थाइल्याण्डमा मसाजको आनन्द
०९ पौष २०७७
•
१३ मिनेट पाठ
थाइल्याण्डमा मसाजको आनन्द

 होमनाथ खनाल

            

मलाई लाग्छ जीवन नै यात्रा हो।  जुन जन्मदेखि मृत्युसम्म समयसँग दौडिरहनुपर्ने हुन्छ  । जीवन यात्रामा कतिपय यात्रा स्मरणमा आइरहने हुन्छन् । त्यसैले  मलाई फेरि यात्रा संस्मरण लेख्न मन लाग्यो । यसअघि यात्रा संस्मरण ‘मिनिसोटा अमेरिकाको’ लेखेको थिएँ । यसपटक थाइलाण्ड, युरोप र अमेरिकाको यात्राबारे लेखेको छु । जहाँ जति घुमेँ जति देखेँ त्यसको बारेमा छोटकरीमा लेख्न मन लाग्यो र यहाँ प्रस्तुत गरेको  छु । तपाईको अमूल्य प्रतिक्रिया पाउने आशा आशा गरेको छु ।




थाइल्याण्ड – पहिलो यात्रा २०६१ भाद्र १९ गते 

थाइल्याण्डको राजधानी बैङ्ककमा जम्मा चार पटक पुगेको छु । कुनै समयको मिति उल्लेख गरेको छुइन । यो नेपालबाट तीन घण्टाको हवाईयात्रामा पुग्न सकिने रहेछ । बैंङ्कक  पहिले हाम्रो नेपालजस्तै छ भन्ने सुन्थे तर आजकल यसले धेरै फड्को मारिसकेको छ । झन्डै युरोप हाराहारीमा पुगेको यो देश धेरै पर्यटक  आउने भएकाले  सधैं चहलपहल र  भिडभाड देखिन्छ ।  ट्राफिक जाम हुन नदिन आकाशे पुलबाट पनि गाडी गुडिरहेको देखिन्छ । यहाँको शहरमध्ये  चेङमाइ, फकेट, बैङ्कक र पटैया घुमेको छु । यो ठाउँँको बताउनै पर्ने विशेषता  मसाज हो । बाटो हिड्दा थकाइ लागेर खुट्टा दुखे बाटामै मसाज गरेको देखिन्थ्यो । समुद्र नजिकै भएकोले बैङ्ककमा पानीजहाजबाट घुमियो र मसाज पानी गरियो ।

दोस्रो चोटि २०६२ कात्तिक २९ गते

विश्व आदर्श कलेजका प्रिन्सिपल  लेखनाथ सरलाई हाम्रो यात्रामा समावेश गराउन कम्पनीसँग अनुरोध गरेर घुम्ने वातावरण मिलाएको थिएँ । त्यसरी नै २०६८ वैशाख ९ गते रेडियो नेपालका  कर्मचारी कृष्णप्रसाद ओझा भाइलाई पनि कम्पनीसँग अनुरोध गरी घुम्ने वातावरण मिलाएको थिएँ  भनेँ चौथो पटक म एक्लै थाइल्याण्ड पुगेका थिएँ । यो सबै खर्च जापानको  फुजी कोनिका कम्पनीले नेपालको डिलरमार्फत गरेको थियो । 

थाइल्याण्डमा मसाजको आनन्दबारे जति शब्द खर्चिए पनि थोरै नै हुन्छ । त्यहाँ पुगेर प्राय सबैले मसाजको आनन्द लिएकै हुनुपर्छ । हामीले पनि मसाज गरायौं । खर्च कम्पनीले नै तिरेको हुनाले कति लाग्यो थाहै भएन । खुट्टा टावलले पुछेर सुरु गरेको मसाज  दुई घण्टा जतिमा सकिने रहेछ । हामीले पूरै शरीर मसाज गरेका थियौँ जसलाई वोएल मसाज भनिन्छ । यो मसाज महिलाहरूले गर्दा रहेछन् ।  न्वारानदेखिको लागेका सबै रोग हरायो होलाजस्तो भान हुने अति आनन्द हुने रहेछ ।

बैङ्ककमा हामी सिम सिटी होटलमा बसेका थियौँ । सबै सुविधा भएका यो होटल तारे होटल नै होला ।  जातुजाक,   ल्पाजा मार्केट, समुद्रमा बोट बिहार, रोयल प्यालेज (राजदरबार )  पुरानो राजाको दरबार, हिरामोती र सुन पसल हेरेर घुमियो र यहाँबाट दोस्रो चोटि नेपाल बैङ्कक चेङमाईको हवाईयात्राबाट चेङमाई पुगियो । यहाँ हात्तीमा सवार गरेको, हात्तीले फुटबल खेलेको बाँसको डुङ्गामा नदीमा घुमेको यो ठाउँमा पुग्ने जो कोहीले सम्झिरहन्छन् । यो ठाँउ शहरभन्दा पनि गाँउको छेउछाउमा रहेको छ ।

पटैया – यहाँ धेरै रमाइलो गरियो । धेरै लाइभ शोहरू पनि देखियो । यो शहर पूरै पर्यटकहरूले भरिभराउ हुने रहेछ । यहाँ घुम्दाको रमाइला पल सधैं ताजै रहिरहने छन् ।

फुकेट – थाइल्याण्डबाट १ हजार किलोमिटर जति टाढा यो शहर पनि राम्रो रहेछ । नजिकैको समुद्रमा बोटबाट धेरै समयसम्म वरपरको दृश्य हेर्दै दुई घण्टाजति  घुमी फुकेटको यात्रा पनि सकियो । 

जर्मन – २०५९ आश्विन १० गते

जर्मनको कोलनमा फोटोग्राफी सम्बन्धी मेला भएकोले अध्यन गर्न कलर ल्याबको  तर्फबाट इटहरीबाट म होमनाथ खनाल र बिर्तामोडबाट देवीभक्त श्रेष्ठलाई मेलामा सहभागी गराउने कम्पनीले निर्णय गरेको थियो । सोही बमोजिम १० गते कतार एयरवेजको जहाजबाट कतारको दोहा हुँदै जर्मनको म्युनिखबाट फ्रेङफ्रटसम्मको प्लेन यात्रा थियो । अन्य यात्राका लागि युरो टे«न पास नेपालमै बनाएको थियो । युरोप पन्ध्र दिन लागि चौबीसै घण्टा घुम्दा पनि हुने गरी  पचहत्तर हजार रुपैयाँ नेपालबाट टिकट ट्रेनपास बोकेका थियौँ । यसरी पहिलो चोटिको युरोप यात्रा सुरु भएको थियो । नेपालबाट कतारको दोहा ट्रान्जिट परेको थियो । तर, प्लेन नजाने भएर होटल मारलोट पाँचतारेमा बसियो । यसरी बस्नुपरयो भने होटलले नै सबै खर्च गर्नुपर्ने रहेछ । सबै सुविधा सम्पन्न होटल । यहाँ नेपाली तीन सयभन्दा बढीले काम गर्दा रहेछन् भन्ने त्यहीँ कार्यरत एकजना नेपाली भाइले बताउनुभयो । मरुभूमि भएकाले हरियाली कहीँ छैन । सडक छेउछाउ अलेली बोटबिरुवाचाहिँ देख्न पाइन्छ । यहाँ ठूल्ठूला समुद्र भएकोले सम्पूर्ण आवश्यक सामानहरू जहाजबाट नै ओसारपसार गर्दा रहेछन् । यसरी यात्रामा एकरात दोहामा बसियो ।

२०५९ भाद्र एघार गते कतार एयरवेजबाट नै जर्मनको म्युनिख भन्ने ठाँउमा ल्याण्ड गरियो । आकाशबाट हेर्दा जमिन सबै हरियाली, ससाना घर, घरअघि बगैचा फूलहरू सुन्दर सफा यो शहर पुग्दा हामी अर्कै संसारमा पुगेको छुम् की क्या हो भन्ने महसुस हुन्छ । मन एकदमै प्रफुल्ल छ । सोचेँ, कतै मरुभूमि नै मरुभूमि कतै हरियाली हिमाल, पहाड, तराई कति भिन्नभिन्न छ । यो प्रकृतिले भरिपूर्ण पृथ्वी, त्यसैले त सुन्दर छ यो संसार ।

सबैतिर समुद्रले छोएको रमाइलो दृश्य हेरेर जर्मनको म्युनिखमा तीन घण्टा जति बसियो । तीन घण्टाको ट्रान्जिटपछि हामी फ्रेङफ्रट उडियो रात पर ेपनि बाहिर सबै झिलीमिली कुन रात कुन दिन थाहै छैन उज्यालै उज्यालो छ ।  

झन्डै एक घण्टाको उडानपछि हामी फ्रेङफ्रट इन्टरनेश्नल एयरपोर्ट पुगियो । यो धेरै ठूलो एयरपोर्ट भएकाले कताबाट कता पुगिन्छ भन्नेनै थाहा भएन । अरूका पछिपछि लागेर लगेज घिसार्दै बाहिर निस्कने क्रममा छुम । लिफ्टबाट  निकै तलामाथि पुगेर अरूको पछिपछि लाग्दा बल्ल बाहिर आइपुगिएछ । नेपालबाटै मसँगै सिटमा बसेर आउनुभएकी सरिता बहिनी यहीँ शहरको सानो गाउँमा जानु हुने रहेछ । उहाँलाई लिन सरिता लेखेको प्लेकार्ड बोकेर उभिएका रहेछन् । नेपालदेखि यहाँसम्मको सहयात्रा सरिता बहिनीसँगको आज सकियो । विदा हुँदा हामी दुःखी त भयौँ नै, त्यो यात्रा आजसम्म पनि ताजै महसुस गरेको छु । हामी पनि फ्रेङफ्रटमै होटल एल्टनमा बसियो ।  

२०५९ भाद्र १२ गते  

आज हाम्रो ट्रेन  पास चालु गर्नुपर्ने छ । ट्रेन स्टेसनमा आएर टिकट चालु गरियो । आजदेखि पन्ध्र दिनका लागि टिकट सुरु भयो । हामी  ट्रेनबाट जर्मनको कोलनतर्फ लाग्यौँ ।  तीन घण्टा जतिको यात्रापछि हामी कोलन शहरमा पुगियो जहाँ फोटोग्राफी मेला लागेको छ । विश्वको धेरै शहरले स्टल राखेको छ । हाम्रो होटलको बुक नेपालबाटै टुमरव्याकमा गरेको थियो । यो सानो शहर पुग्न कोलनबाट लोकल टे«न चढी होेटल सिभिईतर्फ लागियो । भाद्र १३ गतेदेखि कोलनमा सहभागी भइयो । यो धेरै ठूलो क्षेत्रफलमा फैलिएको रहेछ । यहाँको हलमा प्रवेश गर्न पन्ध्र युरो लाग्ने रहेछ । हामीलाई पहिले नै नेपालमा पास पठाइदिनुभएको थियो । पास देखाएर भित्र पसियो । धेरै ठाँउ घुमियो । हामीलाई बोलाउनु हुने सबै महानुभाव जस्तै जर्मनको जोवो, इङ्ल्याण्डको इलफोर्ट, स्पेनको ड्रोसा, चाइनाको लक्की कम्पनीहरूको निम्तामा गएको हुनाले सबैसँग भेटघाट गरी विभिन्न ब्राण्डको अध्ययन गरी पन्ध्र गते बिहानसम्ममा तीन दिने मेला अवलोकन गरियो । त्यसपछि उहाँहरूसँग बिदा भई होल्याण्डतिर लाग्यौँ ।

१५ गते दिउँसो ट्रेनबाट रमिता हेर्दै होल्याण्ड पुगियो । जताततै हरियाली सुन्दर अनि सफा सडक लहरै एकै किसिमको घर हुने रहेछन् युरोपमा । आज हामी निर्मला बहिनीकोमा बस्ने निधो गरेको छा्रैं। निर्मला बहिनीको नेपालको घर इटहरी हो । उहाँकी बहिनी शान्ता हाम्रै ल्याबमा काम गर्ने हुनाले हाम्रो चिनाजान भएको थियो । म जर्मन आउने थाहा पाएपछि उहाँले कसै गरी आउनुपर्छ भन्नुभएको थियो । हामी आउने भएपछि सबै व्यवस्था मिलाइसक्नुभएको रहेछ ।

समुद्रछेउमै रहेको  हल्याण्डमा पहिले यहाँ न्युजरल्याण्डको राजधानी थियो अरे ।अहिले आष्ट्राड्राम भएको छ । समुद्रको छेउछाउमा ठूल्ठूला पङ्खा घुमेको देखिन्छ । यो पङ्खा केका लागि राखेको भन्ने लागेको थियो ।  बिजुली निकाल्न राखिएको रहेछ भन्ने कुरा पछि पो थाहा भयो । सम्झेँ, नेपालमा पनि हावा चल्ने ठाँउमा यसरी नै बिजुली निकाल्ने हो भने कति झिलिमिली हुन्थ्यो होला !

२०५९ भाद्र सत्र गते दुई दिनको बसाइपछि  फ्रान्सको राजधानी पेरिस जाने योजनासहित हल्याण्डबाट ट्रेन चढियो । बाटाको दृश्यहरू हेर्दै आठ घण्टा जतिको रेलयात्रापछि पेरिस पुगियो । लामो यात्रा भएकाले शरीर पूरै हल्लिराखेको छ । एउटा होटलमा नेपाली सोह्र हजारजति तिरेर आराम गरियो । हल्का खानपिन गरेर भोलिपल्ट १८ गते टोफेल टावर लगायत शहरका विभिन्न ठाँउ घुमी बेलुका स्वीजरल्याण्ड जाने योजना बनाएका छौँ ।  

२०५९ आश्वीन १८ गते  

बेलुकी स्वीजरल्याण्डका लागि ट्रेन चढियो । स्वीजरल्याण्डको राजधानी जेनेभामा बिहानको समय पुगियो । दिनभर शहर, झील घुमेर विभिन्न ठाँउको फोटो खिचियो । यो सुन्दर शहरको अवलोकन गर्दागर्दै थाहै नपाई साँझ परेकाले  होटल बुक गरियो । आज एक रात यहीं बसी भोलि अष्ट्रियाको राजधानी भियना जाने योजना बनाएका छौँ । यहाँको चिनो एउटा घडी किनेको छु । मैले यहाँको घडी नै किन्नुको कारण, स्वीस घडी एकदमै राम्रा हुन्छन् । संसारकै सुन्दर शहर स्वीजरल्याण्डको जेनेभाको जति  वर्णन गरे पनि कम हुन्छ । त्यसैले जेनेभाको बारेमा यति नै लेखेँ, भोली बिहान अष्ट्रिया जाने छौँ । 

आश्विन १९ गते  

जेनेभाबाट बिहानै अष्ट्रियाको भियनाका लागि ट्रेन  चढियो । बाटामा होचाहोचा पहाड र हिउँ देखिने,ससाना नदीहरू अति राम्रा देखिन्छन् जुन एकनासले सललल बगेर सागरसँग मिल्न जान्छन् । समुद्रमा ढुवानीका लागि अनगिन्ती सानाठूला जहाज चलिरहेका छन् । जताततै हरियाली छ, बाटोबाहेक सबै घाँसैघाँस धुलोको त नामनिसाना नै छैन । युरोप बसुन्जेल जुत्तामा पलिस गर्नै परेन ।  भर्खर पालिस लाएजस्तो टल्किरहेको छ ।

चौध घण्टाको यात्रापछि रातको एघार बजे मात्र अष्ट्रियाको राजधानी भियनामा पुगियो । होटल वोष्टनमा बसियो, होटलका लागि भने निकै दौडधूप गर्नुपरयोे । लामो यात्राले धेरै थकित हुनाले केही खानपिन गरी आराम गरियो । बिहानको खाजामा नेपालबाट जानुभएका माधव पौडेलज्यू र अर्का एकजना सरसँग भेटघाट भयो ।  होटल चार्ज तिरेपछि बिहानको खमजा युरोपभरि पैसा नलाग्ने रहेछ । आज चारपाँच घण्टा यो शहर घुमी नजिकैको हङ्गेरी जाने योजना छ । हामी हङ्गेरीको लागि स्टेसनमा गयौँ । त्यहाँ चारपाँच जना नेपाली भाइबहिनी कसैको प्रतिक्षामा बसेजस्तो देखिन्थ्यो ।

आश्विन २० गते –

हँगेरीतर्फ लागेको, ट्रेन चढ्ने ठाँउ पत्ता लगाउन धेरै गाह्रो परयो । अन्डरग्राउण्ड कति तल छ  । धेरै तला यताउता गर्दा एकजना बंगाली कपडा तन्नाहरू बेच्न बसेको भेटियो । उहाँले नै बताइदिनुभयो र हङ्गेरिको सानो शहरमा त पुगियो तर यो देशका  लागि बेग्लै भिसा लिनुपर्ने रहेछ । केहीछिन बसेर भियना नै आइयो । अघि बसेका नेपालीहरू त्यहीँ नै बसिरहनुभएको रहेछ, लिन कोही पनि नआए जस्तो छ ।

बेल्जियम – हामी अब बेल्जीयमको व्रसेल्स जान रातिको टे«न चढियो । यो पनि धेरै लामो यात्रा हुने रहेछ पन्ध्र घण्टाको रेल यात्रा सुरु भयो । बिहान एघार बजे मात्र व्रसेल्स आइपुगियो । ट्रेनबाट निस्कनेबित्तिकै नेपालीहरूसँग भेट भयो । यहाँ निकै नेपालीहरू हुनुहुँदो रहेछ । हामी दिनभर व्रसेल्स घुम्यौँ । मिनियुरो रहेछ युरोपभरिको कहाँ के छ सबै राखिदिएको रहेछ । पुराना संस्कृति झल्किने सङ्ग्रहालय इत्यादि हेरी बेलुकी नजिकैको राष्ट्र लक्जम्बरतर्फ  लागियो । यो युरोपकै धनी अनि सानो देश भन्ने सुनेको छु । आज यहीं देशमा एकरात बिताउने भइयो । बेलुका दुईतीन घण्टा घुमियो । यहाँ पनि होटलका  लागि निकै घुम्नुपरयो । युरोपमा घुमेका सबै देश अति नै सुन्दर छन् जुन वर्णन गरेर पनि सक्दिन । भोलि हल्याण्ड जाने र एकदिन आराम गरी  प्लेन चढ्न फ्रेङ्फ्रट नै पुग्नुपर्ने हुन्छ । हाम्रो टिकटको समय अझै पाँचछ दिन बाँकी होला । अलिक अगाडि सारेर नेपाल फर्कने योजना बनाएका छौँ ।

आज बाइस गते  बेल्जियमको व्रसेल्स हुँदै हल्याण्ड जानका लागि टे«न चढियो । बेलुकी चार बजेतिर हामी हल्याण्ड पुयौँ । धेरै दिनको यात्राले होला हामीलाई हिँड्ने रहर पुगिसकेको छ । निर्मला बहिनीकोमा मज्जाले खानपिन गरियो । बाहिर जताततै खाना नमिल्ने हुँदा पाउरोटी, अण्डा र जुस मात्र खाइयो । जेनेभामा भने सिक्किमको मानिसले खोल्नुभएको होटलमा दालभात, तरकारी र गुन्द्रुकको अचार खाइयो । विदेशी ठाँउमा नेपाली खाना खान पाउँदा निकै आनन्दको भयो ।  मिठो खानाभन्दा अहिले पनि त्यहीँको खाना सम्झिन्छु । यो हलण्डको आजको अन्तिम बसाइमा युगो स्लोमियाका पूर्व राष्ट्रपति मिलिसेफीको बहसमा बिभिन्न देशका वरिष्ठ वकिलहरूको इजलास  (युएन) युनाइटेड नेशनको कार्यलयमा गएर हेर्ने अवसर पनि मिल्यो । केहीछिन यहाँ बसेर हामी बजार घुम्न भनेर निर्मला बहिनीसँग पछि लागियो । यसरी भोलिपल्ट हल्याण्डमा बहिनीहरूसँग विदा भई ट्रेन चढेर जर्मनको फ्रेङ्फ्रटमा आई नपाल आउने टिकट मिलाइयो । युरोपको भ्रमण सँधै हृदयमा ताजै रहिरहने छ ।

अमेरिका यात्रा – पहिलो यात्रा  

२०६१ साल आश्विन ४ गते थाइ एयरबाट काठमाडौँ थाइल्याण्ड, थाइल्याण्डबाट लाउडा एयर, लाउडा एयरबाट अष्ट्रियाको भिएना हुँदै अमेरिकाको जेएफ केनडी इन्टरनेश्नल एयरपोर्ट न्यूयोर्क पुगेँ । छोरो शेखरको ग्य्राजुएसनमा भाग लिन कलेजले  चिठी पठाएकाले घुन्ने मौका मिलेको थियो । म अमेरिका अहिलेसम्म चार पटक घुमेको छु । यस पटको अमेरिका यात्रा विशेष भएकोले छोटो भए पनि यो यात्राबारे लेख्ने विचार गरेको छु ।  

शेखरको बसाइ कुइन्स भन्ने ठाउँमा रहेछ । ट्याक्सीवालाले सोझै कोठामा नै पुरयाइदिनुभयो । यहाँ ठेगाना प्रष्ट भएपछि जुनसुकै ठाउँमा सजिलै पुगिने रहेछ । शेखरको कलेज र डिउटीले सधंै व्यस्त हुने भएकाले म पनि धेरै दिन नबस्ने विचार गरेको छु । यहाँ कुइन्स, उडसाइड, ज्याक्सन हाइड, म्यान हटन घुमेँ । म्यानहटन संसारकै व्यस्त   सिटी रहेछ । रातभर पनि खुल्ने रहेछ । यहाँ समुद्रमा रहेको लिभर टी भएको ठाउँमा पुगँे । टुइन टावर जुन ध्वस्त बनाइएको थियो त्यहाँ पुगेँ अम्पायर स्टेट विल्डिङ १ सय १८ तला चढेँ । यसरी वरपर गर्दै २१ दिनको बसाइपछि नेपाल फर्किएँ ।  

दोस्रो यात्रा – २०६८ जेष्ठ ११ गते

कतारको दोहा हुँदै उही न्यूयोर्कको जेएफ केनडी एयर पोर्ट पुगेँ । यसपटक शेखरले मलाई घुमाउनलाई एक महिना विदा लिएको रहेछ । मलाई पनि खुब घुम्ने रहर छ । दुईचार दिनको बसाइपछि प्याकेज टुरमा न्याग्राफल्ससम्म जाने निर्णय भयो । यसरी घुम्ने क्रममा कोरिङ, म्युजियम ग्लास, न्याग्राफल्स, फिलाडेलफिया, पाउजेडस ल्याण्ड, वासिङटन डिसी घुमियो । अमेरिकाको  वासिङ्टन डिसी अति नै सुन्दर सफा छ । राष्ट्रपति भवन लगायत धेरै ठाउँमा सम्झनाका लागि फोटो खिचियो । त्यहाँको सङ्ग्रहालयमा विद्धान र प्रसिद्ध व्यक्तिहरूको ट्याचुमा राखिएको रहेछ । हामीले चाहिँ बाराक ओबामाको ट्याचुमामा फोटो खिच्यौँ, फोटोमा स्वयम् व्यक्तिसँगै भेटेर खिचेको जस्तो देखिने  रहेछ । यसरी दोस्रो पटकको अमेरिका भ्रमणमा छोरा शेखरसँग घुम्न पाएर धेरैनै रमाइलो भयो । छोरालाई छोडेर आउन त मन थिएन तर आफ्नो कामलाई पनि निरन्तरता दिनुपर्ने भएकोले समय मिलाएर फेरि घुम्न जाने सोचले नेपाल फर्किएँ । 

तेस्रोे यात्रा २०६९ भाद्र ३ गते  

मेरो अमेरिकाको तेस्रो पटकको यात्रा गरेको छु । नेपालबाट हङ्कङ, हुँदै अमेरिकाको सान्फ्रान्सीको विमानसम्मको यात्रा सुरु  । हङ्कङबाट १३ घण्टाको लामो यात्रा हुँदै सान्फ्रान्सी पुगेँ । त्यहाँ साथी लिन आउनुभएको थियो । त्यहाँबाट ब्रकली भन्ने ठाउँमा २ महिनाजति घुमेर नेपाल फर्किएँ ।

चौथो यात्रा २०७६ मंसिर आश्वीन २०गते – नेपालबाट कतारको दोहा हुँदै अमेरिकाको वोष्टन पुगँे, वोष्टनबाट अमेरिकाकै मिनिपोलीस पुगेँ । मिनीपोलीसमा  जहाँ छोरा शेखर बस्छ । श्रीमती शीला योभन्दा एक महिना अगाडि नै गइसकेकी थिइन । केही महिनाको बसाइपछि हामी अमेरिकाबाट नेपाल फर्कियौँ । मेरो अमेरिकाको चौथो यात्रा सम्झनालायक छ । त्यसैले मैले यो यात्रालाई छुट्टै संस्मरण प्रकाशित गरिसकेको छु ।

मैले मेरो जीवनमा थाइल्याण्ड, युरोपका देशहरू र अमेरिका भ्रमण गरेँ । कुनै देश कामको सिलसिलामा पुगेँ भनेँ कुनै देश भ्रमणको लागि । शिक्षा र विकासका क्षेत्रमा कयौँ गुना अगाडि रहेको यी देशहरूका भ्रमणमा मैले धेरै कुराहरू देख्न पाएँ । केही कुराहरू जान्नेबुझ्ने अवसर समेत मिल्यो । यदि तपाईँ पनि यी देशहरू पग्नुभएको छ भने यी ठाउँहरूको याद  भल्झली आयो होला । यदि पुग्नुभएको छैन भने पनि यी देशको बारेमा केही न केही  बुझ्नुभयो  होला । 
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस