युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती
०३ भदौ २०७७
•
१ मिनेट पाठ
युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन।  




विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो। तीस वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु-याएका थिए। नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनले नै पाएको थिए।  

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए। भानुभक्तलाई चर्चामा ल्याउने काम उनले नै गरेका थिए। भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन्।

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए। नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थ्ये। ‘जता हे-यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन्।
अर्को समाचार
भानुको झुटो जन्ममिति र फोटो
२७ असार २०७७
•
६ मिनेट पाठ
भानुको झुटो जन्ममिति र फोटो
भानुभक्त आचार्य सानैदेखि बौद्धिक चेतनाका धनी थिए। उनी खरोमा खरो, नरममा नरम र अव्यावहारिकमा अव्यावहारिक थिए। उनी स्वतन्त्रताप्रेमी पनि थिए। सबैभन्दा ठूलो कुरा उनी लेखेर थाक्दैनथे। त्यस जुगमा यिनले जति लेखे, धेरै लेखे। तर यिनलाई चम्काउने काम भने मोतीराम भट्टले नै गरे।




नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउन मोतीराम भट्टले धक फुकाएर भानुभक्तलाई उच्च सम्मान दिएका थिए। नेपाली भाषासाहित्यलाई उन्नतिको शिखरमा पु-याउने हेतु मोतीरामले भानुभक्त आचार्यको सिर्जनात्मक देनको यथेष्ट कदर गरेका थिए। उनले भानुभक्तलाई आफ्नो चरित्रनायकका रूपमा काँधमा बोके। वास्तवमा भानुभक्तलाई नेपाली भाषा–साहित्यको शिरताज बनाउन मोतीरामले नै कठोर प्रयत्न गरेका थिए। कतिसम्म भने यिनको प्रसंगमा मोतीरामले लेखे ‘इन्को जन्मवर्ष विक्रमीय सम्वत् १८६९ साल हो। हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नु।’

रत्नाकर भन्ने ‘डाँकु’ पनि वाल्मीकि बने। तिनैले संस्कृतमा ‘रामायण’ लेखे। त्यही लेखेबापत उनी संस्कृत साहित्यका ‘आदिकवि’ पनि भए। त्यसैगरी हिन्दी भाषाको रामकथामा आधारित ‘रामचरितमानस’ नाउँको काव्य लेखेबापत तुलसीदास पनि हिन्दी भाषा–साहित्यका ‘महाकवि’ बने। वास्तवमा ‘रामचरितमानस’ लेख्नुपूर्व उनी पनि विषयमोह अथवा भनुँ विशेष गरेर स्त्रीमोहमा लम्पट थिए। यो बेहोरा पनि मोतीरामले अध्ययन गरेका थिए। त्यसैले हेपाहा, रिसाहा र एकोहोरो प्रवृत्तिका भानुभक्तलाई पनि घाँसीमार्फत सच्याएर मोतीरामले आदिकविमा रूपान्तर गर्न पहल गरेको दृष्टान्त पाइन्छ। संस्कृतपरम्परामा ‘रामायण’ लेख्नेलाई आदिकवि भन्ने प्रचलन गाँसेर पनि मोतीरामले सहज रूपमा भानुभक्तलाई नेपाली भाषाका ‘आदिकवि’ लेखिदिए।  

वाल्मीकिकै आदिकवित्वकै परम्परामा भानुभक्तलाई गाँस्ने प्रयोजनबारे मोतीरामले धेरै नै चिन्तन गरेका थिए। त्यसैले घाँसी नाउँको अनाउँलाई उनले भानुभक्तका छेउमा लगेर राखिदिएका थिए। यो उनले भानुभक्तका कविताको अडेस लिई गरेका सिर्र्जनात्मक चलाखीमध्ये निकै आकर्षक चलाखी थियो। बनारस र कोलकातामा बसेर हेरेको, देखेको र बुझेको कुरा तनहुँमा जोडेर मोतीरामले अनेक जुक्तिबाट भानुभक्तलाई सम्मानित गराउने कसरत गरेको देखिन्छ।  

रामदत्त आचार्यसँग मोतीरामले भानुभक्तको मुहार सोध्दै सामान्य चित्र तयार गर्ने जमर्को गरेका थिए कि भन्न सकिन्छ। तर, कविराज पंं. नरनाथ शर्मा आचार्यले ‘आदिकवि कविसम्राट भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ (२०१७—२०१८) लेख्ता मोतीरामद्वारा निर्मित काल्पनिक भानुभक्तको फोटोलाई ‘भानुभक्तको सक्कली फोटो यही हो’ भनेर समर्थन गरेका छन्।
भानुभक्तको जीवनीमा अनेक फूलबुट्टा हालेर पनि मोतीरामले उनलाई प्रसिद्धिको शिखरमा चढाइदिएका थिए। त्यतिमात्र होइन, भानुभक्तका लोकगर्भमा भएका थुप्रै रचनालाई पनि धेरै ठूलो कष्टपूर्वक खोजेर प्रकाशनमा ल्याउने काम मोतीरामले नै गरे। उनी आठ–दश वर्ष यसै काममा खटिए। मोतीरामकै सत्प्रयासका कारण भानुभक्त त्यसै बेलादेखि नेपाली समाजमा बढी चिनिएका थिए। मोतीराम एकोहोरो भानुभक्तको जयजयकारमा लागेकै थिए, तर भानुभक्तमा अन्तर्निहित कतिपय मानवीय कमजोरीलाई पनि मोतीरामले लुकाएनन्।

मोतीराम भट्टले भानुभक्तबारे तथ्यगत जानकारी विभिन्न स्रोतबाट फेला पारे, मुख्यतः भानुभक्तका भतिजा रामदत्तमार्पmत। बनारसबाट नेपाल आएर होस् या बनारसमै बसेर होस्, उनको मुख्य ध्येय भानुभक्तद्वारा रचित कृतिको खोज गर्नु मात्र थियो। उनी त्यसै परिवेशमा डुबेर लागिपर्दा भानुभक्तका कृतिहरू जनमाझ आउन थाले।

मोतीराम भट्टका जीवनीकार नरदेव पाण्डेले उल्लेख गरेअनुसार भानुभक्तका कान्छा काका इन्द्रविलास आचार्यका नाति रामदत्त(भानुभक्तका भतिजा)सँग मोतीरामको परिचय काठमाडौंमा धर्मदत्त ज्ञवालीका घरमा १९४७ सालमा भएको थियो, त्यसै कारणले मात्र मोतीरामले भानुभक्तको जीवनी लेख्न सके।

०००
भानुभक्त आचार्यको भौतिक मुहार जनमाझ आउन सकेकै थिएन, किनभने त्यस बेलासम्म सर्वसाधारणले फोटो खिच्ने प्रचलन पनि थिएन। त्यसैले रामदत्त आचार्यसँग मोतीरामले भानुभक्तको मुहार सोध्दै सामान्य चित्र तयार गर्ने जमर्को गरेका थिए कि भन्न सकिन्छ। तर, कविराज पंं. नरनाथ शर्मा आचार्यले ‘आदिकवि कविसम्राट भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ (२०१७—२०१८) लेख्ता मोतीरामद्वारा निर्मित काल्पनिक भानुभक्तको फोटोलाई ‘भानुभक्तको सक्कली फोटो यही हो’ भनेर समर्थन गरेका छन्। वास्तवमा मोतीरामले भानुभक्तको तस्बिरलाई काल्पनिक ढंगबाट स्थापित गरेको व्यहोराको हिसाब नै गरिएन। बरु अन्धानुकरण गर्दै मोतीरामले प्रस्तुत गरेको भानुभक्तको तस्बिरलाई नै पछिपछिका लेखकले पनि मान्यता दिइरहे।

भानुभक्तीय युगमा दौरा–सुरुवाल, टोपी लगाएर पटुका बाँधी साफा अर्थात् फेटा वा पगरी, कँधौरी या काँधे लगाउने चलन थियो। बाहुन जातिले आफ्नो जनै लगाएझैँ गरेर देब्रे काँधबाट दाहिने हाततिर त्यो साफा (पगरी) झार्ने चलन थियो। तर, मोतीराम भट्टद्वारा प्रस्तुत गरिएको चित्रका अनुसार भानुभक्तले चाहिँ तस्बिरमा त्यो साफा दायाँ काँधबाट बायाँतिर झारेको देखिन्छ। भानुभक्तले काँधे वा साफा लगाएको शैलीले हिन्दू शास्त्रीय परम्परासँग मेल खाँदैन। यति हुँदाहुँदै पनि पं.नरनाथ आचार्यले ‘मोतीरामले नै प्रस्तुत गरेको तस्बिर ठीक हो’ भनेका छन्। अनि यस कुराको पुष्टि गर्न खोज्दै उनले लेखेका छन्,‘कवि भानुभक्तको चित्र मोतिरामले खडा गरेको कृत्रिम हो कि भन्ने कसैकसैले आशंका गरेको पनि बुझिन्छ, तर त्यो कृत्रिम हैन। माझमा भानुभक्तका भिनाजु अर्जेल पण्डित, उनका बायाँतिर कविकी दिदी महाविद्यादेवी, दायाँर्फत कवि यति तीनजना भएको फोटो काठमाडौंमा कविकी दिदीको घर पत्ता लगाई त्यसैबाट गुण अनुसारको कविको मात्र फोटो मोतीरामले ठीक गरेका हुन् भनी दाजु यज्ञनिधिले भन्नुहुन्थ्यो। त्यो कुरा साँचो हुनु मनासिब छ।’

पं.नरनाथको यस धारणासँग भानुभक्तको त्यो फोटो मेल खाँदैन। नेपाली पहाडी ब्राह्मण ग्रामीण परिवेशमा फेटा बाँध्ने तत्कालीन चलनको सन्दर्भमा र विशेषतः मोतीरामले छपाएको रेखाचित्र वास्तविक फोटो हो भन्ने धारणासँग सहमत हुन नसकिने दरो अभिमत छ। यति हुँदाहुँदै पनि भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले यसै फोटोको समर्थनमा आफ्नो मत दिएका छन्।

ठूलाबडाको ‘पोट्रेट’ बनाइनेबाहेक जनसाधारणका लागि फोटो सर्वसुलभ नभएको तत्कालीन समयमा भानुभक्त आचार्यको आधिकारिक मुहार कसैले प्रस्तुत गर्ने कुरै थिएन। कल्पनामा बनाइएको सो तस्बिरलाई साँच्चै भानुभक्तकै स्वरूपको छायाप्रति भन्न उपयुक्त छैन। रामदत्त आचार्यको बयानका आधारमा मोतीरामले भानुभक्तको आकृति निर्माण गरेका थिए भन्नु चाहिँ तर्कसंगत र न्यायिक समेत हुनेछ। त्यतिखेर भानुभक्तको व्यक्तिगत या सामूहिक फोटो नेपालमा खिचिएको भन्न नसकिने आधार पनि स्पष्ट नै छ।

मोतीराम भट्टद्वारा प्रस्तुत भानुभक्तको काल्पनिक चित्रलाई आचार्यवंशीले वास्तविक फोटो भनेर सरासर झुटो बयान दिए। त्यतिमात्र नभएर मोतीरामले ‘भानुभक्तको जन्म १८६९ सालमा भयो’ भनी लेखेकामा पनि भानुभक्तकी नातिनी विष्णुमायाले सुब्बा रंगनाथ शर्मामार्फत १८७१ असार २९ गते भानुभक्त जन्मेका हुन् भन्नेझुटो बेहोरा पेस गरिन्।अनि यिनै दफाहरू नेपाली संसारमा चल्दै पनि आए। तर, पछिल्ला दिनमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीदेखि नरेन्द्रराज प्रसाईंसम्मले यसबारेको सत्यतथ्यबुँदा प्रस्तुत गरे। आचार्यवंशीहरूबाट यस्ता र यस्तै अरु कुराझुटो नभइदिएका भए उनीहरूमार्फत पनि भानुभक्तका नाउँमा प्रदत्त अन्य बेहोरालाई सत्य नै हो कि भन्ने ठाउँ हुने थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस