गीत चल्न दिलको ‘ट्रेन्डिङ’मा आउनुपर्छ : हेमन्त शर्मा
२१ असोज २०७७
•
५ मिनेट पाठ
गीत चल्न दिलको ‘ट्रेन्डिङ’मा आउनुपर्छ : हेमन्त शर्मा
नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– हेमन्त शर्मा। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना/कला प्रस्तुत गरिसकेका छन्। दुई दशकभन्दा बढी समयदेखि गीत–संगीतमा क्रियाशील हेमन्तका गायक शर्माका माया साह्रै महंगो, आउँदै गर मालती, मुल हौं भने रसाईदेउ , जाली रुमाललगायत दर्जनौं गीत स्रोताको मन जित्न सफल छन्।  

यसैबीच भर्खरै उनले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले ‘तिमीबाहेक मेरो कोही छैन’ बोलको गीत बजारमा ल्याएका हुन्। उनै गायक हेमन्त शर्मासँग लकडाउन अनुभव कोरोना कहरले सांगीतिक क्षेत्रमा पारेको प्रभाव, नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर नगरिककर्मी पवन बराइलीले गरेको कुराकानी :  

कोराना महामारीबीच नै गीत बजारमा ल्याउनुभयो, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?  

यो गीतको गर्भधारण लकडाउनभन्दा पहिले नै भएको थियो। यो फुर्सदिलो समयमा रेकर्ड गराएँ। ‘तिमी बाहेक मेरो कोही छैन’ त संसारमा धेरैले भने होलान्। ‘हुनेवाला कोही छैन’ पनि कसैले भनिदिए हुन्थ्यो नि जस्तो लागेर आफैंले लेखेको गीत हो। राम्रो प्रतिक्रिया आइरहेका छन्। संगीत पनि आफैंले भरेको छु। सफ्ट रोमान्टिक गीत हो। यसमा उफ्रेर नाच्न मिल्दैन। जिन्दगीको यात्रामा आफूले मन पराएको मान्छेलाई भनिएको गीत हो। अहिले धेरैले रुचाइदिनुभएको  छ।  

हरेक महिना देश–विदेश पुग्नुहुन्थ्यो। दर्शक, स्रोतासँग साक्षत्कार गरिहनुहुनथ्यो। अहिले यसरी लामो समय खुम्चिएर बस्नुपर्दा कस्तो हुँदोरहेछ?  

लकडाउनको सुरुवाती दिनमा निकै आनन्द महसुस भएको थियो। सुरुका सात दिनजति आराम पाएजस्तो भएको थियो। त्यो बेला स्टेज कार्यक्रमले गर्दा निकै व्यस्त भइन्थ्यो। पुस र माघ– कार्यक्रम हुने सिजन हो। गायक भएयता जीवनमा पहिलोपटक यस्तो अनुभूति भइरहेको छ। यतिबेला आयोजक अनि दर्शकको त्यो माया पाएका छैनौंजस्तो लाग्छ। दुई साता त पुस्तक गरें। केही सिनेमा पनि हेरें। यसरी समय बित्दै गयो। तीन सातादेखि भने दिक्क लाग्न थाल्यो। हुन त संसारभर नै यस्तो छ। कोरोनालाई आत्मसात् गर्नु नै पर्ने रहेछ।  

कोरोनाबाट जोगिँदै रेकर्डिङका काम थालियो। आफूलाई तनावमुक्त गर्न दूरी कायम गरेर आफन्तसँग भेटघाट गर्न थालें, जन्मघर त्रिवेणी पनि गएँ। हाइकिङ पनि गएँ। यसरी नै दिन बिते। केही सिर्जना पनि गरें। तर केही पहिले गरेका सिर्जना रेकर्ड पनि गराएँ। अहिले सार्वजनिक भएको गीत पनि पहिले गरेको हो। यसरी नै दिन बितिरहेका छन।

पछिल्लो समय कलाकारका लागि आर्थिक उर्पाजनको माध्यम स्टेज कार्यक्रम बनेको छ। तर कोरोना महामारीका कारण अहिले स्टेज कार्यक्रम हुँदैनन्। अहिले कलाकारका लागि अर्थापाजनको माध्यम के त?  

संसारका हरेक मानिसलाई पैसाले कहीं न कहीं बाँध्ने रहेछ। कार्यक्रम नपरे हुन्थ्यो भन्दा पनि निमन्त्रणा आउँथे। ज्यान थाके पनि मन थाक्थेन। दर्शक/स्रोतासँग साक्षात्कार हुन पाउँदा थकान मेटिन्थ्यो। कार्यक्रम जानु भनेको पैसा कमाउनु मात्रै होइन, नयाँ–नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्न अवसर पनि हो।  करोडौं कमाउनु मात्रै राम्रो भन्ने होइन। जीवनयापन आनन्द गर्न सकिने थियो। अहिले त्यो अवस्था छैन।   देश–विदेशका सबैभन्दा राम्रा ती ठाउँका घुमाइ, ती सुविधा हामी कलाकारले  उपभोग गर्न पाइरहेका थियौं। पारिश्रामिक पनि राम्रै पाइरहेका थियौं। जीवनयापन गर्न सक्ने वातवरण थियो, तर अहिले त्यो अवस्था छैन। त्यसैले समय एकनास हुँदैन भन्ने पाठ यो महामारीले सिकाएको छ। पहिले केही पैसा जोगाइएकाले अहिले जीवन चलाउन सकिएको छ।  

कुनै समय थियो, क्यासेट गीत निकालेर पनि आम्दानी गरिन्थ्यो। तर अहिले समय फेरिएको छ। क्यासेट, सिडीको युग अन्त्य भएको छ। पहिले र अहिलेको तुलना कसरी गर्नुहुन्छ?  

अहिले प्रविधिको युग हो। हत्केलामै संसार छ। त्यसैले पनि धेरै गीत गाउँछु भनेर पनि आएका छन्। समयअनुसार चल्न सक्नुपर्छ। हामीले गरेका काममा पछिल्लो पुस्ताले चित्त बुझाउन सकेन। हामीलाई अहिलेका पुस्ताले गरेका काम चित्त बुझ्दैन। तर  समयलाई स्वीकार गर्न सक्नुपर्छ। अहिले युट्युबमा जस्तो सजिलो प्लेटफर्म आएको छ। अधिकाशंले युट्युबको राम्रो उपभोग पनि गरिरहेका छन। आर्थिक उपार्जनको स्रोत कलाकार अहिले मुख्य आम्दानीको स्रोत भनेकै स्टेज कार्यक्रम हो।    

अहिले युट्युबमा ट्रेन्डिङमामा पर्ने, अझ टिकटक बनायो भने गीत चल्यो भनिन्छ। साँच्चै गीत चले नचलेको मापन युट्युबको ट्रेन्डिङले गर्ने हो?  

समयले निकै ठूलो फड्को मारिसक्यो। चल्यो भन्नलाई युट्युबमा माफन गर्न मिल्दैन। अहिले युट्युब आशिंक मापन हो। टिकटक पनि आशिंक मापन हो। केही सम्भावना छ भन्ने हो। तर अन्तिम मापना होइन। सयौं त्यस्ता गीत छन्, जुन टिकटकमा भाइरल नभएर पनि चलेका छन्। ट्रेन्डिङमा नआएका गीत पनि चलेका छन्। जुन गीत सबैले रुचाउँछन्, त्यो  छुट्टिएर निस्कन्छ। जस्तो केही गीत भीडबाट अलग्गै निस्किएका छन्। वास्तवमा गीत चल्न दिलको ट्रेन्डिङमा आउनुपर्छ।  

पछिल्लो समय नेपाल आइडल, भ्वाइस नेपालजस्ता रियालिटी सोहरु भित्रिए। हिजो तपाईंहरूको पालामा थिएन। यस्ता कार्यक्रमले साँच्चै प्रतिभा पत्ता लगाएका छन् त?  

रियालिटी सो नहुँदा पनि प्रतिभा जन्मिएकै थिए। राजु परियार, एउटा दुर्गम गाउँबाट आएर गीत गाएर स्टार बनेका हुन्। नारायण गोपाल, भक्तराज आचार्य, मार्णिक रत्न उहाँहरू पनि कुनै रियालिटी सोबाट आएका होइनन्। अहिलेका चर्चित गायक गायिका पनि रियालिटी सोबाट आएका होइनन्। रियालीटी सो भनेको सजिलो प्लेर्टफर्मचाहिँ हो। साँच्चै भन्दा सो भनेको आफैंमा व्यापार हो।  हाम्रा पालामा एक वर्षमा पनि स्टार बन्न गाह्रो हुन्थ्यो।  अहिले रातारात स्टार बन्ने समय आयो।  

तपाईंले जिम हाउस खोल्नुभयो भने कसैको ज्यान बनाइदिन्छु भनेर खोल्नु हुन्न। पैसा कमाउन खोलेको हो, शरीर पनि बन्छ। तर यसो भनेर रियालिटी सोको काम छैन भनेको होइन। राम्रा प्रतिभा पनि ल्याएको छ। धेरै राम्रो प्लेटफर्म पनि बनेको छ।  हाम्रा पालामा एक वर्षमा पनि स्टार बन्न गाह्रो हुन्थ्यो।  अहिले रातारात स्टार बन्ने समय आयो।  
अर्को समाचार
गीत चल्न दिलको ‘ट्रेन्डिङ’मा आउनुपर्छ : हेमन्त शर्मा
२१ असोज २०७७
•
५ मिनेट पाठ
गीत चल्न दिलको ‘ट्रेन्डिङ’मा आउनुपर्छ : हेमन्त शर्मा
नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– हेमन्त शर्मा। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना÷कला प्रस्तुत गरिसकेका छन्। दुई दशकभन्दा बढी समयदेखि गीत–संगीतमा क्रियाशील हेमन्तका गायक शर्मामा माया बैमानी, जाली रुमाललगायत दर्जनौं गीत स्रोताको मन जित्न सफल छन्।  

यसैबीच भर्खरै उनले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले ‘तिमीबाहेक मेरो कोही छैन’ बोलको गीत बजारमा ल्याएका हुन्। उनै गायक हेमन्त शर्मासँग यो कोरोना कहरले सांगीतिक क्षेत्रमा पारेको प्रभाव, नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर नगरिककर्मी पवन बराइलीले गरेको कुराकानी : 

कोराना महामारीबीच नै गीत बजारमा ल्याउनुभयो, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?  

यो गीतको गर्भधारण लकडाउनभन्दा पहिले नै भएको थियो। यो फुर्सदिलो समयमा रेकर्ड गराएँ। ‘तिमीबाहेक कोही छैन’ त संसारमा धेरैले भने होलान्। ‘हुनेवाला कोही छैन’ पनि कसैले भनिदिए हुन्थ्यो नि जस्तो लागेर आफैंले लेखेको गीत हो। राम्रो प्रतिक्रिया आइरहेका छन्। संगीत पनि आफैंले भरेको छु। सफ्ट रोमान्टिक गीत हो। यसमा उफ्रेर नाच्न मिल्दैन। जिन्दगीको यात्रामा आफूले मन पराएको मान्छेलाई भनिएको गीत हो। अहिले धेरैले रुचाइदिनुभएको  छ।  

हरेक महिना देश–विदेश पुग्नुहुन्थ्यो। दर्शक, स्रोतासँग साक्षत्कार गरिहनुहुनथ्यो। अहिले यसरी लामो समय खुम्चिएर बस्नुपर्दा कस्तो हुँदोरहेछ?  

गायक भएयता जीवनमा पहिलोपटक यस्तो अनुभूति भइरहेको छ। यतिबेला आयोजक अनि दर्शकको त्यो माया पाएका छैनौंजस्तो लाग्छ। देश–विदेशका सबैभन्दा राम्रा ती ठाउँका घुमाइ, ती सुविधा हामी कलाकारले उपभोग गर्न पाइरहेका थियौं। पारिश्रामिक पनि राम्रै पाइरहेका थियौं। जीवनयापन गर्न सक्ने वातवरण थियो, तर अहिले त्यो अवस्था छैन। त्यसैले समय एकनास हुँदैन भन्ने पाठ यो महामारीले सिकाएको छ। पहिले केही पैसा जोगाइएकाले अहिले जीवन चलाउन सकिएको छ।  

पछिल्लो समय कलाकारका लागि आर्थिक उर्पाजनको माध्यम स्टेज कार्यक्रम बनेको छ। तर कोरोना महामारीका कारण अहिले स्टेज कार्यक्रम हुँदैनन्। अहिले कलाकारका लागि अर्थाेपाजनको माध्यम के त?  

लकडाउनको सुरुवाती दिनमा निकै आनन्द महसुस भएको थियो। सुरुका सात दिनजति आराम पाएजस्तो भएको थियो। त्यो बेला स्टेज कार्यक्रमले गर्दा निकै व्यस्त भइन्थ्यो। पुस र माघ– कार्यक्रम हुने सिजन हो। संसारका हरेक मानिसलाई पैसाले कहीं न कहीं बाँध्ने रहेछ। कार्यक्रम नपरे हुन्थ्यो भन्दा पनि निमन्त्रणा आउँथे। ज्यान थाके पनि मन थाक्थेन। दर्शक/स्रोतासँग साक्षात्कार हुन पाउँदा थकान मेटिन्थ्यो। कार्यक्रम जानु भनेको पैसा कमाउनु मात्रै होइन, नयाँ–नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्न अवसर पनि हो।  

दुई साता त पुस्तक गरें। केही सिनेमा पनि हेरें। यसरी समय बित्दै गयो। तीन सातादेखि भने दिक्क लाग्न थाल्यो। हुन त संसारभर नै यस्तो छ। कोरोनालाई आत्मसात् गर्नु नै पर्ने रहेछ।  

कोरोनाबाट जोगिँदै रेकर्डिङका काम थालियो। आफूलाई तनावमुक्त गर्न दूरी कायम गरेर आफन्तसँग भेटघाट गर्न थालें, जन्मघर त्रिवेणी पनि गएँ। हाइकिङ पनि गएँ। यसरी नै दिन बिते।  

केही सिर्जना पनि गरें। तर केही पहिले गरेका सिर्जना रेकर्ड पनि गराएँ। अहिले सार्वजनिक भएको गीत पनि पहिले गरेको हो। आर्थिक रूपमा राम्रो भइरहेको थियो। करोडौं कमाउनु मात्रै राम्रो भन्ने होइन। जीवनयापन आनन्द गर्न सकिने थियो। अहिले त्यो अवस्था छैन।  

अहिले नयाँ प्रतिभाका लागि विभिन्न रियालिटी सो पनि हुन्छन्। नेपाल आइडल, भ्वाइस नेपालजस्ता। हिजो तपाईंहरूको पालामा थिएन। यस्ता कार्यक्रमले साँच्चै प्रतिभा पत्ता लगाएका छन् त?  

रियालिटी सो नहुँदा पनि प्रतिभा जन्मिएकै थिए। राजु परियार, एउटा दुर्गम गाउँबाट आएर गीत गाएर स्टार बनेका हुन्। नारायण गोपाल, भक्तराज आचार्य, मणिरत्न उहाँहरू पनि कुनै रियालिटी सोबाट आएका होइनन्। अहिलेका चर्चित गायक गायिका पनि रियालिटी सोबाट आएका होइनन्। रियालीटी सो भनेको सजिलो प्लेर्टफर्मचाहिँ हो। साँच्चै भन्दा सो भनेको आफैंमा व्यापार हो।  

हाम्रा पालामा एक वर्षमा पनि स्टार बन्न गाह्रो हुन्थ्यो।  अहिले रातारात स्टार बन्ने समय आयो। 
तपाईंले जिम हाउस खोल्नुभयो भने कसैको ज्यान बनाइदिन्छु भनेर खोल्नु हुन्न। पैसा कमाउन खोलेको हो, शरीर पनि बन्छ। तर यसो भनेर रियालिटी सोको काम छैन भनेको होइन। राम्रा प्रतिभा पनि ल्याएको छ। धेरै राम्रो प्लेटफर्म पनि बनेको छ।  

हाम्रा पालामा एक वर्षमा पनि स्टार बन्न गाह्रो हुन्थ्यो।  अहिले रातारात स्टार बन्ने समय आयो। 

कुनै समय थियो, क्यासेट गीत निकालेर पनि आम्दानी गरिन्थ्यो। तर अहिले समय फेरिएको छ। क्यासेट, सिडीको युग अन्त्य भएको छ। पहिले र अहिलेको तुलना कसरी गर्नुहुन्छ?  

अहिले प्रविधिको युग हो। हत्केलामै संसार छ। त्यसैले पनि धेरै गीत गाउँछु भनेर पनि आएका छन्। समयअनुसार चल्न सक्नुपर्छ। हामीले गरेका काममा पछिल्लो पुस्ताले चित्त बुझाउन सकेन। हामीलाई अहिलेका पुस्ताले गरेका काम चित्त बुझ्दैन। तर  समयलाई स्वीकार गर्न सक्नुपर्छ।  

अहिले युट्युबमा ट्रेन्डिङमामा पर्ने, अझ टिकटक बनायो भने गीत चल्यो भनिन्छ। साँच्चै गीत चले नचलेको मापन युट्युबको ट्रेन्डिङले गर्ने हो?  

पहिले रेडियोमा गीत बज्नुपर्थ्याे। अहिले युट्युब आशिंक मापन हो। टिकटक पनि आशिंक मापन हो। केही सम्भावना छ भन्ने हो। तर अन्तिम मापना होइन। सयौं त्यस्ता गीत छन्, जुन टिकटकमा भाइरल नभएर पनि चलेका छन्। ट्रेन्डिङमा नआएका गीत पनि चलेका छन्। जुन गीत सबैले रुचाउँछन्, त्यो  छुट्टिएर निस्कन्छ। जस्तो केही गीत भीडबाट अलग्गै निस्किएका छन्। वास्तवमा गीत चल्न दिलको ट्रेन्डिङमा आउनुपर्छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस