कंकाल
१५ माघ २०७७
•
२ मिनेट पाठ
कंकाल
किनकिन उनलाई कंकालकै संझना आउँछ। दिनमा रातमा अनि काममा। उनी विज्ञान शिक्षक । विद्यालयमा जान्छन्। कक्षामा पस्छन्। देख्छन् लस्करै विद्यार्थीहरू बसेका। एउटा मानव कंकाल प्रयोगशालावाट बोकेर ल्याउँछन् कक्षामा। अगाडि सेतो बोर्डको माथितिर रहेको काँटीमा झुण्याउँछन् त्यसलाई । अनि खप्परका हड्डीहरू चिनाउन थाल्छन्। क्रानियम र फेसियल बोन। फ्रन्टल, पेराइटल, इदमोइड, अक्सिपेटल आदि। फेरि छातीको हाड स्टर्नम र रिब्सहरू। 




तिनीहरू पनि ट्ररिब्स, फ्लटिङ रिब्स, फल्स रिब्स। न नेपाली नाम छ न त बुझिने सजिलो नाम। बुझाउनै अप्ठेरो । कंकाल हल्लिन्छ। त्यसका तल र माथितिरका दाँतहरू अनायास उघारिन्छन् । कंकाल खिस्स हाँस्छ। मेँडिवल र मेक्सिला हल्लिएको देखेर विद्यार्थी  पनि खितितिती हाँस्न थाल्छन्। उनले विद्यार्थीहरू हेर्छन् देख्छन् अस्थिपञ्जरहरू। कति मजाले मिलेर बसेका लहरमा। केटा र केटीका अलगअलग समूहहरू।

फेरि कंकाल समाउँछन् उनी। ढाडका हाडहरूको अध्याय सुरु हुन्छ। भर्टेब्रल कोलम। सबैभन्दा सानो हड्डी कानभित्र रहेको स्टेप्सदेखि सबैभन्दा ठूलो तिघ्राको फिमरसम्मको  कथा सिद्याउँछन्। सानो फुच्छरको कोकिक्सदेखि औंलाका फालेङ्ससम्म खरर भन्छन्। विद्यार्थीका अघि निकै ज्ञानी कहलाउँदै बाहिरिन्छन् कक्षाबाट । शिक्षक कक्षामा पुग्छन्। देख्छन् कंकालै कंकालका समूहहरू। कोही गफमा जमेका । कोही पढ्दै गरेका, कोही  हाँसेका। कक्षाकोठामा उनले विद्यार्थीको  अगाडि बोर्डमा झुन्डयाएर राखेको त्यो कंकालको संझना आउँछ। खिस्स हाँसिरहेजस्तो कंकाल। महिलाहरूको केही चौडा पेल्भिक र पुरुषका साँगुरा पेल्भिक । सबै देख्छन् स्टाफ रुममा।

सब्जी बजार पुग्छन। निकै भीड थियो बजार । मानिसहरू एकले अर्कोलाई धकेल्दै अघि बढ्दै गरेका देखिन्थे। सबै मानिसलाई कंकालहरूको रूपमा देख्न थाल्छन् उनी। कंकाल बाहिरको छालामासुको आवरण र बनावटी झिल्के कपडाहरू ।

उनलाई लाग्छ, कंकालरूपी कंगाल मानिसहरू त्यहाँ छन्। उनी घरमा आउँछन् ,खाना खान्छन्।  माघको चिसो रातमा उनको निद्रा हराएको छ। पन्ध्र वर्षअघि हराएका उनका पिताको जंगलमा जिङरिङ्ङ परेको अस्थिपञ्जर फेला परेको सम्झिन्छन्। सपनामा उनका पिताजीको त्यही जिङरिङ्ङ परेको कंकालले भनिरहेको थियो– बाबू, मेरो हत्यारा तेरो राज्यले पत्ता लगायो !  
अर्को समाचार
जब एक पुरुष मृत बहिनीको कंकाल बोकेर बैंक पुगे...
१५ वैशाख २०८३
•
१ मिनेट पाठ
जब एक पुरुष मृत बहिनीको कंकाल बोकेर बैंक पुगे...
भारत ओडिशाको केओंझारमा सोमबार एउटा अचम्मलाग्दो घटना घटेको छ। एक आदिवासी पुरुष जितु मुन्डा आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंकमा पुगे। कंकाल देखेपछि बैंकमा खैलाबल्ला मच्चियो।




जितु आफ्नी बहिनी कालरा मुण्डाको खाताबाट २० हजार भारतीय रुपैयाँ निकाल्न चाहन्थे, र त्यसो गर्न उनी धेरै पटक बैंक गए। तर, कर्मचारीहरूले उनलाई खातावालालाई नै ल्याउन भनेर पठाइदिन्थे।

जितुले कालाराको मृत्युको बारेमा बैंकलाई पहिले नै जानकारी गराइसकेका थिए। निराश भएका उनले बैंकबाट कुनै सहयोग पाएनन्। उनले चिहानबाट कंकाल निकालेर बैंकलाई बुझाए।

आफ्नी बहिनीको कंकाल काँधमा बोकेर जितु लगभग तीन किलोमिटर हिँडे। त्यसपछि, उनले त्यो कंकाललाई मल्लीपासीमा रहेको ओडिशा ग्रामीण बैंक शाखाको बरन्डामा राखे। त्यहाँ रहेका मानिसहरू छक्क परे।

प्रहरीका अनुसार जितु अशिक्षित थिए र कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ थिए। स्टेशन हाउस अफिसर किरण प्रसाद साहुले भने, 'जितुलाई कानुनी उत्तराधिकारी वा मनोनीत व्यक्ति के हो भन्ने थाहा छैन। बैंकका अधिकारीहरूले पनि उनलाई मृतकको खाताबाट पैसा निकाल्ने प्रक्रिया बुझाउन सकेनन्।' प्रहरीले जितु मुन्डालाई उनकी मृतक बहिनीको बैंक खाताबाट पैसा निकाल्न मद्दत गर्ने आश्वासन दियो। पछि प्रहरीको उपस्थितिमा शवलाई चिहानमा पुन: गाडियो।

डियानाली गाउँका बासिन्दा जितु मुण्डाले बैंकमा ल्याएको कंकाल उनकी जेठी बहिनी कालरा मुण्डा थिइन्। कालराको मृत्यु जनवरी २६, २०२६ मा भयो। कालरा मुण्डाको बैंक खातामा मनोनीत उनका पति र छोराको पनि मृत्यु भइसकेको छ। त्यसैले, जितु मुण्डा उनीहरूको नाममा जम्मा भएको पैसाको एक मात्र दाबीकर्ता हुन्। आर्थिक कठिनाइका कारण यो पैसा उनीहरूका लागि महत्वपूर्ण थियो र बाँच्ने माध्यम मानिन्थ्यो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस