काठमाडौं– डान्सर तीन प्रकारका हुन्छन्। पहिलो सौखिन डान्सर, जो मनोरञ्जनका लागि नाच्छन्। दोस्रो व्यावसायिक डान्सर, जो पैसाका लागि नाच्छन्। र, तेस्रो प्रोफेसनल डान्सर, जसको आफ्नै पर्टिकुलर डान्स हुन्छ। जसले एउटै थिममा नाच्ने कला सिकेको हुन्छ। आफूलाई तेस्रो दर्जामा राखेर हेर्छन् सत्यम श्रेष्ठ। बाल्यकालदेखि नाच्न रुचाउने सत्यम अहिले नाचलाई पेसा बनाएका छन्।
'स्कुलदेखि नाच्ने मेरो बानी कलेजसम्म निरन्तर चलिरह्यो,' उनले बाल्यकाल सुनाए, 'अवार्ड पाउँदा हौसला बढ्थ्यो, नृत्य सिकेरै केही गर्छु भन्ने लाग्यो।' नृत्यतर्फको लगावले अध्ययन सिलसिलामा उनी बलिउडका ख्यातिप्राप्त कोरियोग्राफर टेरेन्सको डान्स कम्पनी मुम्बईमा पुगे। 'नृत्य सिक्न टेरेन्सको कम्पनी पुग्दा शुल्क सुनेरै अत्तालिएँ,' उनले भने, 'लगनशीलता भए जे पनि राम्रो गर्न सकिन्छ भन्ने सोचेर सामान्य डान्स कम्पनीमा भर्ना भएँ।' कन्टेम्पोरी सिक्ने इच्छा राखेका सत्यम ज्याजमा फिट भए। सिक्दै गर्दा धेरै स्टेज शोमा नाच्ने मौकासमेत उनले पाए। त्यही कलाले उनलाई बलिउडमा काम गर्ने अवसर दिलायो। इम्तियाज अलिको 'रकस्टार'का केही दृश्यमा उनले सहायक कोरियोग्राफरको रूपमा काम गर्ने अवसर पाए।
कडा लगनशीलताले बलिउडमा काम पाउन थालिसकेका सत्यम आफ्नै देशमा केही गर्ने इच्छाले १० महिनाअघि मुम्बईबाट नेपाल फर्किए। उनले तत्कालै ललितपुर मोक्षमा 'दी डान्स स्टुडियो' खोले। त्यही स्टुडियोमार्फत् उनले ज्याज थिमलाई नेपाल भित्र्याउने प्रयासमा छन्।
उनको नयाँ थिम ज्याजलाई अनुप बरालको निर्देशन रहेको चलचित्र 'फिटकिरी'मा देखाउने अवसर पाए। नेपालमै नचलेको डान्स थिम नेपाली चलचित्रमा ल्याउँदा उनी जति खुसी छन्, त्यति नै चुनौती थपिएको आभास गरेका छन्।
उनी भन्छन्, 'डान्सर भनेको चिकित्सकीय डाक्टर हो। डाक्टरले जसरी मानव शरीरको कुनै एक अंगबारे दक्षता हासिल गरेको हुन्छ। डान्सर पनि आ–आफ्नो क्षेत्रमा दक्षता पाएका हुन्छन्।’ 'शास्त्रीय, साल्सा, कन्टेम्पोरेरी, बी बोइङ, ज्याज, साम्भालगायत डान्सको आफ्नै विशिष्टता हुन्छ,' उनले भने।
नेपालमा पनि धेरैले प्रोफेसनली डान्सर बन्न चाहेको उनी सुनाउँछन्। 'धेरै मान्छे छन्, जो प्रोफेसनली डान्सर बन्न चाहन्छन्,' उनले भने, 'टेक्निकली सिकाउनेको कमीले त्यो पूरा हुन सकिरहेको छैन।' राम्रो स्कुलिङको अभावमा थुप्रै युवाले इन्टरनेट, युट्युबबाट नृत्य सिक्ने गरेको उनले भेटेका छन्।
'सामान्यतः डान्समा केटाकेटी हुने, दुवैको लभ पर्ने अनि रोमान्स गर्ने भनेर बुझ्छन्,' उनी सुनाउँछन्, 'तर डान्स त्यो होइन, डान्स भनेको स्टोरीटेलिङ हो, डान्स एरा हो, डान्स फिल हो।' नाचले कुनै कथा चित्रण गर्नुपर्छ भन्ने सत्यम डान्समा १० प्रतिशतमात्र डान्स हुने बताउँछन्। 'बाँकीले एउटा कथा बोकेको हुन्छ, त्यो दर्शकले बुझ्नेगरी देखाउन सक्नुपर्छ।' उनले भने, 'डान्स त कला हो। कला प्रदर्शन गर्न डान्सको टेक्निक्स बुझ्न जरुरी छ।'