वसन्तीको दिनचर्या
२० पौष २०७७
•
५ मिनेट पाठ
वसन्तीको दिनचर्या

 नवराज रिजाल

 




वसन्ती बिहान पाँच बजे उठी । उसको दैनिक उठ्ने समय नै यही हो । कसैले सम्झाइरहनु पर्दैन । पहिले  नित्यकर्म गर्छे ।  त्यसपछि अन्य काममा ध्यान जान्छ ।

“बन्दाबन्दीले हाम्रो दैनिक क्रियाकलापमा सामान्य प्रभाव पारेको छ ” बा आमाले कुरा गरेको सुनेकी छे ।  

बन्दाबन्दीदेखि नै विद्यालय जान पाएकी छैन । साथीहरूसँगको  भेटघाट र कुराकानी पनि पूर्ण रूपमा बन्द छ । घुमफिर गर्ने काम पनि रोकिएको छ । तर अन्य काममा खासै प्रभाव परेको छैन । उसको पहिले दैनिकी जसरी चल्थ्यो अहिले पनि त्यसैगरी चलिरहेको छ । साथीहरूसँग टेलिफोनमा बेलाबेलामा कुराकानी हुन्छ । आआफ्ना अनुभव साटासाट गर्छन् ।

बिहान आमासँगै भान्छामा बस्छे । उहाँले गरेका काम कुरा ध्यानपूर्वक हेर्छे । कतिपय कामकुरामा सघाउँछे पनि  । उहाँले गरिरहनु भएका काम पनि गर्न मन लाग्छ । तर मुख खोलिहाल्न सक्दिन । परे गर्न सक्छु भन्ने आँट बिस्तारै पलाउँछ । आमाले गरेका धेरै भन्दा काममा सहभागी बन्छे ।  बन्दाबन्दी अवधिको बिहानबेलुकै आमासँग बितिरहेको छ । र मनमा रमाइलो पनि लागिरहेछ ।  

हिजो बेलुका त भान्साको सबै काम एक्लै गरी । आमाले पर बसेर हेर्नुभयो । सोधेको कुरा एकएक गरेर बताउनुभयो । उसले पनि अलमलिएको कुरा मात्र सोधी । अन्य काम खुरुखुरु गरी । आमाले मुसुमुसु हाँसेर हेरिरहनु भयो ।

उसले पकाएको खाना खाएपछि हजुरबा, हजुरआमा र बा दङ्ग पर्नुभयो । आमा, बहिनी र भाइ पनि खुसी भए ।

“एकदिन त म पनि दिदीले जस्तै पकाउँछु ” बहिनीले भनी ।

“ म पनि पकाउँछु के ” भाइले थप्यो । सबैजना हाँस्नुभयो । “लल कसले कति मीठो पकाउँछ  हामी पनि पालैपालो खाउँला ” हजुरबाले हाँस्दै भन्नुभयो ।

उसले विद्यालय जाने समयमा घरै बसेर पढ्ने  तालिका बनाएकी छे । कक्षा दश बजेदेखि एक बजेसम्म चल्छ । घरको कक्षामा विद्यालयका किताब पढाइ हुँदैनन् । विद्यालयको किताब ती बिहानबेलुका समय मिलाएर पढ्छन् ।

तीनैजना दिदीभाइ ठीक समयमा घरको कक्षाकोठामा छिर्छन् । उनीहरूको पढ्ने स्थान बैठक कोठा हुन्छ । बैठकमा टिभी छ । कम्प्युटर छ । क्यारेम बोर्ड छ । चेस छ । लुँडो छ । गीतार छ । हारमोनियम छ । मादल छ  । उनीहरूको ध्यान नियमित कक्षा सकिएपछि मात्र ती कुराहरूतिर जान्छन् ।

पढ्ने कोठामा सात जनाले पालैपालो पढाउँछन् । विद्यार्थीहरूको संख्यामा पनि सात जना नै हुन्छ । पहिलो घण्टी हजुरबाले पढाउनुहुन्छ । उहाँ उहाँको हजुरबा , हजुरआमा , बा र आमा कस्तो हुनुहुन्थ्यो । पहिलेका मानिस कस्ता थिए । के गर्थे । कस्तो खान्थे । कस्ता लुगा लगाउँथे । कसरी हिँड्थे । त्यो बताउनुहुन्छ । तिनीहरूले धेरै कुरा उहाँबाट सुनिसकेका छन् ।

त्यसपछिको पालो हजुर आमाको हुन्छ । उहाँ आफ्नो हजुरबा, हजुरआमा, बा र आमा कस्तो हुनुहुन्थ्यो । उहाँले सानो उमेरमा केके गर्नु भयो । पढ्नु भयो कि भएन । त्यति बेला कस्ता स्कुल हुन्थे । कस्तोकस्तो खेल खेल्नुहुन्थ्यो । साथीहरू कस्ता थिए । कहाँकहाँ घुम्नुभएको छ, काम कसरी सिकिन्छ भन्ने बुझाउनु हुन्छ  ।  

अनि पालो बाको हुन्छ । बा उनीहरूको उमेरमा कस्तो हुनुहन्थ्यो । केके पढ्नुभयो । जागिर कसरी पाउनुभयो । देशको कुनकुन ठाउँ घुम्नुभएको छ । पढेर के हुन्छ । नपढ्दा के हुन्छ । सबैले किन पढ्न सक्दैनन् जस्ता कुरा सुनाउनुहुन्छ । तिनीहरूले सोधेका अन्य कुराकुराका पनि उत्तर हाँसेर दिनुहुन्छ ।

योपछि आमाको पालो आउँछ । उहाँ किन शिक्षक हुनुभयो । कतिखेर पढ्नुहुन्थ्यो । नपढ्दा गुरुले के सजाय दिन्थे । हामीले के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने बताउनुहुन्छ । ती सबैभन्दा बढी खुसी आमाको कुराबाट हुन्छन् । उहाँ पनि तिनीहरूका प्रश्नका एकएक उत्तर दिनुहुन्छ ।

त्यसपछि पालो वसन्तीको आउँछ । ऊ पनि आफूले पढेका, सुनेका र जानेका कुरा सुनाउँछे । नबुझेको कुरा सोध्छे । अनि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ  हजुरबा , हजुरआमा , बा र आमासँग पालैपालो सोध्छे ।  

भाइबहिनीको पालो पनि आउँछ । तिनीहरू पनि विद्यालय जाँदा देखेका र सुनेकादेखि अहिले घरबन्दीमा घरभित्र बसिरहँदा गरेका , बुझेका र सुनेका कुरा पालैपालो सुनाउँछन् ।  

सबैका कुरा सबैले सुन्नुपर्ने नियम बनाएका बनाएका छन् । नियमलाई जम्मै जनाले बराबरी पालना गर्ने कुरा हजुरबा–हजुरआमा र बाआमाले पनि भनिसक्नुभएको छ । यसले तिनीहरूलाई खुसी तुल्याएको छ ।

“बन्दाबन्दी नखुलेसम्म यो नियम लागु हुन्छ ” हजुरआमाले भन्नुभएको छ । यो कुरालाई हजुरबा तथा बाआमाले पनि समर्थन गर्नुभएको छ । नियम आफूले बनाएकाले तिनै जना रमाएका छन् ।  

हजुरबा , हजुरआमा र बाआमाले दैनिक केही न केही  नयाँ सिकाउनु वा सुनाउनुपर्ने नियम छ । यसकारण पहिले कहिल्यै नसुनेका , नजानेका र नदेखेका धेरै कुरा तिनीहरूले अचेल जानेका र बुझेका छन् ।  

“ तपाईहरूले यस्ता धेरै कुरा कहिल्यै बताउनुभएको थिएन। ” एकदिन वसन्तीले सबैको अगाडि मुख खोली ।  

“ सँगै बसेर खाजा र खाना पनि त खाएका थिएनौँ ” बहिनीले थपी ।  

“ मैले त हजुरबा र बाको काखमा बस्न पनि पाएको थिइनँ । आहा ! अहिले त कति मजा सधैँ बस्न पाइन्छ ” भाइले भन्यो ।  

“ मेरो नातिले ठीक भन्यो ” हजुरबाले उसको टाउको मुसार्दै भन्नुभयो ।  

“ हामीले चाहिँ ठीक भनेनौ  हजुरबा ? ” वसन्तीका दिदीबहिनीले एकै आवाजमा सोधे ।  हजुरबाले मुसुक्क हाँस्दै उनीहरूलाई पनि आफ्नो छेउमा तान्नुभयो । भाइ काखमा र दिदीबहिनी दायाँबायाँ बसे ।  

“ आहा ! कति रमाइलो ? ” भाइले भन्यो । हजुरबा हजुरआमा र बा–आमा केही बोल्नु भएन । उहाँहरू सबैका आँखा तिनीहरूतिरै थियो ।  

“ स्कुल जान नपाएर के भयो त ? घरमा कति धेरै कुरा सिकियो ” बहिनीले हाँस्दै भनी ।  

“ सबै राम्रो भएपछि पढ्न सकिहालिन्छ नि । अहिले कुनै चटारो छैन । हजुरबा यो बन्दाबन्दीले गर्दा मैले त धेरै कुरा सिकेँ ” वसन्तीले भनी ।  

“मैले पनि हो” बहिनीले थपी ।  

“ अनि मैले पनि हो नि । ओहो ! मेरो नाम त तपाईहरूले लिनु नै भएन ” भाइले ठुस्कँदै भन्यो ।  हजुरबा हजुरआमा र बा आमा हाँस्नुभयो ।  

“ यति धेरै कुरा जान्न,बुझ्न र सिक्न बन्दाबन्दीले सिकायो ।  त्यसकारण उसलाई धन्यवाद दिऊँ ” बहिनीले दिदीतिर हेरेर हेर्दै भनी । वसन्तीको नजर हजुरबाहजुरआमा  र बाआमातिर पुग्यो ।

“ म एउटा कुरा भनौँ ? ” भाइले हजुरबाको काखबाट जुरुक्क उठेर सोध्यो ।  

“ भन न भन ” हजुरआमाले उसको हात खेलाउँदै भन्नुभयो ।  

“ हुन्छ  ” हजुरबाको टाउको पनि हल्लियो । बाआमा हाँस्नुभयो तर बोल्नु भएन ।  

“ दिदीले भनेझैँ  यस्तो खुसी र धेरै सिक्ने मौका दिने उसलाई  धन्यवाद दिँदै अब कहिले पनि मानिसलाई दुख दिन नआ भनी वाइवाइ गरौँ ” भाइले प्रस्ताव राख्यो ।  

“ राम्रो कुरा ग¥यो भाइले ”  दिदीहरूले हाँस्दै ताली बजाए ।

“ आहुई ,  हा हा कति मज्जा ” भाइ पनि मज्जाले हाँस्यो ।

हजुरबाहजुरआमा अनि बाआमाले उनीहरूको खुसीलाई चूपचाप बनेर हेर्नुभयो । 
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस