लक्ष्य
०६ पौष २०७७
•
११ मिनेट पाठ
लक्ष्य
लता केसी 




हिमालको ताल  फेदीमा एउटा सानो बस्ती थियो । नमुना बस्ती नामअनुसार कामले नि नमुनै थियो । प्रकृतिको अनुपम सौन्दर्यमा सजिएको मात्र होइन । सामाजिक वातावरण पनि गजबको थियो । सहयोग , समर्थन , मेलमिलाप र भाइचारा खोज्नु पर्दा  सबै नमुना बस्तीको उदाहरण पस्किन्थे ।  मुस्किलले १५, २० घर थिए होलान् । शान्त र सुन्दर जनजीवन थियो ।   पर्वतबहादुर  त्यो बस्तीको हुकुम थियो । उहिले पल्टनको जागिरे  खुब रमाइलो गर्नुपर्ने अवकाश लिएपछि ऊ गाउँकै विकासमा चुर्लुम्म डुबेको थियो । कतै कोहीमाथि नमीठो , नराम्रो नहोस् भनेर हुलाके जस्तै नित्य घरघर डुलेर समस्या टिपी हिडथ्यो । र गाउँबासीबीच भित्रैबाटै समाधान खोज्थ्यो ।उसको एउटी छोरी थिई  पार्वती आलु  खेती गरेर भए पनि  आफ्नो सानो परिवार उसले सुखले पालेको थियो ।

हिमालको काखमा छ, सानो मेरो गाउँ , पर्वतकी छोरी हुँ म, पार्वती हो , नाम  भन्दै फुत्रुकफुत्रुक गाउँदै  नाच्दै हिँडने पार्वतीले  पखेटा हालिसकेकी थिई ।  प्रकृतिको निश्चलता र सुन्दरता टपक्कै उसमा छाएको थियो । 

कुनै राजकुमारीझैँ देखिन्थी । लाग्छ , प्रकृतिको रमणीय मनोरमताले सजिएको कुनै बगैँचाको  सुकुमार फूल हो । 

झट्ट हेर्दा कसैले खोट लगाउने ठाउँ थिएन । सुन्दर फूल देखेर भँवराहरू रसास्वादन हेतु उसका वरिपरि भुनभुनाउँन थालिसकेका थिए । रङ्गले मात्तिएकी तरुनी छोरीलाई राखिँरहदा भवितव्यको सम्भावना प्रबल थियो । छोरीको जात सधैँ  माइत राख्न नमिल्ने भन्ने सोच्यो । उनको लागि  वरको खोजी हुन थाल्यो ।

आखिर समय न हो , कसलाई पर्खन्छ र   भनेजस्तै खोजेजस्तै शहरमा वर भेटियो । शिव नपढेकी भए पनि उसले पार्वतीको सुन्दरतालाई नियाल्यो । राम्री स्वास्नीको चाहना कुन पुरुषलाई हुँदैन र ! एकपटकको हेराइमा नै ऊ लठ्ठ पर्यो । दुवै पक्षको स्वीकृति भयो । ऊसँग गाउँकी सरल , निश्चल सुशील र सुन्दर  पार्वतीको लगनगाँठो बाँधियो । अनि मनभरि  जन्मस्थललाई सजाएर एउटा बिरानोसँग नातो गाँसेर पछिपछि लागी  । सबैको भक्कानो छुट्यो । सिङ्गै गाउँलेले  आँखा चिस्यायो उनको बिदाइमा ।

दुई वर्ष बितेछ । सुख र हाँसोका पलहरूले उसलाई माइतीको याद पनि आएनछ । शिवले पनि उसलाई आँखामा राखेको थियो । लोग्नेको मायामा ऊ पनि  मदमस्त भइछे संसारै भुलेर ।    एकदिन शिवले ऊसँग सन्तानको रहर व्यक्त गर्दा  अलिकति आत्तिएकी थिई । तर देवताजस्तो पतिको इच्छा शिरोधार्य गरी । सोची – म नारी, जननी ।  सृष्टिकी मुहान । सन्तानबिना त म अधुरी । पतिको प्रसाद स्वीकारी ।

स्वास्नी गर्भवती भएपछि शिवको भुइँमा खुट्टा थिएन । ससारका सारा खुशी उसले आफ्नो जीवनमा आत्मसात् गरेको अनुभूति गर्थ्यो । हरेक दम्पतिझैँ उनीहरू भावी सन्तानको पर्खाइमा निमग्न भए । पेटमा रहेको गर्भलाई  स्पर्श  गर्दै स्वास्नीको छेउमा बसेर  घन्टौँ रमाउँथ्यो । छोरो भए गणेश र छोरी भए गणेशा नाम राख्ने भनेर एकदिन कुराकानीको क्रममा  उनीहरू खुब रमाएका थिए । छोराछोरी , जे भए पनि उचित शिक्षा दिएर डक्टर , पाइलट होइन नि ,  असल मानिस बनाउनुपर्छ है भनेर  उनीहरूले सपना साँचेका थिए । पर्खाइको घडी सकियो ।  नौ महिनापछि भनेजस्तो घुतुमुने छोरो पाउँदा शिव खुशीले पागल भएको थियो । न्वारानमा नाम गणेश जुर्यो शिवपार्वतीको छोरा ।

जीवन आखिर सुख र हाँसोको नाम मात्र कहाँ हो र  भन्ने कुरा उसलाई त्यो बेला अनुभूत भयो जुन बेला अत्याधिक रक्तश्रावको कारणले १५ दिनकी सुत्केरी स्वास्नीको मृत्यु भयो ।  समय र भाग्यको खेल न हो ।  उसलाई लाग्यो – उसको संसार सकियो । चिच्यायो   तर कालले उसको आवाज सुनेन । हावामा हराए  उसका क्रन्दन र आर्तनादहरू ।  उसको यो दुखद घडीमा आश्वासन र सहानुभूतिको भेल आयो । मानिसको स्वभाव न हो  सस्ता शब्दहरू , चिल्लामीठा कुराहरू गरेर दुनियाँको अगाडि  ठीक्क बनिदिने  । आखिर प्रश्न अघिल्तिर तेर्सियो – अब शिव र नवजात शिशुलाई कसले सँभाल्ने ?  

सास रहे आश भनेझैँ छोराको मायाले शिवभित्र शिवत्व जुर्मुरायो ।  म नै आमा र बुवा बनेर मेरो छोरालाई  असल मानिस बनाउँछु भनेर प्रतिज्ञा गर्यो । समय कठिन बन्दै थियो तर उसमा एउटा साहस पलाउँदै थियो । आँटे के हुन्न र   भन्ने उक्ति सम्झियो । न त उसले फेरि कुनै महिलालाई  महत्व दियो न त छोरोलाई सौतेनी आमाको काखमा सुम्पिने विचार नै गर्यो ।समयको अन्तरालमा ऋतु र मौषम परिवर्तन भए तर उसको विचारमा कुनै बदलाको सोच आएन । छोरो बढ्दै जाँदा उसको अनुहारमा खुशी पलाउँदै थियो । छोरो स्कूलमा पुर्याएर काममा जानु फेरि बेलुका लिन जानु , घरधन्दा , खानपिन , गृहकार्य सबै उसैले भ्याउँथ्यो । पुरुषले एउटी महिलाको दायित्व धान्नु उसलाई नि सहज त कहाँ थियो र ।

एकदिन बेलुका स्कुलबाट घर फर्केपछि छोरोले प्रश्न राख्यो – बाबा , सबैको ममीहरू आउनुहुन्छ । मेरो स्कुलमा , मेरो ममी चै खै त । किन नआउनुनु भएको ?  कहाँ हुनुहुन्छ भनेर सोद्धा ऊ अक्क न बक्क भएको थियो । बाबू , टाढा छिन् , तिम्री ममी । तिमी ठूलो मानिस र असल मानिस भएपछि मात्र आउँछु भनेकी छिन् भनेर चपक्कै छातीमा टाँसेर बालकथा सुनाएर  भुलाएको थियो ।

गणेश होनहार निस्कियो ।चारैतिर उसको स्वभाव र आचरणबारे गुनगाण गाउन थाले । उसका साथीभाइका आमाबुबाहरूले आफ्ना सन्तानलाई भन्ने गरेका थिए – छोरो होस् त गणेशजस्तो  । तारिफ गरेको सुन्दा शिवको नाक गमक्क फुल्थ्यो। गणेश कलेज भर्ना भयो । अब त ठूलो सबै कुरा बुझ्ने भयो ।  । बुबा र छोरा साथी जस्ता भए ।  अफिसबाट लखतरान भएर फर्किदा छोरोलाई देखेर सबै दुखपीडा भुल्थ्यो( ऊ । माटोलाई ढुङ्गाको भर , ढुङ्लाई माटोको भर भनेझैँ  उनीहरूको सम्बन्ध  प्रगाढ बन्दै गयो । बुबाछोरा साँझैदेखि दिनभरिका कुरा आपसमा बाँडेर रमाउन थालेका थिए ।

एकदिन छोराले अचम्म मान्दै  सोध्यो – बुवा, गरीबदुखीलाई पढ्ने अधिकार छैन र ।

– छ , किन ? बाबू  यस्तो गम्भीर प्रश्न सोधिस् ।

बेलिबिस्तार  लाउन थाल्यो,  ऊ गाउँ  पहाडदेखि आएर पढदै गरेका हाम्रा ५ जना साथीलाई कलेज प्रशासनले नाम दर्ता नगरेको भनेर जाँचको मुखमा आएर निष्काशन गर्यो । बिचराहरू, तिनका बाआमाले कस्ता सपना देखेर सन्तान शहर पठाएका होलान त नि । पैसा नहुनले पढन पाइन्न र । सपना बोक्न पाइन्न र ।

छोराको कुरो सुनेर शिव गमक्क पर्यो । निकै कुरो बुझ्ने भएछ भनेर  हातले पिठ्यूँमा धाप मानेर भने – स्याबास् छोरा,  तेरो बुवा हुनुको गर्व छ मलाई । अब ,  तँ सबै बुझ्ने भाको छस् बाबू । फुकीफुकी पाइला चाल्नु  नि । समाजमा इज्जत नै ठूलो कुरो हो भनेर बुझ्नू । मानव भएसी मानव सेवामा लागेर मानवीय धर्मको पालना गर्नू सधैं । म तेरो बुवा मात्र होइन , निकटको साथी हो भनेर बुझ्नू ।  आवश्यकतामा दिएको सल्लाहसुझाव शिरोधार्य गर्नू । यसबेला ऊ आफ्नी दिवंगत पत्नीलाई सम्झिदै थियो । आँखाभरि टिलपिलाएका आँसु पुछेर भन्दै थियो–   हेर त पारु,  हाम्रो छोरो हामीले सोचैजस्तै असल मानिस बन्दै छ ।

भोलिपल्ट ऊ कलेज गयो ।  तर  मानसपटलमा उहीँ विषय  घुमिरह्यो । उसले केही गर्न सकिन्छ कि भनेर  तत्कालै हातेमालो मोर्चा गठन गर्यो । निष्काशित विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरेको भन्दै वार्ता आह्वान गर्यो । धेरैले सहमति जनाए । 

उसको अति नजिकको   साथी   विनयले भनेको थियो – यार, यो झमेलामा नफस् न । तर उसले उल्टै जवाफ दियो – काँतर, अन्याय गर्नु पाप हो भने सहनु महापाप हो  बुझिस् । 

यतिञ्जेल पढिरहेका विद्यार्थीलाई निकालेर उनीहरूको १ वर्ष नाश गर्ने अधिकार कसैलाई छैन । सुरुमै कक्षामा प्रवेश निषेध गर्नु पर्थ्यो । उनीहरूले  जाँच दिन पाउनुपर्छ बरु परीक्षाफल रोकियोस् , स्वीकार्य छ भन्ने विचार अघि राख्यो ।  कलेज प्रशाशनले उसलाई राजनीति गरेको आरोप लगायो । कलेजबाटै निष्काशन गर्ने धम्की दियो । तर  ऊ डराएन । सत्य र न्यायको पक्षमा अडिग भयो । विद्यार्थी साथीलाई एकजुट हुन अनुरोध गर्यो । एकता नै  बल हो भन्ने कुरा सबैलाई बुझायो ।  

आखिर विद्यार्थी एकताको प्रभावले गणेशको अपील सफल भयो । प्रशासनले परीक्षाफल निस्किनु अगावै नाम दर्ता र महिना शुल्क बुझाउनुपर्ने अन्यथा मार्कसिट रोक्का गर्ने र नयाँ भर्ना नदिने भन्ने शर्त राख्यो । तत्कालको समस्या टरेकोमा सबै खुशी भए ।   परीक्षा सकियो । पैसा संकलनका लागि सांस्कृतिक कार्यक्रम र चन्दा संकलनको कार्यक्रम तय गरियो । सबै विद्यार्थी एकजुट भए ।  ५ जना विद्यार्थीको भविष्य सुरक्षित भयो ।  सबैका अनुहारमा खुशी र उमङ्ग छायो । 

केही दिनपछिको कुरो हो । सधैझैँ दिनभरिको भागदौडपछि शिव लखतरान परेर  घर पुगे । छोरो घरमा थिएन । खाना पकाए । छोरो आएन । न त कुनै खबर नै ।  मनभरि शङ्का – उपशङ्का मडारिन थाले । छटपटी बड्दै गयो । यता उता , साथीहरुसँग सम्पर्क गर्न खोजे । तर प्रयास शून्य भयो । १० बजिसक्यो । न भोक न निन्द्रा ,  छोराका आगमनको व्यग्र प्रतिक्षामा टोलाइरहे । अनेकन् तर्कना मडारिन थाले । जुरुक्क उठे । एक गिलास पानी घटाघट पिए ।

बाहिर  निकै ठूलो हल्लीखल्ली सुनियो । एउटा गाडीमा केही केटाहरू कराउँदै थिए ,

कलेजका डनहरू , मुर्दावाद !

विद्यार्थी नायक  गणेश  जिन्दावाद !  

हत्यारालाई  फाँसी दिनेछौँ, दिनेछौं ।

नायक गणेश  – अमर रहून् !  

शिव  आत्तिएर गाडीमा पुगे । छोराको लाशमा गुजिल्टिएर चिच्याए ।   दर्दनाक आवाज निकाले ।  

राष्ट्रका अति प्रिय राजनेताको अवशानजस्तै शोकाकुल बन्यो  गणेशको अन्त्य ।  शायद यो अकाल मृत्यु भएर होला ,  रोदन घरीघरी आकाश चुम्थ्यो र फर्किन्थ्यो अनि एउटा कोलाहल बिउँझिन्थ्यो ।   होरहार दैव नटार भनेझै शिवले उसका साथीहरूको सहयोग जुटाएर राति नै अन्त्येष्टिमा जुटे । एउटा शरीर क्षणभरमै खरानी बन्यो ।

गणेशको साथी  विनय र उनको बुवाको अनुरोधमा   शिव उनीहरूसँगै एउटै परिवारझैँ भएर बस्न थाले । आखिर मानिस मायाको भोको न हो । उसले स्वास्नी र छोरो त गुमायो ।   दाजु र भाउजू अनि भतिजो , नयाँ सम्बन्धभित्र  मायामा आफूलाई सँभाल्दै गयो । १३ दिनको काम सकियो । विनय अब कलेज जान थाल्यो । केही दिनपछि  शिव पनि काममा जान थाले । अलि सहज बन्दै थियो , समय  । 

विनयका बाले गणेशको मृत्युको घटनाबारे एक्कासि जिज्ञासा पोखे – भाको के हो ? किन गोली चल्यो ?  घाउ कोट्याउने मन त थिएन विनयको । तैपनि त्यो दिनको घटना वर्णन गर्न थाल्यो । 

कलेज सकिँदा ५ बजेको थियो । सबैलाई भोक लागेको हुनाले क्यान्टिनमा भीँड थियो । आाआफ्नो कुपन लिएर हामी लाइनमा पालो पर्खिएर बसेका थियौँ । एउटा डन भनाउँदो विद्यार्थी चुरोटको धूँवा उडाउँदै भित्र प्रवेश गर्यो । सबैले बहिस्कार गर्दै थियौँ । उस्कै अर्को मुन्द्रे साथी एउटी केटी साथीसँग भित्र छिर्यो ।  नजिक गएर केटीलाई तानेर पाखा लगायो र  एक मुक्का हानिहाल्यो । सबै यति छिटो भयो हामी हेरेको हेरै भयौँ । गार्ड दाइलाई खबर गर्न नपाउँदै हानाहान सुरु भयो । युद्धले  भीषण रूप लियो । सबै जरयाकजुरुक उठेर रोक्ने प्रयास गर्यौँ ।  पहिलाले गोजीबाट रिवाल्बर निकालेको देख्नेबित्तिकै गणेशले छेक्न जाँदा गल्तीले उसलाई गोली लाग्यो ।  गणेशको रगत बढी बगेकोले बचाउन सकिएन । आखिर गणेश  ९ बजेतिर भगवानको प्यारो भयो । 

शिवले मनमनै गुन्यो – कस्तो संयोग ।  दुवै आमाछोराको मृत्यु रगतको अभाव ।  अब  हत्यारा खोजेर नि के गर्नु ! मरेको छोरो फर्किने होइन क्यारे । गलत संस्कारको शिकार भयो  मेरो छोरो ।

अतीतले शिवलाई न्याक्दै थियो । परिवार गुमाएर एक्लो बाँच्नुको पीडा उसको जीवनमा अकल्पनीय र असह्रनीय बन्दै  थियो । एकदिन  खाने समयमा शिव उठेनन् । अब कसको लागि बाँच्नु म ! निराशाका काला बादलहरू उनको सोचमा पौडिरहेका थिए ।

उत्ति नै खेर  काकाकाका भन्दै विनय उसको कोठामा पुगेको थियो । ऊ सुतिरहेको देखेर सोध्यो – काकालाई सन्चो भएन र ? निधार  छामेर माया वर्षायो ।  

विनयको हात समातेर उसले भन्यो –  एउटा कुरा भन्छु । नाई नभन है ।

– के कुरो काका ?

– अब उ तिमी  मलाई  बुवा भन है । आखिर गणेश र  तिमी मेरा दुई भाइ छोरा  फरक एउटै हो ।  तिमी  बाँचेको छौ,  ऊ छैन । शिव भावुक बन्दै थियो गणेशलाई सम्झेर ।  

विनय  केही नबोली  फुत्त बाहिर निस्कियो  र एकछिनमै बुवालाई लिएर पस्यो । चिन्ता देखाउँदै बुवाले सोधे –  होइन के भो र ! डाक्टर कहाँ जानुपर्ने हो !

जुरुक्क उठ्दै शिवले भने–  होइन–होइन,  केही खास गम्भीर र डराउनुपर्ने केही होइन । खान मन नलागेको र आलस्य मात्र हो ।  

हतारो देखाउँदै फेरि भने उनले – उसो भए तातै खाना खान जाऔँ त ।  बेलामा खाना नखाए मेरी धर्मपत्नी रमाले धर्काउलिन् नि त ।

– होइन , आज म खान्न । तपाईहरू खानुहोस् न । म आज अफिस नि जान्न । यसै आराम गरेर बस्छु । विनयका बा अलि झस्किए। रमा पनि  घरमा एक्ली छिन् ।  बरु  म नि जान्न त भनेर  बुवाछोरा बाहिरिए ।

कोठामा ऊ सोच्न थाल्यो – विनयले बुवा भन्न सक्दैन ।   म र  रमा भाउजू घरमा एक्लै  हुनेछौ भनेर साथी आत्तिने ।  के म बोझ त भइन् यो घरमा ।   धेरैबेर एक्लै घोइरिरह्यो । शंका– उपशंकामा विचारहरू सलबलाइरहे अनि  कसैलाई केही नभनी बाहिर हिड्यो ,  एउटा ठूलो लक्ष्य मनभरि सजाएर ।

कैंयन् दिन र महिना बिते । तर उनी विनयको घर फर्केनन् । सबैले खोजखबर गरेँ । केही अत्तोपत्तो लागेन ।  केही मानिसले अडकल काटे– आत्महत्या गरे होलान् ।  केहीले पागल भए होला भने । सोचका आधारमा अडकल र अनुमानहरु समाजमा छरपष्ट छरिंदै थिए।

तीन वर्ष बित्यो । शिवको कुनै खबर आएन । एकदिन बिहानै विनयका बुवा  दैनिक पत्रिका पढदै थिए । उनको आँखा एक ठाउँमा टक्क अडियो । शिवको फोटो थियो । लेखिएको थियो – नमुना बस्तीमा   गरिब र पीडित  युवाहरूको सहयोग लिएर  शिव क्षत्रीले  चलाउँदै आएको शिक्षा तथा स्वास्थ्यसम्बन्धी संस्थाले प्रशंसनीय काम गरेवापत सरकारले उनलाई सम्मान गरेको छ । रगतको कमीले कोही नमरुन्  र गरिबीले पढाइ कसैको नरोकियोस्  भनेर अभियान  चलाएको सो संस्थाको विस्तारका लागि  एक करोड  रुपैयाँ नगद र संस्थाका संस्थापकलाई  कदरपत्र प्रदान गरेको छ ।

समाचार पढ्दै गर्दा  विनयका बुवाको छाती गर्वले ढक्क फुलेर आयो ।
अर्को समाचार
टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा
०९ असार २०८३
•
२ मिनेट पाठ
टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा
कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ। चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो।




नगरपालिकाले चालु आवको ११ महिनामा रु आठ करोड ६९ लाख २७ हजार ६९० राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख नन्द केसीले जानकारी दिएका छन् । शाखा प्रमुख केसीका अनुसार चालु आर्थिक वर्षमा रु नौ करोडभन्दा बढी राजस्व सङ्कलन हुनसक्ने अनुमान गरेका छन्। 

नगरपालिकाको सङ्कलन भएको राजस्वको आधा हिस्सा सम्पत्ति कर रहेको छ । सम्पत्ति करबाट रु चार करोड १२ लाख ३९ हजार ५२० राजस्व सङ्कलन भएको छ भने पर्यटन शुल्कबाट रु एक करोड ३२ लाख दुई हजार ८४० सङ्कलन गरेको छ। ‘पर्यटन शुल्क टीकापुर पार्कको हो। पार्क अवलोकन गर्न आएका पर्यटकबाट सङ्कलन भएको यो अहिलेसम्मकै ठूलो रकम हो’, उनले भने, ‘यस वर्ष पार्क प्रवेश शुल्क वृद्धि भएका कारण यति राजस्व पर्यटन शुल्कबाट सङ्कलन भएको हो।’ जेठसम्म दुई लाखभन्दा बढी पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका छन्।   

नगरपालिकाले २० वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। सरकारी सम्पत्तिको बहालबाट प्राप्त हुने आय भने नगरपालिकाको निकै घटेको छ। नगरपालिकाको भवन बाहिर रहेका सपिङ कम्प्लेक्स भवनबाट मासिक लाखौँ भाडाबापतको रकम सङ्कलन हुनुपर्ने हो। तर, जेठ महिनासम्म रु २३ लाख २६ हजार ६६१ मात्रै सङ्कलन भएको छ। जहाँ अहिलेसम्म झण्डै रु तीन करोड बक्यौता बाँकी छ।  

व्यापारी र नगरपालिकाबीच भाडाको विषयमा चलिरहेको द्वन्द्वले व्यापारीले भाडा तिर्न छोडेका छन्। सम्झौता अवधि सकिएका व्यापारीहरूसँग नगरपालिकाले नयाँ सम्झौता पनि गर्न सकेको छैन। अहिले अधिकांश व्यापारी सम्झौताबिनै सपिङ कम्प्लेक्सको सटरमा बसिरहेका छन्। 

नगरपालिकामा आन्तरिक राजस्वका अन्य थुप्रै स्रोत भए पनि त्यसको परिचालन हुन नसकेको स्थानीयको गुनासो छ। ‘बर्सेनि करको दर बढाएर राजस्वको लक्ष्य हासिल गर्नुभन्दा करका दायरा बढाउन नगरपालिका अग्रसर हुनुपर्छ’, स्थानीय मनोज रावल भन्छन्, ‘अहिले पनि हामी राजस्व तिर्न तयार छौँ, हाम्रो दर्ता र नवीकरण प्रक्रिया नगरपालिकाले सुरु गर्नुपर्ने भनेर एक हजारभन्दा बढी अटोरिक्सा प्रतीक्षामा छन् । तिनको व्यवस्थापन गर्नसके अझै राजस्व बढाउन सकिन्थ्यो।’   

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले पनि राजस्वको लक्ष्य हासिल गर्नु ठूलो कुरा नभई आवश्यकता र औचित्यका आधारमा करका राजस्व दर बाँडफाँट हुनुपर्ने बताए। 

उनले राजस्वका स्रोतको पहिचान गर्दा स्थानीयको भावनाको सम्मान गर्दै वातावरण अनुकूल दरको निर्धारण गर्दा राम्रो हुने बताए।  
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस