आचार्य प्रभा
– अरे कल्पना तिमी यहाँ !
– हो नि भाउजू , म यहाँ हुनुमा अनौठो किन ! अशक्त भएपछि जँचाउनै पर्यो नि ।
–अचम्म त लाग्ने नै पर्यो नि कल्पना, त्यत्तिका वर्षसम्म यहाँ आउनुपर्या थिएन तिमीले । त्यै भएर आलोकले अर्की बिहे गरे ।
– हो आलोकसंगको दूरीत्व र उस्ले अर्की बिहे गर्नुले त अहिले म यहाँ धाउने भएँ त । पांच पूरा पुगेर छ महिना लाग्यो, डाक्टरले भनेर जँचाउन आएकी नि ।
– होइन कस्तो अचम्म ! आलोकसँग ५ वर्षसम्म सँगै हुँदा नि तिम्रो बच्चा भएन तर तिमीले नि दोस्रो बिहे गर्नासाथ १ वर्षमै पो ...!
– त्यही त भाउजू, समाज र आफन्त सबैले मलाई दोसे । आखिर होचिनुपर्ने र वचन खप्नपर्ने त हामी नारीले नै त रैछ । कमजोरी र दोष कसको छ भन्ने कुरो कस्ले बुझ्ने अनि भन्नु न–माइली भाउजू , आलोक र उसकी नयाँ दुलहीको खबर के छ त !
– खोई के हुनु र कल्पना अस्ति आलोककी आमाले निन्याउरो मुख लाउँदै भन्दै थिइन्– भाग्यमै नभएपछि डोकामा दूध दोएर नहुने रैछ भनेर ती जोईपोई अझै उही भविष्यवाणी गर्ने ठाउँमा धाउँदै छन् ।