स्मृति ढुंगाना, काठमाडौं, मंसिर २९ - फिल्म 'पासवर्ड'को लागि 'मोहनी हो मोहनी' गाउन तयार हुँदा गायिका शशि रावललाई निर्देशन थियो, 'तपाईंको आवाजले दर्शकलाई मोहनी लगाउन सक्नुपर्छ है!' फिल्ममा निकै प्रचलन आएको आइटम गीतका लागि उनी चयन भएकी थिइन्। संगीतकार मेघ लामाले रेकर्डिङका लागि बोलाउँदा उनलाई आइटम गीत भन्ने थाहा थिएन। 'स्टुडियोभित्र छिरेपछि मात्र आइटम गीत भनेर थाहा भयो,' तैपनि उनले खोजेको आवाज पस्कने प्रयास गरिन्।Cras mattis consectetur purus sit amet fermentum. Nullam quis risus eget urna mollis ornare vel eu leo. Nullam quis risus eget urna mollis ornare vel eu leo. Donec ullamcorper nulla non metus auctor fringilla. Cras mattis consectetur purus sit amet fermentum. Etiam porta sem malesuada magna mollis euismod. Aenean eu leo quam. Pellentesque ornare sem lacinia quam venenatis vestibulum. Sed posuere consectetur est at lobortis. Donec ullamcorper nulla non metus auctor fringilla.
अर्को समाचार
आइटम गीतमा मस्त गायिका
अर्को समाचार
आइटम गीतमा मस्त गायिका
स्मृति ढुंगाना, काठमाडौं, मंसिर २९ - फिल्म 'पासवर्ड'को लागि 'मोहनी हो मोहनी' गाउन तयार हुँदा गायिका शशि रावललाई निर्देशन थियो, 'तपाईंको आवाजले दर्शकलाई मोहनी लगाउन सक्नुपर्छ है!' फिल्ममा निकै प्रचलन आएको आइटम गीतका लागि उनी चयन भएकी थिइन्। संगीतकार मेघ लामाले रेकर्डिङका लागि बोलाउँदा उनलाई आइटम गीत भन्ने थाहा थिएन। 'स्टुडियोभित्र छिरेपछि मात्र आइटम गीत भनेर थाहा भयो,' तैपनि उनले खोजेको आवाज पस्कने प्रयास गरिन्। 'फिल्मकै लागि डान्सिङ म्युजिकमा गाइने आइटम गीतका लागि हल्का फास्ट आवाज दिनुपर्यो। गाउँदै गएपछि रमाइलो लाग्यो,' उनले यस्तो अनुभव गरिन्। प्रायः स्लो पप गीत गाउने उनले अहिले फास्ट गीतहरु गाउन थालेकी छन्। 'श्रोताले आइटम गीत मन पराएका हुदाँ एकपटक गरिहेरौं भनेर गाएकी हुँ। यसको अनुभव बटुल्न पनि मन लाग्यो,' उनले भनिन्।
छिट्टै मिल्ने पब्लिसिटीले गर्दा पनि आइटम गीत गाउन चाहने कलाकार बढ्न थालेका छन्। 'कहिलेकाहीँ श्रोताको माग अनुसार गीत गाउनुपर्ने भएकाले पनि यस्तो गीत गाइन्छ,' भन्छिन् रावल।
गायिका मनीषा पोखरेलले पनि केही आइटम गीतहरुमा स्वर दिन भ्याएकी छिन्। 'लय र संगीत केही फास्ट शैलीले तयार गरिएको हुन्छ। आइटम गीतले गर्दा कलाकारहरुले सहजै चर्चा पाउने गर्छन्,' उनले भनिन्। उनलेे 'ओम', 'नो स्मोकिङ' र 'म अनि तिमी' फिल्मका लागि आइटम गीत गाइसकेकी छिन्। 'मलाई गाउन दिइएको गीतहरु केवल यौवन सम्बन्धीमात्र छन्। नयाँ खालको गीत गाउन पाएकी छैन,' उनले जानकारी गराइन्।
संगीतकार हरि लम्सालले हालै 'ढुवानी' नामक फिल्मको लागि आइटम गीत तयार पारे। उनका अनुसार फिल्मको कथावस्तु अनुसार कलाकारलाई इन्ट्री गराउन आइटम गीतको बनाइन्छ। 'आइटम गीतको लागि हेभी आवाज चाहिन्छ। कहिलेकाहीँ कलाकारहरुको आवाजलाई परीक्षण गर्न समेत आइटम गीत गाउन लगाइन्छ,' उनले कारण खुलाए।
'लुट'मा 'उधे्रको चोली' गाएपछि इन्दिरा जोशीलाई यस्तै खालका गीतको लर्को लाग्यो। त्यसो त यस्तो गायनमा फिट छु भन्ने देखाउन उनले आफ्नो एल्बममै 'चौबन्दी चोली'जस्तो हट गीत प्रस्तुत गरेकी थिइन्।
गीतसँगै 'आइटम डान्स'मा समेत पारंगत जोशीले भनिन्, 'फिल्ममा एउटा आइटम गीत हुनै पर्छ भन्ने मान्यताले हामी कलाकारहरुले गाउने अवसर पाइरहेका छौं।'
शुवानी मोक्तानले 'हाइवे'मा पहिलो पटक आइटम गीत गाइन्। त्यसपछि आठवटा गीत गाउन उनलाई समय लागेन। 'क्याची र डान्सिङ हुने हुँदा श्रोताले धेरै सुन्छन्। सामान्य गीतभन्दा खासै फरक चाहिँ हुन्न,' उनले अनुभव गरेकी छिन्। प्राय गीत उनले मनोज केसीको कम्पोजिसनमा गाएकी छन्।
गायिका आस्था रावतले 'ढुवानी' फिल्ममा केही दिनअघि आइटम गीत गाएकी थिइन्। 'छलक छलक' बोलको गीत गाउँदा 'हल्का लाज लाग्यो' उनलाई। 'गीतको शब्दहरु हल्का लाजलाग्दो थियो। त्यसैले गाउँदा लाज लाग्यो,' उनले भनिन्। त्यसअघि उनले 'बसमा छैन यो मन', 'लंका' र 'खुर्पा'मा समेत आइटम गीत गाउन भ्याइसकेकी छिन्।
'मलाई जस्तो गीत पनि गाउन मनपर्छ। तैपनि डान्सिङ गीतमा बढी रुचि छ,' आस्थाले भनिन्। झन्डै एक दर्जन आइटम गीतमा आवाज दिइसकेकी आस्था पपगीतको एल्बम निकाल्ने तयारीमा छिन्।
आइटम गीतको कम्पोजमा बढी रमाएका राजन इशान गीतको शैली अनुसार कलाकार छनोट गर्ने बताउँछन्। 'आइटम गीत फिल्मको लागि आवश्यकजस्तै भइसक्यो। यसले फिल्मको प्रमोसनमा सहयोग गर्ने हुँदा हरेकपटक हामीलाई नयाँ काम गर्ने अवसर मिल्छ,' उनले बताए। माण्डवी त्रिपाठी, मल्लिका कार्की, प्रविशा अधिकारी, श्रुति सिंह जस्ता गायिकाहरु आइटम गीतमा व्यस्त छन्।
यो पनि पढौँ
ट्रेन्डिङ