दुई सय वर्षको ऐतिहासिक धरोहर मौजा आँटीघर
०३ पौष २०७७
•
३ मिनेट पाठ
दुई सय वर्षको ऐतिहासिक धरोहर मौजा आँटीघर
मौजा आँटीघरमा यमन दम्पती। तस्बिर : सन्देश/नागरिक
कास्कीको पर्यटकीय गन्तव्य मौजा आँटीघर पछिल्लोसमय पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पोखरा बजारदेखि करीब १५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा पर्ने पोखरा महानगरपालिका वडा नम्बर २० मा पर्ने मौजा आँटीघर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो। मौजा आँटीघर पर्यटकीय हिसाबले मात्र नभई, ऐतिहासिक रूपले पनि महत्वपूर्ण मानिन्छ।




त्यहाँको दुई सय वर्ष पुरानो आँटीघर ऐतिहासिक धरोहर हो। जसको नामबाटै गाउँको नाम आँटीघर रहन गएको पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए। सन १८१४ मा निर्माण भएको त्यसबेला सबैको एकतले माटो र ढुंगाले बनेको घर हुने भए पनि त्यसबेलाका अग्रज केसु गुरुङले तला थपेर घर बनाए। केसुले कालापानी युद्ध लडेर फर्केर आएपछि एकतले घरमा तला थपेको वडाध्यक्ष गुरुङको भनाइ छ।

तला थपेको घरलाई आँटी भनिने र पूरै गाउँमा एउटै मात्र आँटी भएको घर भएकाले सबैले आँटीघर भन्न थालियो। आँटीघर चर्चित भएपछि ओल्लोपल्लो गाउँकाहरूले पनि त्यस गाउँलाई आँटीघर गाउँ भन्दाभन्दै गाउँको नाम नै आँटीघर गाउँ रहन गएको वडाध्यक्ष गुरुङले बताए।

आँटीघरमा अहिले आँटीघर निर्माणकर्ता केसु गुरुङको छैटौं पुस्ता बस्दै आएको छ। हाल यमन गुरुङको परिवार पछिल्लो २ वर्षदेखि बसिरहेको छ। सो घरमा यमनको बुबा अमरबहादुर बस्ने गर्थे। अमरबहादुर पूर्व प्रधानपञ्च र मौजाका पूर्व गाविस अध्यक्ष थिए। द्वन्द्व कालमा अमरबहादुरलाई द्वन्द्वरत पक्षबाट दबाब आयो। त्यही समयमा यमनको भाइ बिते। छोरा पनि बितेको र द्वन्द्वरत पक्षबाट दवाब आएपछि २०५९ सालमा उनले आँटीघर मौजा छाड्ने निर्णय गरे।

अमरबहादुरले मौजा छाडेर सहर झरेपछि आँटीघर खाली भयो। उनीसँगै अन्य धेरै सहर झरे। गाउँ निरस भयो। युवाहरू विदेश पलायन भए। जसका कारण आँटीघर गाउँ नै सुनसानजस्तो भयो।

द्वन्द्व सकिएर देशमा गणतन्त्र आयो। सहर झरेकाहरू गाउँ फर्किए। बाँझो जमिनमा सिजन अनुसार खाद्य बाली लगाउन थालेपछि जमीन गुल्जार भयो। जसका कारण यमनको मन फर्कियो। उनी पनि जागिरबाट अवकास लिने अवस्थामा थिए। अन्ततः उनले आफ्नै घर र गाउँ रोजे र १६ वर्षपछि गाउँ फर्किने निर्णय गरे। घर फर्किने भएपछि यमनले दुई सय वर्ष अगाडिको जिर्ण घरलाई मर्मतसम्भार गरेर चिटिक्क पारे। उनी गाउँ फर्किएपछि घरमै होम–स्टे सञ्चालन गरे। उनको सिको गरेर अन्यले पनि होम–स्टे सञ्चालन गर्न थालेपछि अहिले यो गाउँ ‘आँटीघर मौजा होम–स्टे’ का रूपमा चर्चित छ।

जन्म घरको मायाले आफू गाउँ फर्किएको यमनले बताए। ‘आफ्नो जन्मस्थलको त माया भइहाल्छ नि !,’ उनले भने, ‘मसँगै छिमेकी पनि घर फर्किएका छन्, गाउँपनि धेरै परिवर्तन भएको छ।’ हिजो गाउँको घर जग्गा बेचेर सहर र विदेश पुगेकाहरू अहिले घर जग्गा मिलाइदेऊ न भन्दै फोन गर्ने गरेको यमनले बताए। घर चाहियो भन्दै देश÷विदेशबाट दिनहुँ फोन आउँछ, ‘उनले भने, ‘तर अहिले कसैले पनि बेच्नै मान्दैनन्।’ बरु अहिले पछिल्लो समय केसुकोजस्तै देखिने आँटीघर थप्ने होडबाजी चलेको छ। गाउँमा अहिले अधिकांशको आँटीघर छ।

सरकारले एक सय पर्यटकीय गन्तव्यमा आँटीघर गाउँलाई राखेपछि अहिले यो गाउँ थप चर्चित भएको छ। जसका कारण पर्यटकहरू दिनहुँ आउने गरेको यमनले बताए। उनका अनुसार कोरोनाको महामारीका बिचमापनि आँटीघर गाउँमा आन्तरिक पर्यटक दैनिकजसो जाने गरेका छन्।

पहिले आँटीघर जाने बाटो गोरेटोजस्तो थियो। पछि कच्ची सडकमा परिणत भयो। हुँदाहुँदै अहिले त महानगरको कनेक्टिङ लिंक रोडले जोडेको छ। सो सडकको काम अहिले धमाधम भइरहेको छ। बाटो सुगम भएसँगै आँटीघर गाउँ जान सहज भएको छ। हिजो पोखराबाट ३/४ घण्टा लगाएर पुग्नुपर्ने ठाउँ अहिले ५०/५५ मिनेटमै पुग्न सकिने भएको छ। यसलेपनि पर्यटक आगमनमा सघाएको यमनको बुझाइ छ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस