हिँड्नेलाई थाहा हुन्छ पैतालाको कथा, जो निरन्तर हिँडिरहेछ,
चढ्नेलाई थाहा हुन्छ शिखरको कथा, जो अविराम चढिरहेछ ।
मलाई एउटा पुस्तक देऊ न जहाँ जीवनका कथा पढूँ,
मलाई बलिया पैताला देऊ न सङ्घर्षका शिखर चढूँ ।
जित्नेलाई थाहा हुन्छ सङ्घर्षको कथा, जो अविराम जितिरहेछ ।
मलाई खाली कपी देऊ न जहाँ प्रकृतिका रङ भरूँ,
मलाई विशाल आत्मविश्वास देऊ न कठिनमा पनि अघि सरूँ,
पुज्नेलाई थाहा हुन्छ मन्दिरको कथा, जो सधैँ नै पुजिरहेछ ।