अंकुराएको माया
१४ मंसिर २०७७
•
८ मिनेट पाठ
अंकुराएको माया

ममता मृदुल

 




महेन्द्र माविमा कक्षा आठमा भर्ना हुन आएकी शान्ता गोरी, अग्ली, कालो लामो कपाल भएकी पातलो मोहडाकी छिन् । पहिलो नजरमा परिहाल्ने उसको रूपको पछाडि धेरै दौडिरहेका छन् । कक्षा दशमा पढ्ने धेरै केटा उनको रूपमा लठ्ठिएर प्रेम प्रस्ताव राख्ने दाउ खोजिरहेका छन् । तर राम्री भए पनि बुद्धिमान शान्ताले कसैको प्रेम प्रस्तावलाई स्वीकारिनन् । अहिले प्रेम नगर्ने, आईए पास गरेपछि माग्न आउ बिहे गरौँला भनेर सबैलाई पन्छाइन् । शान्ता आठमा पढ्दा कुलमणि दशमा पढ्थे । धेरै केटाको प्रस्ताव अस्वीकारेको हल्ला फैलिएको थियो । कसैको जालमा माछो परेन । तैपनि मनमा झिनो आशा लिएर इसाराको तीर चलाउन उरन्ठ्याउला ठिटा पछि पर्दैनथे ।

दिन बितिरहँदा कुलमणि प्रवेशिका परीक्षा पास भएर कलेज पढ्न काठमाडौं गए । कानुन विषय पढ्न थाले । हरेक वर्ष दशैं तिहारमा घर आउँदा शान्तासँग भेट हुन्थ्यो । पछि प्रेम प्रस्ताव राख्नु भन्दाभन्दै एलएलवी  गर्न लागे ।

यसपालिको दशैंमा घर जाँदा घरमा वा आमाले बिहे गर भन्दा हुन्छ भन्न मन लागेको थियो । शान्ताको दुई महिना अगाडि बुटबल बस्ने राजकुमारसँग मागी विवाह भएछ ।

सानै उमेरदेखि आफूले मनपराएकी केटीको बिहे भएको खबरले खल्लो अनुभूति भए पनि मनलाई सम्हाल्नु परेकै थियो । बिहे भए पनि दशवर्षसम्म शान्ताको सन्तान जन्मिएनन् । धेरै औषधि उपचार गरेपछि एउटी छोरी जन्मी । छोरी जन्मेपछि राजकुमार साउदी अरब गएका थिए । सन्तानको उज्ज्वल भविष्यको चाहना मनभरि थियो । मेहनती शान्ताले घर राम्ररी सम्हालेकी छिन् ।

शान्ताले बिहे गरेको दुई वर्षपछि कुलमणिले पनि बिहे गरे । उनकी छोरी पढ्न थालिसकेकी छिन् । वकालत गर्दागर्दै सरकारी वकिल भै  सकेका छन् । देशको विभिन्न स्थानमा सरुवा भई जाने क्रममा हाल बुटबलमा आएका छन् ।

फोनको घण्टी बजिरहेको छ । शान्ताले सुनिन् । बारीमा फर्सीको मुन्टा टिप्दै छिन् । कस्को सन्देश आयो शान्ताले थाहा पाएकी छैनन् । बारीमा आवाज पुगेको थिएन । केही समयपछि बज्न छाड्यो । दुई आमा छोरीलाई पुग्ने फर्सीको मुन्टा टिपेपछि भान्छाकोठामा आएर केलाउन थालिन् । सन्देश लिएर आएको फोनको घण्टी पुनः बज्न थाल्यो । उठेर गई हलो भनिन् ।

धेरैपल्छ फोन गरिसके उठाउदिनौ त ! कता गएकी थियौ, फोन राजकुमारको थियो । बारीमा फर्सीको मुन्टा टिप्न गएको थिएँ, सुनिनँ । तरकारी केही छैन एकछिनपछि सोमबारे हाट जानुपर्ला, छोरीलाई आलु मात्र चाहिन्छ । आलु सकिएको छ, शान्ताले भनिन् ।

छोरी खोई त कुरा गराउ त राजकुमारले भनेपछि शान्ताले फोनमा छोरीसँग कुरा गराइन् । घर खर्च पठाई दिएको खबर भनेर राजकुमारले फोन राखे ।  

०००

शरीरभरि रगतका छिटा छन् । हातमा धारिलो खुकुरी रगतका टाटा छन् । जिल्ला प्रहरी कार्यालयको मूल ढोकामा रातको एघार एउटी महिला आइन् । डिउटी बसेको सिपाही तर्सियो । उनीलाई देख्नेबित्तिकै भित्र बसेको हवल्दारलाई चिच्याएर बोलायो – हल्दार साब यता छिट्टो आउनुस् । घटना घटे जस्तो छ । खुकुरी बोकेकी महिला टक्क अडिइन् । मैले मान्छे काटेर आएकी मलाई जेल हाल्नुस् ।

हवल्दार मूलढोका बाहिर आए । साँच्चै हातमा खुकुरी लिएकी महिला थिइन् । रगतको छिटा शरीरभरि थियो । हवल्दारले ती महिलालाई आफूसँगै डिउटी अफिसरकोमा लिएर गए ।

डिउटीमा असई साब थिए । तुरुन्त महिला प्रहरीलाई बोलाए । महिला प्रहरीको साथमा उनलाई राखेर सोधें तपाईंको नाम ठेगाना भनिदिनुस् ? मेरो नाम शान्ता हो । मैले आफ्नै देवरलाई काटेर आएकी हुँ । मेरो लोग्ने राजकुमार साउदी अरबमा छन् । मैले देवरलाई मारेँ । मलाई जेल हाल्नुस् । डिउटी अफिसरले माथिल्लो तहमा सबैतिर खबर गरे । घटनास्थल जाने टोली तयार भयो । शान्ता समेत भएर प्रहरी भेनमा टोली घटनास्थल पुग्यो ।

घटना घरको कोठा भित्र घटेको रहेछ । भुइँमा पुरुषको रगताम्य शरीर ढलेको छ । प्रहरीले आफ्नो काम थाल्यो । यसबेलासम्म घटनास्थलमा कोही आएका थिएनन् । हल्ला सुनेर छिमेकी आए । घटना भएको कसैले थाहा पाएकै रहेनछन् ।  

०००

रातभरि नसुती प्रहरीले आफ्नो काम गरे । लास पोष्टमार्टमको लागि अस्पताल पठाए । बिहान बाह्र बजे सबै काम सकेर शान्तालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्नु अगाडि सरकारी वकिल कार्यालय लगियो । सरकारी वकिल कुलमणिले शान्तालाई प्रहरीले पक्रेर म्याद थप गर्न ल्याएको देखेर छक्क परे । अदालत लैजानु अगाडि शान्तासँग केही कुरा सोध्ने इच्छा लाग्यो । अनुसन्धान अधिकृतसँग अनुमति मागे । शान्तालाई सरकारी वकिल कुलमणिको कोठामा ल्याइयो । शान्ता मौन थिइन् । कुर्सीमा बस, मलाई चिन्यौ कुलमणिले प्रश्न गरेपछि शान्ताले कुलमणिको अनुहारमा हेरिन् । केही बोलिनन् । शान्ता म कुलमणि चिनिनौ । मुखबाट शब्द निस्केन बर्बरी आँसु झरिरह्यो । छाती जलिरहेको भान भयो । रिँगटा लागेर आयो । भुइँमा थचक्क बसिन् । निःशब्द थिइन् ।  

सरकारी वकिलले एसपी साबलाई फोन गरे । शान्तासँग केही समय कुरा गरेपछि म्याद थप्ने अनुमति मागे । एसपी साब पनि म पनि आउँदैछु भनेर फोन राखिदिए ।

कुलमणिले अनुसन्धानको दायरा एसपी आएपछि खोल्ने विचार गरे । पन्ध्र मिनेट पछि एसपी आए । दुई जना बसेर शान्तासँग सोधपुछ गर्न थाले ।

शान्ता तिमीले राजकुमारको भाइमाथि किन हतियार उठायौ ? कुलमणिले सोधे ।

म केही भन्दिनँ । मैले मिनकुमारलाई मारेँ, मलाई जेल हाल्नुस् । मैले अपराध गरे सजाय दिनुस् ।  

तिमीले मिनकुमारलाई मारेकै होइन । झूठो बोल्ने हो । मिनकुमारलाई तिमीले मारेको हुँदै होइन । किन मार्ने तिमीले मिनकुमार उसले तिम्रो के बिगारेको छ र तिमी झूठो बोल्छौ – एसपीले कड्केर भने ।

शान्ता केही बोल्न खोजिन्, बिस्तारै बोलिन्, सर यो मिनकुमारले मेरी छोरीलाई मा¥यो । म साँझमा सोमबारे हाट गएको थिए । मेरो सात वर्षकी छोरी घरको छेउमा थिई । पल्लो घरमा खेल्दै थिई । म सोमबारे हातबाट आउँदा छोरी थिइनन् । धेरै खोजे कतै भेटिन । काकाको घरतिर गई कि भनेर खोज्न गएकी शान्ता पुनः चुप लागिन् ।

शान्ता सबै कुरा भन तिमीलाई प्रहरीले साथ दिन्छ । निर्धक्कसँग आफ्ना कुरा राख । कुलमणिले भनेपछि शान्ताले आँखाबाट आँसु खसालिन् । बर्बरी आँसु झरिरह्यो । मन कठोर बनाउँदै भनिन् – मेरो सात वर्षकी छोरीलाई बलात्कार गरेर मारेछ । म छट्पटाइरहे । राति दश बजेसम्म छोरी भेटिन के गरूँ कसो गरूँ, मन सम्हाल्न सकेकी थिइँन । रक्सीले मातेर मिनकुमार मेरो घरमा आयो । मैले छोरीको पिरले उसलाई मातेको पनि देखिन । मिनकुमारलाई छोरी खोज्न जाउ भन्दा तेरी छोरी अघि मरिसकी । भर्खर गाडेर आएको भन्यो । मैले त्यसो नभन मसँग छोरी खोज्न हिँड् भने ।

कस्तो पत्याउँदिनस् । अब तेरी छोरीले माटो खाइसकी । आइज मसँग पिर नगर । म तेरो राम्रो ख्याल राख्छु भनेर तान्न थाल्यो । रक्सीले मातेकोले मलाई तान्न सकेन । मैले हुत्याइदिएँ । यो जड्ँयाहाले जाडको सुरमा भनेको होला भन्ने ठानेँ । मैले नपत्याएको ठानेर फेरि भन्न थाल्यो, मलाई थाम्न सकिन । मेरी मैले भर्खर गोठमा गाडेर आएको भन्दा मैले खप्न सकिन । केही नबोली खुकुरी झिकेर पछाडिबाट हाने । भुइँमा ढल्यो अनि पुलिसकोमा आएँ ।

शान्ताको कुरा सुनेर एसपी साब छक्क परे । हिजो छोरीको कुरा किन नभनेको ? मलाई कसैले छोरी ख्वै भनेनन् । मैले पनि के भन्ने थाहा पाइन ।

शान्ताले भनेको स्थानमा तुरुन्त प्रहरी टोली खटेर गए । गोठबाट सात वर्षकी बालिकाको शव अस्पताल लगे ।  

शान्ताको म्याद पथ गर्न भ्याइएन । घटनामा घटना थपिएको छ । कुलमणिसँग विदा लिएर एसपीले जाने बेलामा सोधे सर नरिसाउने भए एउटा प्रश्न सोधूँ । कुलमणिले गम्भीर हुँदै भने – कुनै बेला म शान्तालाई धेरै मन पराउँथे । तर अब समय बदलिसकेको छ । शान्ताको म्याद थप भयो अदालतले तीन दिनको म्याद थप गरिदिएको छ ।

प्रहरीको अनुसन्धानबाट घटना प्रकृति हेरी शान्ता सादा तारेखमा छुटिन् । उनको श्रीमान् राजकुमार साउदी अरबबाट आइसकेका छन् । जीवन रङ्गहीन बनेको छ । राजकुमारले सन्तानका लागि अर्को बिहे गरेर भिन्दै बस्न थालेका छन् । अर्को विहे गरे पनि राजकुमारका सन्तान भएनन् । राजकुमारले सम्बन्धविच्छेद गरेपछि शान्ता एक्लै बस्छिन् । आज तारिखमा अदालत जानुपर्ने भएकोले शान्ता पौने दश बजे अदालत पुगिन् । अदालतमा भर्खर कर्मचारी आउँदै थिए । कुलमणिले अदालत अगाडिबाट सरकारी वकिल कार्यालय जाँदा शान्तालाई देखे । उनको नजिक आएर सुस्तरी बोलाए – शान्ता । शान्ताले पछाडि फर्केर हेरिन् । कुलमणिलाई देखेर नमस्कार भन्दै दुई हात जोडिन् ।

कुलमणिले शान्ताको अनुहारमा हेरे । आज पनि शान्ता उत्तिकै सुन्दरी छिन् । उनको सुन्दर शरीर र मन उनलाई अझै मन परेको छ । मुसुक्क मुस्कुराएर भने शान्ता छिटो आइछौं । हिँड मेरो अफिसमा एकछिन पछि आउनु । कुलमणि अगाडि बढे । शान्तापछि लागिन् ।

कार्यालयको कोठामा आएपछि शान्तालाई सोफामा बस्न भनेर बाहिर निस्के । दुई कप चिया मगाएर आए । कुर्सीमा बसे । शान्ताको अनुहारमा हेर्दै भने – शान्ता मैले सुनेको कुरा साँचो हो ? राजकुमारले तिमीसँग सम्बन्धविच्छेद गरेर अर्को बिहे गरेछ ।  

शान्तको अनुहारमा पीडा सल्बलाए । हो भनेर टाउको हल्लाइन् । केही बेर चूप लागेपछि बोलिन्– सर म अभागीको कर्ममा कहाँ सुख छ र ! धेरै भाकल गरेर एउटी छोरी जन्माएकी थिएँ । त्यसलाई पनि मारिदियो ।

तर तिमी अभागी होइन, त्यो राजकुमार अभागी हो । म तिमीलाई सानैदेखि मन पराउथेँ तर तिम्रो राम्रो स्वभावले गर्दा प्रेम प्रस्ताव राख्न सकिनँ । पढाइ सकेर भन्छु भन्दा तिम्रो बिहे भैसकेको थियो । पछि मैले पनि बिहे गरेँ । ईश्वरको इच्छाको अगाडि कसैको केही लाग्दैन । मेरो एउटी छोरी छे काठमाडौंमा इन्जिनियरिङ पढ्दै छे । तीन महिना अगाडि उसले आफ्नी आमा गुमाएकी छे । एक्कासि उनको मृत्युको खबर सुनेर म काठमाडौं गएँ । कुनै रोग थिएन हार्टअटैक भयो भने डाक्टरले हामीले मान्नै पर्यो ।  

शान्ता छक्क परिन् । उनलाई कुलमणिको श्रीमतीको मृत्युको खबरले दुःखी बनायो ।      

कुलमणिले पुनः भने – शान्ता तिमी मसँग बिहे गर्छौ ?

उनको प्रश्नको उत्तर के दिने शान्तालाई थाहा भएन छक्क परिन् । तपाईंसँग म जस्ती अभागीको बिहे कसरी हुन्छ ।  

शान्ता नाई नभन । कुलमणि शान्ता नजिक सोफामा आएर बसे ।

शान्ताले मुस्कुराउँदै भनिन् – ल नाई भनिनँ ।

कुलमणि खुशी भए । पिरतीको आगो बलेको थियो । धेरै वर्षदेखि बन्द भएको पिरतीको ढोका खुलेको छ ।

दुई दिनपछि दुई जनाले साधारण तरीकाले बिहे गरे । साँझमा  बिहे भोज दिइयो । सबै कार्यालयका हाकिमको उपस्थिति थियो । एसपी साब पनि आएका थिए ।

एसपी साबले कुणमणिलाई जिस्काउँदै भने – बाल्यकालको प्रेम सफल भयो ।

कुलमणि मुस्कुराए र मनमनै सोचे –साँच्चै आज प्रेम सफल भएको छ । अनायास उनले शान्ताको अनुहारमा हेरे । शान्ता झन् राम्री देखिएकी थिइन् ।
अर्को समाचार
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
२३ सेकेन्ड अघि
•
१ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
थारू बस्तीमा परम्परागत वेशभूषामा सजिएर मौलिक सांस्कृतिक नाच प्रस्तुत गर्दै स्थानीय कलाकार। तस्बिर : नागरिक
बाँके। शरद ऋतुको घमाइलो बिहानी। गुल्मीको पुरानो कोतको आँगनमा बिहानैदेखि मानिसको चहलपहल। पन्चेबाजाको घन्काइले कोतसँगै सिगो गाउँ गुञ्जायमान। २२ वर्षका आरभ काठमाडौंको व्यस्त सहरिया जीवन छाडेर लामो समयपछि दसैंतिहार मनाउन आफ्नो पुख्र्यौली थलो फर्किएका थिए। उनलाई आफ्नो प्रदेश लुम्बिनीको मौलिक संस्कृतिलाई नजिकबाट नियाल्ने र दस्ताबेजीकरण गर्ने रहर जागेको थियो।




कोतको प्रांगणमा युवादेखि बुढापाकासम्म हातमा खुँडा, तरबार, खुकुरी र ढाल लिएर गोलो घेरामा उभिएका थिए। बाजाको ताल तीव्र भएसँगै सुरु भयो ‘सराय नाच’। ‘वाक्खै... वाक्खै...’ को वीर रसले भरिएको आवाज निकाल्दै हतियार नचाइरहेका गाउँलेहरूलाई देखेर आरभको शरीरमा काँडा उम्रियो। छेउमै उभिएका गाउँका ज्येष्ठ नागरिक ८० वर्षीय पण्डित हरिप्रसाद जैसीले अर्थ बुझाउँदै भने, ‘बाबु, सराय नाच मनोरञ्जन होइन। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय भएको खुसीयालीमा मल्लकालीन समयदेखि शक्तिपीठ र कोतघरहरूमा नाचिँदै आएको वीरताको उत्सव हो। विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म गुल्मी, अर्घाखाँची र पाल्पामा नाचिने यो नाचले पुर्खाको साहस र एकतालाई जीवित राखेको छ।’

गुल्मीको यात्रापछि आरभ पाल्पाको तानसेन हुँदै मगर बस्तीतिर लागे। तिहारको झिलिमिली सुरु भइसकेको थियो। साँझको समयमा देउसीभैलोको रौनकसँगै आँगनमा मादल र खैंजडीको मिठो धुन सुनिन थाल्यो। त्यहाँ महिलाका गुन्यूचोली, पटुकी र गहनामा सजिएका पुरुष कलाकारहरू लयबद्ध रूपमा नाचिरहेका थिए।

नाचका मूल गुरु (मादलवादक) धनबहादुर मगरले थकाइ मार्दै आरभलाई सोरठी र मारुनीको मर्म बुझाए, ‘हेर्नुस् भाइ, सोरठी र मारुनी पहाडी समाजका प्राण हुन्। सोरठीमा हामी राजा जयसिंहको पौराणिक कथा गीति लयमा गाउँछौं अनि मारुनीमा पुरुष नै महिलाको भेषमा सजिएर नाच्नुका पछाडि देवी सरस्वती र शक्तिको आराधना गर्ने धार्मिक विश्वास लुकेको छ। सँगै नाचिने कौरा र झ्याउरेले त झन् युवायुवतीको प्रेम, सुखदु:ख र पहाडी जीवनशैलीलाई खैंजडीको तालमा उतार्छन्।’

तिहार मनाउन रुकुम पूर्वस्थित मैकोट फर्किएका जितमान बुढा पनि आफ्नै लोक संस्कृतिसँगै झुमे। रुकुम पूर्व र रोल्पामा खाम मगर बस्तीहरू प्रशस्त छन्। त्यहाँ पुग्दा उनले प्रकृतिको पूजा गर्ने अनौठो र सुन्दर संस्कृति देखे। पछाडि मयूरको प्वाँखको ठुलो भारी बाँधेर, पन्चेबाजाको तालमा ठ्याक्कै मयूरले प्वाँख फिँजाएर नाचेजस्तै हाउभाउ देखाइरहेका कलाकारहरूको कला अद्भुत थियो।

प्रसिद्ध ‘मयूर नाच’ (गरुवा नाच) का अगुवा कलाकार रत्नबहादुर पुनले भने, ‘हामी खाम मगरहरू प्रकृतिका पुजारी हौं। मयूर नाचमा पन्चेबाजाको बाइस तालसँगै मयूरको चाल र हाउभाउ नक्कल गरिन्छ, जसले वनजंगल र पशुपन्छीप्रतिको हाम्रो प्रेम देखाउँछ। त्यस्तै असारको सुरुआतमा हामी भूमे नाच नाच्छौं। भूमि अर्थात् धर्ती माता खुसी भए बाढीपहिरो नजाने र अन्नबाली सप्रिने जनविश्वासका साथ गोलो घेरा बनाएर यो नाच नाचिन्छ। सिँगारु नाचले पनि हाम्रो यही मौलिकता बोकेको छ।’

पहाडको चिसो हावा र उकालीओरालीको यात्रा गर्दै सल्यानबाट धनञ्जय खत्री तराई भेगतिर झरे। पहाडी वेशभूषा र कला संस्कृतिभन्दा फरकपन उनले तराईमा भेटे। दाङ उपत्यका हुँदै बाँकेको समथर फाँटमा पुग्दा उनलाई भाषा, वेशभूषा र संस्कृतिमा नयाँ रङ लाग्यो। साँझको बेला दाङको एउटा थारू गाउँको खुला चौरमा सेतो लेहंगा, रातो चोलो र परम्परागत चाँदीका गहनामा सजिएका युवतीहरू गोलो घेरामा हातमा मन्जिरा बजाउँदै नाचिरहेका थिए। बिचमा रहेका पुरुषहरूले मादल बजाउँदै नाचलाई गति दिइरहेका थिए।

गाउँका महतवा (मुखिया) तथा थारू संस्कृतिकर्मी रामचरण चौधरीले गर्वका साथ भने, ‘यो हाम्रो प्रसिद्ध सखिया नाच हो बाबु। दसैंका बेला कृष्णलीलाका गीत गाउँदै सखीहरू (साथीहरू) मिलेर नाच्ने भएकाले यसलाई सखिया भनिएको हो। हाम्रो थारू समुदायमा हरेक पर्वको आफ्नै नाच छ।’

उनका अनुसार माघी पर्वमा नाचिने ‘मघौटा’ र हातमा लाठी जुधाउँदै नाचिने ‘लठ्ठहवा नाच’ले आत्मरक्षा र सामूहिक एकताको सन्देश दिन्छन्। ‘त्यस्तै महाभारतको कथा बोकेको ‘बड्का नाच’, विवाहमा नाचिने ‘झुमरा’ र ‘छोक्रा नाच’ले हाम्रो इतिहास र परम्परालाई पुस्तान्तरण गरिरहेका छन्,’ उनले भने। दाङ, बाँके, बर्दियामा थारू समुदायको बाक्लो बस्ती छ।

बाँके र कपिलवस्तुका अवधि तथा मधेसी बस्तीहरूमा स्थानीय कलाकारहरूले ढोलक, झ्याली र हार्मोनियमको तालमा जोसिलो ‘फगुवा’ (होरी) नाच प्रस्तुत गर्छन्। अवधि लोकसंस्कृतिका जानकार पण्डित शिवशंकर शुक्लाले भने, ‘फगुवा रङ खेल्ने पर्व मात्र होइन, यो त वसन्त ऋतुको स्वागत र आपसी वैमनस्य बिर्सेर सद्भाव साट्ने उत्सव हो। ढोलकको तालमा गाइने फगुवा गीतले समाजमा प्रेम छर्छ।’

यसबाहेक थारू समुदायमा शुभ कार्य र विवाहमा मनोरञ्जनका लागि ‘कहरवा’ र ‘धोबिया नाच’ नाचिने पनि उनले जानकारी दिए। दसैंको नवरात्रिमा महिलाहरूले टाउकोमा प्वाल पारिएको माटोको घैंटोमा दियो बालेर नाच्ने ‘झिझिया नाच’ले त दुष्ट शक्ति र अन्धकारमाथि देवी दुर्गाको विजयको आध्यात्मिक सन्देश दिने गरेको उनको भनाइ छ।

उत्तरमा हिमालको काखमा रहेका रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि दक्षिणको तराईको थारू समुदायमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बिनीका कला र संस्कृति हुन्।

लुम्बिनी प्रदेश गौतम बुद्धको जन्मस्थल मात्र होइन, दर्जनौं जातजाति, भाषा र संस्कृतिको एउटा विशाल फूलबारी हो। फरक भूगोल र फरक ताल भए पनि यी सबै नाचको मूल सन्देश एउटै हो, ‘सद्भाव, प्रकृतिप्रेम र आफ्नो पहिचानप्रतिको अगाध सम्मान।’
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस