अस्ताए सारंगीका सर्जक धनबहादुर
१२ माघ २०७७
•
३ मिनेट पाठ
अस्ताए सारंगीका सर्जक धनबहादुर
सारंगी बजाउँदै स्वर्गीय धनबहादुर गायक । तस्बिर सौजन्यः राधिका कँडेल
‘करिमले लाएको डोरो, डोरो चुँड्यो.....




करिमको डोरो चुँडियो । ५९ वर्षिय धनबहादुर गायकको धर्ती चोलाको डोरो सोमबार विहान सदाको लागि चुँडियो । लोक संगीतका स्रष्टालाई पोखरेलीले गुमायो । लोकगीतको  क्षेत्रमा अपूरणीय क्षति हुन पुग्यो ।  

‘यो दाजुको मिरमिरे आँखा

कस्तो मेरो विगा¥यो दिमाख’  

मर्मस्पर्शी गीतका सर्जन धनबहादुर गायकले आईसियुकै बेडबाट जीवन त्यागे । केही दिन अघि मात्रै उच्च रक्तचापबाट पीडित गायक पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए । तर उपचारकै क्रममा अस्पतालको शैथ्याबाट गायक कहिल्यै नउठ्ने गरी निदाए ।  

२०३८–३९ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो त्यो गीत (यो दाजुको मिरमिरे आँखा)। जुन गीतलाई स्व. पाण्डव सुनुवारले पहिला पटक स्वर दिएका थिए । त्यसपछि प्रवीण गुरुङले गायककै स्वीकृतिमा दोस्रो पटक आफनो स्वर दिएका थिए । भर्खरमात्रै पोखरा महानगरपालिकाबाट सेवा निवृत्ति भएका गायक कुशल वाद्यवादक पनि हुन् । महानगरकै जागिरे जीवनमै उनले पोखराको संगीत प्रशिक्षण केन्द्रमा झण्डै एकदशक लामो समय संगीत प्रशिक्षकको रुपमा बिताएका थिए ।  

‘सारंगी संरक्षण अभियान्ताकोको रुपमा सक्रिय थिए,’ पोखरेली युवापुस्ताका गायक विनोद बानियाँले सम्झिए, ‘हराउँदै गएको सारंगी बजाउन युवाहरुलाई प्रेरित गर्नुहुन्थ्यो । सिकाउनुहुन्थ्यो ।’सारंगी पाठशाला नै स्थापित गरेका थिए ।’  

बेली र चमेली......

उनका झण्डै दुर्जन लोक भाकाका गीत सिर्जना गरेका थिए । झलकमान गन्धर्व प्रतिष्ठानमार्फन उनले पछिल्लो समय युवापुस्तालाई सारंगी रेट्न सिकाउने गरेका थिए । संगीतकर्मी समेत रहेका उनी पछिल्लो समय युवापुस्तालाई सारंगी तथा मादल बजाउन निकै नै हौस्याउँथे ।  

बालबालिकालाई सारंगी रेट्न सिकाउँदै गायक । तस्बिर सौजन्यः राधिका कँडेल
धनबहादुर गायकलाई चिन्ने संगीतकर्मीका अनुसार उनमा सरलपन थियो । सारंगीबाटै मालाश्री धुन बनाउन माहिर थिए । उनको कलाकारिताको यात्रा भने डाँफे कला मन्दिर पोखराबाट शुरु भएको थियो । ‘संगीत प्रशिक्षण केन्द्रमा एक दशक प्रशिक्षकको रुपमा विताउनुभयो,’ संगीत प्रशिक्षण केन्द्रका महासचिव यमडी काफ्लेले भने, ‘अन्त्यै सरल स्वभावका संगीतका अभिभावक गुमायौं ।’  

‘डाँफे कला मन्दिरदेखि संगीत प्रशिक्षण केन्द्र, झलकमान गन्धर्व, सारंगी पाठशाला र पोखराको रहेक जस्तो सांगीतिक गतिविधिमा उनको संलग्नता रह्यो । २०७६ को विजयी दशमीको अवसरमा गन्धर्व समूहबाट विन्ध्यवासिनी बाटिकामा नवरात्र भर सारंगीबाट मालाश्री धुन बनाउने कुरामा हामीले सहकार्य गरेका थियौं । हँसिलो, मिजासिलो र फुर्तिलो धनबहादुर एक कुशल र असल संगीतकर्मी थिए । उनको असामयिक अवसानले पोखराको सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ पोखराका वरिष्ठ सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।  

फूल माया मा नभुल.....

गायकको सोमबार अन्येष्टिको तयारी गरिँदै । तस्बिरः उमेश पुन÷नागरिक 
उनको यो अर्को सधै मन मष्तिस्कमा गुन्जने गीत हो । महानगरपालिकाबाट गत बैशाखमा लकडाउनकै समयका सेवाबाट अवकाश प्राप्त भएका थिए । सेवाबाट अवकाश भएपछि गन्धर्वको ध्यान सारंगी संरक्षण अभियानमा जुटेका थिए । पोखरा–१६ बाटुलेरचौरमा जन्मिएका गायक झण्डै चारदशक अघि पोखराकै फेवाताल किनार बैदाम(लेकसाईड) सारंगी रेट्नमा पुग्ने गरेको इतिहास छ । ‘लोकगीतसँगै सारंगी र मादल वाद्यवादकका सर्जन नै हुन,’ उनका आफन्त हर्क गायकले भने, ‘उहाँलाई प्रेसरले हान्यो । अस्पतालमा उपचार हुदाँहुदैं निधन भयो ।’  

उनी हिमाली साँस्कृतिक परिवारका सदस्य समेत थिए । २०२१ साल बैशाखमा जन्मिएका गायकका दुईछोरा र एक छोरी तथा श्रीमती छन् । उनको सोमबार नै धार्मिक विधी अनुसार अन्त्येष्टी गरिएको छ ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२६ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस