रहेनन् राष्ट्रकवि
०३ भदौ २०७७
•
६ मिनेट पाठ
रहेनन् राष्ट्रकवि
लालित्यपूर्ण काव्यधाराका विशिष्ट सर्जक राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्य आकाशबाट अस्ताएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका समकालीन घिमिरेको निधनसँगै शताब्दी लामो नेपाली साहित्यको एउटा धरोहरको अन्त्य भएको छ । १०१ वर्षको दीर्घजीवनको अधिकांश समय नेपाली साहित्यको सेवामा समर्पण गरेका घिमिरेको मंगलबार साँझ ५ः५५ बजे आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

१९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरे दम र मधुमेहबाट पीडित थिए । एक वर्षयता सिर्जनात्मक कार्यबाहेक सार्वजनिक कार्यक्रममा अनुपस्थित घिमिरेलाई साहित्यकार अभि सुवेदीले लक्ष्मीप्रसाद देवकोटापछिका सफल समकालीन स्वच्छन्दतावादी कविका रूपमा स्मरण गरे । ‘उहाँले मानिस र प्रकृतिका बारेमा अत्यन्तै सुन्दर र बेजोड तरिकाले सिर्जना गर्नुभएको छ,’ सुवेदीले घिमिरेलाई सम्झँदै भने, ‘त्यो धाराको एक धरोहर ढलेको छ । राष्ट्रप्रेमका बारेमा लेख्ने एक महान् कविका रूपमा घिमिरेलाई नेपाली साहित्यले सधैं स्मरण गर्नेछ ।’  

घिमिरेले सम्पूर्ण जीवन कला र साहित्यमा अर्पेर देशकै सान उँचो बनाए । १३÷१४ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए, राणाकाल, प्रजातन्त्र, बहुदल र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राष्ट्रकविको उपाधि दिएका थिए ।  

२०५४ सालमा ‘हिमालवारि हिमालपारि’ कृतिका लागि साझा पुरस्कारबाट सम्मानित घिमिरेले २०५८ सालमा पनि ‘चारुचर्चा’ निबन्धका लागि साझा पुरस्कार पाए । उनी २०६७ सालमा पद्मश्री साधना सम्मान र २०७५ मा महाउज्ज्वल पदकलगायतबाट सम्मानित भएका थिए ।  

घिमिरेले सिंगै युग भोगे, लामो समयसम्म साहित्य सिर्जना गर्न सके । गत वर्ष उनको १०१औं जन्मदिन हर्षोल्लासपूर्वक मनाइएको थियो । यसवर्ष भने जन्मदिन आउन केही दिन बाँकी छँदा उनी अस्ताए । उनको शताब्दी अनुभव एउटा ‘संग्रहालय’ हो । उनीसँगै साहित्य कला क्षेत्रमा काम गर्दै आएका थोरै व्यक्तिमात्रै जीवित छन् । उनीसँगै काम गर्ने मौका पाएका संस्कृतिविद् सत्यमोहन जोशी नजाती खबर सुन्दा निकै भावुक भए । उनी भन्छन्, ‘उहाँ र म उमेरले धेरै फरक छैनौं, मभन्दा पाँच महिनामात्रै जेठो हुनुहुन्छ । अचानक यस्तो खबर सुनेर म झसंग भएको छु । निकै दुःखी भएको छ मन ।’  

जोशीले युवा उमेरदेखि नै घिमिरेसँग काम गर्न पाएका थिए । २०२६ सालको कुरा हो, जोशी प्रज्ञा प्रतिष्ठानमा सहप्राज्ञ थिए, त्यति बेला घिमिरे प्राज्ञ थिए । पछि घिमिरे उपकुलपति र कुलपति भए । उनको पछिपछि जोशी थिए । जोशी भन्छन्, ‘सँगै काम गरेका कारण पनि हामी झन् नजिक भएका थियौं, उहाँले सम्हालेको जिम्मेवारी मैले पनि लगभग सम्हाल्न पाएँ । उहाँको लोककविता र लोकगीतको म फ्यान नै हुँ ।’ जोशीले एकताका दुवैजना मिलेर काठमाडौंमा साहित्यिक कार्यक्रम गरेको सम्झना गरे । जोशीलाई घिमिरेले कविता लेख्न सिकाउँथे । उनकै प्रभावका कारण आफूले साहित्य रचना गरेको जोशीको भनाइ छ ।  

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली संयोजन गरेर कविता लेख्ने घिमिरे गीतकार, गीतिनाटककारका साथै बालसाहित्यकारका रूपमा पनि चिनिन्छन् । नवमञ्जरी (१९९४), नयाँ नेपाल (२०१३), घामपानी (२०१०), किन्नर–किन्नरी (२०३३), राष्ट्रनिर्माता, राजेश्वरी आदि उनका कृति हुन् । हालैमात्र उनले महाकाव्य ‘ऋतम्भरा’ लेखेका थिए । उनले आफूले लेखेका केही कविता अझै छाप्न बाँकी रहेको र केही हराएको कुराकानीका क्रममा सुनाएका थिए ।  

उनको ‘ऋतम्भरा’ फरक विषयमा केन्द्रित महाकाव्य हो । मानिसको मन र प्रविधिलाई यसमा घोल्न खोजिएको छ । प्रविधिले मानवीय भावनामाथि गरेको प्रहारलाई झल्काउन खोजिएको छ । यद्यपि उनी प्रविधिका विरोधी बनेर यो महाकाव्य रचेका होइनन् । पुरानो परम्परित समाजको अनुभव बटुलेका घिमिरे नयाँ प्रविधिको युगसम्म आफूलाई ल्याउन पाउँदा गौरव ठान्थे । एक वर्षअघिको भेटमा उनले भनेका थिए, ‘मेरो अन्तिम सपना ‘ऋतम्भरा’ नै हो ।’ ऋतम्भराको सिर्जना त सकियो तर उनले त्यसलाई सार्वजनिक गर्न पाएनन् । कोरोना महामारी नभएको भए यति बेलासम्म उनको महाकाव्य सार्वजनिक भइसक्ने थियो ।  

गत वर्ष स्वास्थ्यमा समस्या आएका कारण उनलाई उपचारका लागि भारत लगिएको थियो । उनी अस्पतालमै छँदा कतिपयले उनको निधन भयो भनेर भ्रम फैलाएका थिए । अस्पतालबाट निको भएर फर्किएपछि उनले ऋतम्भराको लेखन सकाएका थिए । देशले धेरै स्रष्टालाई नचिनिरहेको अवस्थामा राष्ट्रकविलाई चिनेकोप्रति संस्कृतिविद् हरिराम जोशी खुसी छन् । उनले राष्ट्रकवि देशकै अमूल्य निधि रहेको बताए । उनले भने, ‘मैले चिनेको र जानेकोमध्ये राष्ट्रकवि घिमिरे देशको ठूलो इज्जत बोकेको व्यक्ति हुनुहुन्थ्यो । यद्यपि उहाँ अमर नै रहनुहुनेछ । तर देशकै धरोहरको यस्तो खबर सुन्दा म निकै दुःखी भएको छु ।’ उनले आफ्नो जीवन पूरै सिर्जनात्मक कार्यमा सुम्पिएर योगदान गर्ने राष्ट्रकविलाई देशले अझ सम्मान गर्नुपर्ने बताए । ‘मेरो बुझाइमा उहाँ सिर्जनात्मक यात्री हो । पूरै साहित्य देशको निम्ति रच्नुभएको छ, देशप्रति यस्तो समर्पित हुने कवि खासै छैनन्,’ उनले भने ।  

शीर्ष नेताद्वारा दुख व्यक्त  
राष्ट्रकवि घिमिरेको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको दुःखद निधनको खबरले स्तब्ध भएको बताएकी छन् । ‘काव्य र कविताको माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई हामी सधैं सम्झिरहनेछौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भनेकी छन् ।  

घिमिरेको निधनप्रति प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि श्रद्धाञ्जली दिएका छन् । ट्विटरमार्फत प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ ।’ घिमिरेले साहित्यमार्फत मुलुकलाई लगाएको गुन नेपाली जनताले कहिल्यै नभुल्ने प्रधानमन्त्रीले बताएका छन् । ‘शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घिमिरेको निधनको खबरले मर्माहत भएको बताएका छन् । ट्विटरमार्फत श्रदाञ्जली व्यक्त गर्दै सभापति देउवाले लेखेका छन्, ‘उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चीरकालसम्म अमर रहनेछ । उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ । राष्ट्रकविप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली ।’

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि घिमिरेको निधनप्रति दुख व्यक्त गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटरमार्फत राष्ट्रकवि घिमिरेको राष्ट्रगानका केही पंक्ति उद्धृत गर्दै उनको निधनसँगै नेपाली वाङ्गमयको एउटा युग समाप्त भएको टिप्पणी गरेका छन् । ‘देशलाई अपूरणीय क्षति भयो, सादर श्रद्धाञ्जली’, थापाले लेखेका छन् ।  

राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको तयारी
सरकारले राष्ट्रकवि घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले घिमिरेलाई दिने सम्मानका विषयमा निर्णय लिनेछ । ‘राष्ट्रकविलाई दिने सम्मानका विषयमा मन्त्रिपरिषद्को  (बुधबार) को बैठकले निर्णय गर्नेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।  

घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथीसमेत भएकाले उनलाई सैनिक अधिकारीलाई सरह नै अन्तिम सलामी दिने तयारी सेनाले तयारी गरेको छ । सेनाले उनको अन्तिम संस्कारको सहजीकरणसमेत गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सिफारिसमा २०७४ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको सम्मान दिने निर्णय गरेको थियो ।
अर्को समाचार
कांग्रेस नेता पौडेलको निधन
३० चैत्र २०८०
•
१ मिनेट पाठ
कांग्रेस नेता पौडेलको निधन
नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो। उनी त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रूपमा परिचित थिए।

कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिए। उनका पत्नी, दुई छोरा र दुई छोरी छन्।

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टिअघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ। उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए।

त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बनेका थिए।

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित भएका थिए।

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस