डायस्पोरामा नेपाली सिनेमाको बहस
२१ भदौ २०७७
•
४ मिनेट पाठ
डायस्पोरामा नेपाली सिनेमाको बहस
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनमा ‘सिनेमाका लागि नेपाली डायस्पोराको सहभागिता’ विषयक छलफल भएको छ। कार्यक्रममा नेपाली डायस्पोराको अवस्था, चुनौती र अवसरबारे छलफल गरिएको हो। सबै नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्न सक्ने संस्था एनआरएनएले चलचित्र लगानी कोष, चलचित्र पुरस्कार, नेपाली चलचित्र डे तथा छात्र छात्रवृति जस्ता संस्थागत कार्यक्रम गर्न सक्ने छलफल भएको छ।  




नेपालबाट निर्देशक नवीन सुब्बा, एनआरएनएका उपाध्यद्वय कृष्ण जेबी पन्त र बुद्धि सुवेदी सहभागी भएका थिए। सहजकर्ताको भूमिकामा थिए– नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइली।  

निर्देशक सुब्बाले नेपाली डायस्पोराले जनशक्ति र सिनेमाको संस्थागत संरचना निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।  ‘नेपालभित्र रहेका फिल्म कलेज अन्तर्राष्ट्रियस्तरको बन्न सकेका छैनन्। यसमा डायस्पोरा, एनआरएन र अन्य संघ/संस्थाले सघाउन सक्छन्। भौतिक संरचना मात्रै नभएर, सम्भव प्रविधिका लागि पनि काम गर्न सक्छन्। त्यसले नयाँ पुस्ताका फिल्म मेकरलाई उभिप्रेरित गर्छ।’  

नेपाली सिनेमाको झण्डै ७ दशक लामो इतिहास सुनाउँदै निर्देशक सुब्बाले भने, ‘कोभिड–१९ अघिसम्म साताका २÷३ वटा फिल्म रिलिज हुन्थे। वर्षमा दुई÷सय हाराहारी चलचित्र बन्थे। तर तिनले अन्तर्राष्ट्रिय छवि निर्माण गर्न सकेका छैनन्। उपस्थिति मात्रै जनाएका छन्।’

एनआरएनए आफ्नै मुद्दामा अल्झिरहेकाले नेपाली सिनेमा हेर्ने काम मात्रै भएको उल्लेख गर्दै एनआरएनए, अमेरिकाका उपाध्यक्ष सुवेदीले अब एनआरएनको अभियानसँगै अमेरिकामा नेपाली सिनेमालाई पनि अघि बढाइने आश्वासन दिए।  

‘हामीले सिनेमा मात्रै हेर्यौं। त्यसको विकासबारे बहस गर्न सकेनौं। आउँदा दिनमा जुनसुकै देशमा हुने कार्यक्रममा सिनेमासम्बन्धी छलफल र बहस गरिनेछ,’ उनले भने।  

सिनेमा समाजको कथा भएकाले डायस्पोरामा चलचित्रकर्मी सहभागी आवश्यक रहेको कृष्णा जेबी पन्तले बताए।  नेपाली भाषा, संस्कृति र कलालाई डायस्पोरामा लैजान निकै छलफल भए पनि संरचनागत विकास नभएको पन्तले स्वीकार गरे।  

‘प्रवासमा बस्ने नेपालीले नयाँ पुस्तालाई नेपाली कलालाई पनि परिचय दिने हाम्रो जिम्मेवारी हो। नयाँ पुस्तालाई चिनारी दिनुपर्ने छ। त्यसकारण यसलाई निकै छलफल गर्दै संरचना बनाएर अघि बढ्न आवश्यक छ,’ पन्तले भने।  

सिनेमा, सिनेमकर्मीको सवाल मात्रै नभएर समाज विकासको महत्वपूर्ण ‘टुल्स’ भएकाले डायस्पोरामा रहेका नेपालीले सिनेकर्मीलाई सहयोगको भावले मात्रै होइन, समाज विकास गर्न आफ्नै लागि हो भनेर काम गर्नुपर्ने निर्देशक सुब्बाले तर्क गरे।  

संस्थागत संरचना बन्यो भने नेपाली सिनेमाले आफ्नो छवि निर्माण गर्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउन सक्ने निर्देशक उनको दाबी छ।  

नेपाली आर्ट, सिनेमा म्युजिक अन्तर्राष्ट्रियकरण गर्न आफ्नै कल्चर ट्रान्सफर्मेसन माध्यम भएकाले यो विषय सिनेमाकर्मीको मात्रै नभएर समग्र नेपाली समुदायको भएको सुवेदीले बताए।

उनका अनुसार नेपाली सिनेमाले अन्तर्राष्ट्रिय छवि निर्माण गर्न सकेको छैन। पहिचान र परिचय पनि स्थापित गर्न सकेको छैन। यो विषयमा बहस हुन सक्ला। बजार निर्माण  भएको छ। बजारका लागि निर्माण हुने चलचित्रले आफ्नो छवि निर्माण गर्न सकेको छैन।

‘कोरियन चलचित्र क्षेत्र हेर्ने हो भने उसले मानवीय भावना केलाएर रोमान्टिक सिनेमा बनाएको छ। आफ्नो छवि निर्माण गरेको छ। त्यस्तो छवि हामीले निर्माण गर्न सकेका छैनौं,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाइरहेका छौं। तर छवि निर्माण गर्न सकेको छैनौं।’  

एकतिहाइ नेपाली नेपाल बाहिर छन्। जसलाई सिनेमा बुझाउन नसकिएको निर्देशक सुब्बाले बताए। ‘यदि नेपाली चलचित्रले समाज विकासमा योगदान गर्छ भने डायस्पोरामा पनि नेपाली सिनेमाका लागि केही महत्वपूर्ण काम गर्न आवश्यक छ,’ उनले भने।  

फिल्म सोसाइटीका अध्यक्ष एवं छलफलमा सहजकर्ता रहेका पूर्णसिंह बराइलीले सिनेमाको माध्यमबाट नेपाली डायस्पोरालाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण छलफल भएको बताए।  

‘पहिलोपटक नेपाली डायस्पोरामा नेपाली सिनेमाबारे छलफल चलाइएको हो। छलफलमा डायस्पोरामा नेपाली सिनेमाको संरचनागत तथा एनआरएनए सिनेमा डेजस्तो महत्वपूर्ण विषयमा छलफल भएको छ।  यो कोशेढुंगा साबित हुन्छ भन्ने विश्वास लिएका छौं,’उनले भने।

नेपाल अमेरिका फिल्म सोसाइटीले गैर आवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनमा सिनेमाबारे छलफल गरेको हो।  फिल्म सोसाइटी लगायत ७ वटा नोर्थ अमेरिकाका फिल्म फेस्टिवलहरुले यहि अक्टोबर ३ देखि १७ सम्म साउथ एसियन फिल्म फेस्टिवल (कोसाफ)आयोजना हुदैछ।

अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस