बुवाले चर्चिनुभएको सुन्दर बगैँचा
२२ कार्तिक २०७७
•
८ मिनेट पाठ
बुवाले चर्चिनुभएको सुन्दर बगैँचा
मैले मेरो माइती हेर्ने झ्यालबाट देखेँ– अघिअघि बुवा र पछिपछि आमा घरको मूल दैलोबाट प्रातःकालीन डुलाईका लागि निस्कनुभएको । बुवाले दक्षिणतिर हेर्नुभयो । मलाई नै हेर्नुभयो भन्ने ठाने अनि शिर झुकाएँ । दैलोको दायाँ–बायाँ डिलमा सजाउन राखिएका गमला र माटाका हात्ती हेर्नुभयो । एक सिँडी ओर्लिएर ती हात्तीको कान नजिक मुख लगेर साउती मार्नुभयो । बुवाले तिनलाई सजीव नै हुन् भन्ने मान्नुहुन्छ भन्ने मलाई लाग्यो । जलका राजा इन्द्र भगवान्कहाँ उनको वाहनको माध्यमबाट केही सन्देश पठाउनुभयो वा घरको रखवारी ग-यौ र शृंगार पनि भइदियौ भनेर धन्यवाद पो दिनुभयो कि जस्तो पनि लाग्यो । मान्छे सुसंस्कृत भएदेखि नै आफ्नो इच्छा–आकांक्षा पूर्ण गरिदेऊ भनी आफ्नै कल्पना अनुसारको देवताको मूर्ति बनाएर प्राण प्रतिष्ठा गर्ने चलन छ । बुवाको यस्तै कुनै आकांक्षा पो थियो कि हात्तीलाई हेर्नु र मान्नुमा ?




त्यसबेला बुवाआमा दुवैका गोडामा जुत्ता–चप्पल केही थिएनन् । बुवाले भुइँमा पैँताला रगडनुभयो । सैनिकले परेड खेलेजस्तै गरी केहीबेर ढ्याप–ढ्याप गर्दै हिँड्नुभयो । यसरी हिँड्दा बुवाले लगाउनुभएको फुर्के उनी टोपीको फुर्का पल्टनको जवानको टोपीको प्वाँखजस्तै फिर्फिर गरेको देखियो । बुवा माटोमा प्रत्यक्ष स्पर्श हुँदा ईश्वरीय ऊर्जा प्राप्त हुन्छ भन्ने मान्नुहुन्छ । मन्दिरमा पूरा जिउ लम्पसार पारेर साष्टांग दण्डवत् गर्नाको रहस्य पनि यही हो भन्नुहुन्छ । हामी सानै हुँदा ‘जाओ धुले अड्डामा खेल भनेर बारीमा पठाउनुहुन्थ्यो । हामीले यसको रहस्य पछि मात्र थाहा पाएका हौँ ।

ए ! बुवा–आमा त पूर्वतिरको पारिजातको बोटमुनि पुगिसक्नुभएछ । उहाँहरूकाशिरमा पारिजातको फूल झरिरहेको थियो । दुवैले बोटको माथिमाथि हेर्दै पाइला अगाडि सार्नुभएको देखेँ । भुइँको फूल कुल्चिन्छ कि झैँ गरी सचेत पनि हुनुभएजस्तै लाग्यो । भाद्र–आश्विन महिनामा फुल्ने यो फूल आफ्ना पितृलाई खुसीपार्न श्राद्धमा चढाउने चलन छ । बुवा पनि पिण्डमा यो फूल चढाउनुहुन्छ । यसको बोट यहाँ रोप्नुभन्दा अगाडि नै बुवाको द्रष्टा दृष्टिले फूल फुलाएर बोटबाट झारिसकेको थियो ।यसैले त २०१६ सालमै बुवाले तलको गीत लेख्नुभएको हो ।

हामीले त यही चौरमा राखिएको अग्लो र फूलैफूलले सिँगारिएको खाटमा बुवाको भौतिक शरीरलाई आरामसाथ आसीन गराएर शृंगारपटार गरी पीताम्बरहरू ओढाएको, मालाहरू लगाएको, श्रीखण्डको लेप लगाएको शान्त र दिव्य अनुहारलाई बिदा गरिसकेका थियौँ ।
त्यसरी होस् मरण

सुन्दर सृष्टि निहारी सुखैले चिम्लूँ नयन  
बिहानपख रातको कुसुम पारिजातको  
जसरी जान्छ झरेर भुइँमा विना पवन... ।

यस्तै, अर्को गीतमा हाम्री आमा महाकालीले आफू मरेर गएको सपना देखेको सुनाउँदाको प्रसंगमा यही पारिजातको फूलविना कारण झरेको उल्लेख भएको हो ।

आजै र राति के देखेँ सपना मै मरिगएको,
बतासबिनु हाँगाको फूल भुइँ झरिगएको ।

त्यहीँ नजिकै दुईवटा पारिजातको बोटको बीचमा रहेको तुलसीको मठ र वर– पिपलका गमलालाई परिक्रमा गरी बुवाआमाले हिन्दूका आस्थाका प्रतीकप्रति अहोभाव व्यक्त गर्नुभयो । पिपलको बोट भएको गमलाको आडमा फलामको दियोमा बत्ती बालेको हेरेर ‘विश्वास हो’ भन्नुहुन्छ । शनि ग्रहले नपिरोस् भनेर शनिबार यसरी बत्ती बालेर पीपललाई पूजागर्ने चलन छ । हामीलाई ती गमला देखाएर ‘हेर त यिनले खुम्चिनुपरेको छ, बेला बेलामा मलजल गर’ भन्नुहुन्छ । यसो भन्नुहुँदा वनस्पतिको स्वतन्त्र हुने अधिकारमा कुठाराघात भयो भन्ने बोध गर्नुभएको म बुझ्दछु ।

बुवाले आफ्नो बगैँचाका अम्बा, कागती, निबुवा, भोगटे र आरुमा फुल्ने रंगीन फूलमा कसले सुटुक्क बास्ना रङ भरिदियो होला भनी हामीलाई प्रकृतिमा अगम्य विराट शक्ति छ है भनी प्रकृतिप्रति जिज्ञासु बनाउनुभएको सम्झन्छु । घरको चौघेरामा फुलेका फूल र फलको बोट नहेरेरै ती फुल्दा ‘आहा भोगटे फुल्यो’, त्यस्तै ‘आहा पारिजात फुल्यो’ भनी प्रफुल्लित हुनुहुन्छ । यतिबेला उहाँभित्रै ती बोट छन् जस्तो लाग्छ । बिरुवा सारेदेखि फल पाकेर खाँदासम्म आनन्दको सागरमा माछाले डुबुल्की लगाएझैँ र मौरीले रस ग्रहण गरेझैँ गरी भावनाको रस सागरमा डुबेर ‘कृष्ण’ बन्नुहुन्छ । बुवा बगैँचामा घुम्नुहुँदाको भावभंगी नै सृष्टिको अगाध सौन्दर्य वर्णनगर्ने लिपिविनाको सजीव र सफल वर्णनझैँ लाग्छ । यसरी टहलिँदै घरअगाडिको स्वर्गको फल भनिने जामुनुको रूख भएको ठाउँमा आइपुग्नुभयो । बुवाले जामुनुको सुन्दर रूपको प्राकृतिक पंखजस्तो देखिने फूल फुलेदेखि पाकेर खानयोग्य भएसम्म आफ्नै कोठाको झ्यालबाट पनि नियालिरहनुहुन्छ । यो फल केटाकेटीले नपाक्दैदेखि पाकेसम्म लुकेर खाएको आफू पनि लुकेरै हेर्नुहुन्छ । यसरी नै मानिसले जिब्रोमा नवरसको सुस्वादको विकास गरेको मान्नुहुन्छ । यसको रूप, रंग र फलभित्रको गेडाले आफ्नो जातिविनाप्रयत्न जोगाउँछ भनी वर्षैपिच्छे नवीन नवीन भावले हेरी आफ्नो रचनाको भावभूमि फेला पार्नुहुन्छ ।

यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए । यहाँ बुवाका अभिनन्दनका कार्यक्रम अनि पुस्तक विमोचनजस्ता गरिमामय कार्यक्रम पनि भए । राष्ट्रकविका समुपस्थितिमा विवाह गर्ने भनेर एक–दुई जोडीले त एकापसमा माला पहि-याए पनि ।
यसपछि बुवा आमा त हलुवाबेद र भोगटे भएतिर पुग्नुभइसकेछ । बुवालाई हलुवाबेद खुब मनपर्छ । चिनीरोग भएपछि अड्कलेर खानुपर्दा बच्चाले झैँ नाराजी नजानिदोगरी व्यक्त गर्दाको अनुहार हेर्दा खिन्नलाग्छ । हाम्रो परिवारमा भोगटे सँगै बसेर खाने एउटा फल उत्सवजस्तै हुन्छ । यो साँध्दा सबैले मीठो बनाउन आ–आफ्नो पारखी मिलाउँछौँ । तयारी गर्नमै सबै ध्यानमय भएजस्तो लाग्छ । खाँदा मीठो हुनेमात्र होइन, त्यो तयार गर्दाको तत्परताको भाव मिश्रितहुँदा खानेकुरा अझ मीठो हुन्छ । खानमा, लगाउनमा, बोल्नमा र सहसम्बन्ध बनाउनमा भावको महत्व हुने कुरा बुवाले सिकाउनुभएको हो । यसैले त गाउँघरमा जस्तैगरी छर–छिमेकमा पुगेसम्म र मिलेसम्म आफ्नो बारीमा फलेको फल बाँडेर खाने संस्कार बुवाले हामीमा बसाल्नुभयो । समवयी साथीहरू कहाँ त कहिलेकाहीँआफैँ फल बोकेर पु-याउनुहुन्छ । उहाँहरूलाईघरमै आएर फल टिपेर खान पनि निम्त्याउनुहुन्छ । घरको चौघेराको बाटोसँग जोडिएको पर्खालको आडमा बुवाले आफैँ किनेर बोकी ल्याउनुभएर धूपीका रूखहरू रोप्नुभएको हो । अहिले यी रूख विशाल भएका छन् । पहिले त लेकको धूपीको सुगन्ध र सौन्दर्य सम्झिएर ती रूख रोप्नुभएको हो । त्यसबेला तिनले घरलाई हावाहुरी र पानी छेक्ने काम पनि गरे । यी झ्याम्म परेकारूखमा घामका किरणले लुकामारी खेलेको हेरेर पुलकित हुनुहुन्छ । त्यस्तै पानीपर्दा यिनका मसिना मसिना केस्राबाट झर्ने पानीको थोपालाई हीराको जस्तै मान्नुहुन्छ । यिनका क्षणिक सौन्दर्यमा वर्तमानकोमहŒव आकलन गर्नुहुन्छ । यी धूपी अहिले राष्ट्रकवि निवासको परिचय गराउने स्तम्भ मात्र नभएर वरपर भर्खर आएर बसोबास गर्नेकालागि पनि भरपर्दो ठेगाना भएको छ ।  

अतीतका सुन्दर र आनन्ददायी दृश्यसँग धेरैबेर म भुलेँछु । बुवाआमाले प्रातः भ्रमण सक्नुभयो कि भनेर हेरेकी त त्यो ठूलो हरियो चिसो–चिसो चौरमा बुवा पाँच वर्षे बच्चाले जस्तै उफ्रिएर धूपीको हाँगा तान्दै हुनुहुँदो रहेछ । कहिले लम्कने त कहिले वल्लो भुइँदेखि पल्लो भुइँसम्म हात घुमाउँदै इन्द्रेणीको सात रंगमा आफूलाई पल्लवितगर्नुभएजस्तै लाग्यो ।एक खुट्टाले उभिएर हात फिँजाउनु हुँदा मयुरले आफ्नो सप्तरंगी प्वाँख फिँजाएजस्तो देखेँ । बेला–बेला थप्पडी पनि मार्नुभयो । त्यस्तै गरी बूढी र माझीऔँला मिलाएर चुटकी मार्नुभएको देखेँ सुनेँ । मेरुदण्डसीधा बनाई उभिएर प्राणायाम पनि गर्नु भएजस्तो लाग्यो । यी सबै क्रिया गर्नुको रहस्य स्वास्थ्य राम्रो राख्नु र परमात्मासँग नजिकको सम्बन्ध जोड्ने हो भन्नुहुन्छ । यही जीवन र जगत्सँगको सम्बन्ध नै योग हो भन्नुहुन्छ । यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए ।यहाँ बुवाका अभिनन्दनका कार्यक्रम अनि पुस्तक विमोचनजस्ता गरिमामय कार्यक्रम पनि भए । राष्ट्रकविका समुपस्थितिमा विवाह गर्ने भनेर एक–दुई जोडीले त एकापसमा माला पहि-याए पनि ।  

प्रातःकालीन घुमाई सकेपछि बुवाआमा आउनुभएर गुलाबको सानो बगैँचा अगाडि राखिएको मेचमा बस्नुभयो । मेचमा बुवाले टेक्नुहुने आकर्षक लौरी अड्याएको देखेँ । बुवा यहाँ बसेर विशेषतःगुलाब र पहेँलो लाउरेफूल हेरेर घन्टौँ बिताउनुहुन्छ । फूलका पत्रपत्रर केशरलाई कोट्ट्याएर विज्ञानलेअध्ययन गर्छ र ज्ञान दिन्छ । यो बाह्य ज्ञान हो । जसलाई जो कसैले बुझ्नसक्छ । तर त्यस्ता ज्ञान सूचना मात्र हुन् । अर्को अध्ययनले खण्डन पनि गर्न सक्छ भन्नुहुन्छ । फूललाई चेतनाले हेरेर अनुभूत हुने ज्ञान शाश्वत हुन्छ, त्यो कहिल्यै परिवर्तित नहुने प्रथम ज्ञान हो भन्नुहुन्छ । यी फूलमा बुवा कति छिर्नुहुन्छ, कति पत्ता नचुँडीकन, फूल पात र काँडालाई समष्टिमा कहिले दार्शनिक भएर दर्शन गर्नुहुन्छ । कहिले आध्यात्मिक भएर परमात्माको सुन्दर एवं विराट सिर्जनाको दर्शन चेतनाले गरी बोधस्थ ध्यानी हुनुहुन्छ । यी फूलहरूमा बुवा सधैँ रहस्यै रहस्य अनुभूत गर्नुहुन्छ ।

मैले आमालाई घर–आँगनमा छिर्ने ढोकाको आडैमा भएको आँपको बोटमा आड लागेर धूपीको रूखको टुप्पामाथि हेरिरहनुभएको देखेँ । यसैबेला एउटा परेवा अनन्त आकाशतिर उड्यो । उहाँले चौरमा चर्दै गरेको एउटा ढुकुरलाई एकोहोरो हेरेर बसिरहनुभयो । ढोकाको अर्को भागमा ठिंगउभिएको शरीरमा काँडैकाँडा भएको सिउँडीको रूख जसले राष्ट्रकविलाई अश्वस्थामा काव्य लेख्ने भावभूमि दियो । त्योचाहिँ थिएन । म झल्याँस्स भएँ ! मैले कसरी बुवाआमालाई सँगै त्यो दैलोबाट निस्कनुभएको देखेँ? हामीले त यही चौरमा राखिएको अग्लो र फूलैफूलले सिँगारिएको खाटमा बुवाको भौतिक शरीरलाई आरामसाथ आसीन गराएर शृंगारपटार गरी पीताम्बरहरू ओढाएको, मालाहरू लगाएको,श्रीखण्डको लेप लगाएको शान्त र दिव्य अनुहारलाई बिदा गरिसकेका थियौँ । त्यो बुवाले चिरविश्राम लिनुभएको दिन २०७७ भाद्र २ गते मंगलबार ०५ः५५ बजे तिथिले पितृऔँसीको दिन छोएको थियो । यो सबैले आ–आफ्ना बाबुको मुख हेर्ने र श्रद्धागर्ने महान् दिन कहिल्यै नबिर्सने दिन !
अर्को समाचार
वसन्त काव्य गोष्ठीमा पुस्तक लोकार्पण
२४ वैशाख २०८१
•
४ मिनेट पाठ
वसन्त काव्य गोष्ठीमा पुस्तक लोकार्पण
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।




विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

संस्कृतिविद्, पत्रकार एवं गजलकार धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यमा सञ्चालन भएको सो कार्यक्रममा विद्युतकर्मी साहित्य समाजका पूर्व उपाध्यक्ष राजु शर्माको यात्रा संस्मरणात्म गन्तव्यतिरको लोकार्पण गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको सेवामा आबद्ध रहँदै साहित्य, कला र गीत-सङ्गीत क्षेत्रको स्तरोन्नतिमा समेत योगदान पुर्‍याएबापत तीन विधाका चार स्रष्टालाई सम्मान गरिएको थियाे।

उक्त कार्यक्रममा अमरज्योति साहित्य सम्मान-२०८१ बाट कवि शान्ता सुवेदी र कथाकार नियात्राकार राजु शर्मालाई सम्मान गरिएको थियो। त्यस्तै अमरज्योति कला सम्मान-२०८१ बाट उपेन्द्र शिवाकोटी र अमरज्योति सङ्गगीत सम्मान-२०८१ बाट गायक रुद्रबहादुर पालुङ्वालाई सम्मान गरिएको थियो। प्रमुख अतिथि संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिले माला, दोसल्ला, सम्मानपत्र र नगद पाँच हजार पाँच रूपैयाँसहित सर्जकहरूलाई सम्मान गरिएकाे थियाे।

उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, निर्देशक बेलप्रसाद शर्मा लगायत नेविप्राका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू- कुलप्रसाद पराजुली, विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक, पुण्य घिमिरे र रामेश्वर राउत मातृदास तथा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल समेतको उपस्थिति रहेको थियो।

उक्त समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा नेपाल विद्युत प्राधिकरण बाहिरका आमन्त्रित अतिथि कविहरू- प्रज्ज्वल अधिकारी, दुर्गाकिरण तिवारी, नारायण निरासी, अन्जना पौडेल, सोझो गाउँले, ज्ञानराज सुवेदी, पद्म दाहाल लगायतले कविता वाचेका थिए।

त्यस्तै नेपाल विद्युत प्राधिकरणको सेवामा कार्यरत लक्ष्मण मण्डल, रीता खत्री र अनिल पौडेल तथा विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, पुण्य घिमिरे र रामेश्वर राउत मातृदासको पनि काव्यिक प्रस्तुति रहेको थियो। सो अवसरमा सम्मानित स्रष्ट्राहरूको तर्फबाट राजु शर्मा र रुद्रबहादुर पालुङ्वाले सङक्षिप्त मन्तव्यसहित रचना वाचन गरेका थिए।

त्यस्तै कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षिले  राजनीति लडखडाउँदा साहित्यले सम्हाल्ने गरेको दृष्टान्त प्रस्तुत गरेका थिए। उनले साहित्यिक सुकर्महरूले विविध भाषाभाषीलाई भावात्मक रूपले जोड्न सक्ने धारणा समेत राखेका थिए।

त्यस्तै नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतकर्मी साहित्यिक समाजले निरन्तर नौलो साहित्यिक कार्यक्रम आयोजना गरेर कर्मचारी वृत्तमा उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा आफूले सक्दो साथ र समर्थन दिंदै आएको बताए।

अर्का वक्ता विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष केशवप्रसाद रुपाखेतीले राजु शर्माकृत विमोचित काव्यकृति गन्तव्यतिरकाे सङ्क्षिप्त समीक्षा गरेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाले भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान भन्ने मूल नारालाई साकार रूप दिन विद्युतकर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको विचार व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथिहरूलाई न्यानो स्वागत गरेका थिए।

यसअघि तीन तियाँगजल मुशायरा, पुस्तकसँग पाठक, बहुभाषिक काव्यगोष्ठी, लेखन प्रशिक्षण कार्यशाला,पर्यटन साहित्य, त्वदियं वस्तु गोविन्द तुभ्ययमेव समर्पणम् लगायत विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिसकेकाले यसपटक कर्मचारीहरूमा सिर्जनशील उत्प्रेरणा अभिवृद्धि गर्न सम्मान र रचना वाचनको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य अतृप्तले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि धीरेन्द्र प्रेमर्षि र नेविप्राका स्रष्टा लक्ष्मण मण्डलले मैथिली भाषाका साहित्यिक सामग्री पस्किएर कार्यक्रममा बहुभाषिकता र समावेशिताको स्वाद थपेका थिए। झन्डै ३ घन्टा चलेको कार्यक्रमको सहजीकरण  विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य अतृप्तले गरेका थिए।

कार्यक्रमको अन्त्यमा भाषाआयोगका माननीय सदस्य मातृका पोखरेलले प्रमुख अतिथिलाई  मायाको चिनो प्रदान गरेका थिए। सो अवसरमा रचना वाचनका लागि आमन्त्रण गरिएका नेपाल विद्युत प्राधिकरण बाहिरका अतिथि स्रष्टाहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
शिखर यात्रामा डा.पुष्करराज भट्ट
नागरिक नागरिक • · २२ वैशाख २०८१ · २ मिनेट पाठ
कवितामा जीवनचक्र
ठमनाथ घिमिरे ठमनाथ घिमिरे • · २२ वैशाख २०८१ · ५ मिनेट पाठ
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस