अवसर सिर्जना हुने भएकाले यो गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार हुनु निकै उपलब्धि भएको सरोकारवालाको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निगमको साउदी अरबमा सिधा उडानले यहाँका गैरआवासीय नेपालीको नेपालमा लगानी भित्र्याउन र व्यापार प्रर्वद्धनका निम्ति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

निगमको रियादस्थित सेल्स एन्ड मार्केटिङ म्यानेजर सुवास तिमल्सिनाले हाललाई श्रम बजारलाई लक्षित निगमको उडानलाई व्यावसायिक रुपमा निरन्तरता दिनसके निगमका लागि आर्थिक रुपले पनि सफल गन्तव्य हुनसक्ने बताए।

उनले साउदी अरबका तीन वटै गन्तव्यमा चाँडै पुगेर साउदीमा व्यावसायिक विस्तार गर्न सकेको निगमको उडानले इतिहासमा फरक उचाइ दिने धारणा राखे। रियादको वथामा निगमको कार्यालय स्थापना भइसकेको छ। यहाँबाट आवश्यक टिकटको काम गर्न सकिने निगमले जनाएको छ।

रियादमा व्यवसाय गरिरहेका अमृत पौडेलले रियादमा रहेका नेपाली समुदाय मात्र नभइ यहाँका बासिन्दालाई पनि नेपाल भ्रमणका लागि आकर्षण गर्नसक्ने प्रशस्त सम्भावना रहेकाले निगमको रियाद उडान फलदायी हुने बताए।

अहिले नेपालका लागि दुबई, कुवेत, भारतलगायत मुलुकमा ट्रान्जिटभएर एयर इण्डिया, जजीरा, सलाम, एयर अरेविया कत्तार एयरवेजले उडान भर्दै आएका छन्। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले रियाद तथा दमामबाट काठमाडौँमा सिधा उडान गरिरहेको छ।

अप्रिल २२ तारिखमा वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको निगमले सुरुआती चरणमा न्यारोबडी जहाजमार्फत सातामा दुई दिन उडान भर्नेछ। निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको ‘जेनरल अथोरिटी अफ सिभिल एभिएसन’ ले त्यहाँका तीन शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० किलो लगेज सुविधा पाउनेछन्। काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुनेछ। निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ।

निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो। निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वलालम्पुर, हङकङ, बैङकक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाईड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी न्यारो बडी ‘ए’३२० जहाज छन्।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ सेकेन्ड अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस