व्यवहार
२७ माघ २०७७
•
१ मिनेट पाठ
व्यवहार
तल्लाघरे  मुखियालाई  भ्याई – नभ्याई छ । अनेकौं सभा सेमिनार , अन्तरक्रिया र गोष्ठीमा  पुग्नुपर्ने समाजका  प्रतिष्ठित वाम बुद्धिजीवी । दुई तिहाईको ऐतिहासिक सरकार भएको यो गौरवपूर्ण क्षण । समाज बदल्ने , समानता, न्याय, थिचोमिचो, पहिचान, महिला हकहित र  बाल संरक्षण । कतिकति मुद्धाहरू ।  अब जनताका दिन आए । हामी बाम पन्थीहरूले  आफ्नो व्यवहार नबदली समाज बदलिँदैन । यसको सुरुवात आफ्नो घरबाट , आफ्नो टोलबाट , आफ्नो स्थानीय राजनीतिक इकाईबाट सुरु हुनुपर्छ । तालीका पर्राहरू छुटे । 




मुखिया हाईहाई सबले  स्वरमा स्वर मिलाए । चार दिनसम्मको भव्य विचार  गोष्ठी  सकियो। सबैले आफूभित्र ठुलो परिवर्तन भएको महसुस गर्दै घर फर्किए।

ठुलो वैचारिक क्रान्ति सकेर घर टेक्न के पाएका थिए ।  घरमा काम गर्न राखिएको  चौध बर्से गोरे धुनुपर्ने डङ्गुर लुगा त्यत्तिकै  छाडेर आफ्ना छोराछोरीसंगै  कार्टुन हेरिरहेको थियो ।

तँलाई  मुर्दार , आफ्नो काम नगरी  मेरा नानीहरूसँग जोडिएर  टिभी हेर्ने भन्दै गालामा  दुई चड्कन बजाए । 

बिचरो केटो तिर्मिराउँदै ढल्यो । त्यो अप्रत्यासित रोद्र रूप  देखेका कलिला उनकै बालबालिकाले तुरुक्क आँसु चुहाउँदै  मुखियालाई त्यसो नगर्न अनुरोध गरिरहे।

 हाल– संयुक्त अधिराज्य बेलायत

अर्को समाचार
सफाइ श्रमिकको गुनासो: फोहाेरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ
२३ साउन २०७९
•
८ मिनेट पाठ
सफाइ श्रमिकको गुनासो: फोहाेरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ
धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कनछन्। विगत तीन वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ। बिहान ६ बजे मध्यपुरथिमि–५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गर्‍यो। अनि ट्रयाक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने।




उनी मात्रै होइन, उपत्यकामा फोहर सङ्कलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको निजी कम्पनी नेप्सेम्याकको भक्तपुरस्थित शाखा कार्यालयमा फोहर सङ्कलनमा खटिने ६९ जनाको दिनचर्या यसैगरी बित्छ। सामान्य  मास्क र पञ्जा त  छ नै तर फोहरबाट हुन सक्ने सङ्क्रमण रोक्ने कपडा भने छैन। न घाम, न पानी, न चाडपर्व। कुनै पनि कठिनाइको प्रवाह नगरी निरन्तर नगर सफा बनाउन लागि परेका सफाइकर्मीको जीवन भोगाइ भने पीडादायी छ।  

कोरोना महामारीको समयमा सरकारले ‘लकडाउन’ गर्‍यो। सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित भए। सबै नागरिकलाई घरभित्रै सीमित गरियो। तर अत्यावश्यक सेवा मानिएको फोहर सङ्कलन र व्यवस्थापनमा कुनै रोकतोक भएन। फोहाेर सङ्कलनका लागि घरघर पुग्दा उल्टै आफूहरूमाथि कोरोना सङ्क्रमण लिएर आएको भन्दै दुव्र्यवहार गर्ने गरेको थुप्रैको दुखेसोसहितको तीतो अनुभव छ।  

घर, टोल, यत्रतत्र छरिएका फोहरको व्यवस्थापन गरेर शहरलाई स्वच्छ र सुन्दर बनाउने सफाइकर्मीमाथि गरिने हेला र तिरस्कारले मावन सभ्यतालाई नै गिज्याइरहेको उनको गुनासो छ। फोहर सङ्कलनमा खटिनेमाथि गरिने दुव्र्यवहारले नेपालीको पहिचानका रूपमा स्थापित हार्दिकतालाई चुनौती दिएको छ। गुरागाईं भन्छन्, 'बिहान उठेर कोठामा चिया खाएर खानाको पोको बोकेर कार्यालय आउँछौँ, खाना त्यही राखेर आफ्नो क्षेत्रमा फोहर सङ्कलन गर्न हामी निस्कन्छौँ। टोल बस्तीमा सिठ्ठी फुक्दै जान्छौँ, फोहर घर बाहिर निस्कन्छन, हामी टिपेर ट्र्याक्टर, ट्रकमा हालेर ल्याउँछौँ, यो हाम्रो दैनिकी नै हो।'

फोहाेर सङ्कलनमा बिहान भोकै निस्कने श्रमिक फोहाेर सङ्कलन गर्ने क्रममै भोकै हुन्छन्। फोहाेर सङ्कलनका क्रममा खाजा खाने अवस्था पनि रहँदैन। गुरागाईँका अनुसार फोहाेर लिएर कार्यालयमा आएपछि बल्ल खानाको मेसो मिल्छ। कहिले त सडक जाम हुँदा फोहाेर लिएर आइपुग्दै दिन बित्छ, त्यतिखेरसम्म भोकै बस्नु पर्छ। 'तर सभ्य मानिसको असभ्य व्यवहार देखेर दिक्क लाग्छ', उनले भने।  

दोलखा घरभई कमलविनायक बस्दै आएका ३१ वर्षीय भीमकुमार थामीका अनुसार सफाइकर्मी श्रमिक बिहान ६ बजे आ–आफ्नो तोकिएको क्षेत्रमा फोहर सङ्कलनका लागि गइसक्छन्। कतिपय ठाउँको फोहाेर धेरै हुँदा दोहोर्‍याएर जानुपर्छ। फोहाेर सङ्कलनमा जाँदा अलि ढिला भयो भने कतिपयले अभद्र व्यवहार गर्न भ्याइहाल्छन्। थामी भन्छन्, 'सभ्य समाजका सभ्य मानिस हजुर, तर हामीप्रति कोहीकोही त साह्रै असभ्य व्यवहार गर्छन्। फोहाेर उठाउने मानिस त मानिस नै होइनन्, यी तल्लोस्तरकै हुन् भन्ने व्यवहार गर्दा कहिलेकाँही यो मन साह्रै दुख्छ।' उनलाई फोहाेरको गन्धले भन्दा पनि घरधनीको व्यवहारले मन पोल्छ।

विगत पाँच वर्षदेखि फोहाेर सङ्कलन गर्दै आएका भोजपुर घरभई निकोसेरा बस्ने तीलकबहादुर रम्तेल फोहर सङ्कलन गर्दा होस् वा फोहाेर बोकेर फर्कने क्रममा होस् सभ्य र शिक्षित मानिसको अशिक्षित व्यवहारबाट प्रताडित छन्। उनी भन्छन्, 'फोहाेर बोकेर फर्केको गाडीलाई अरु निजी गाडीले बाटो दिँदैनन्, हेप्छन् हामीलाई। फोहाेरमा काम गर्ने मानिस त मानिस नै हैन जस्तो गर्छन्, कतिले त मुखै छाडेर गाली गर्छन्। तैपनि हामी सहेर काम गर्छौँ, उनीहरूसँग केही बोल्दैनाैं।'

विगत १० वर्षदेखि फोहर सङ्कलनकै काम गर्दै आएका इलाम घरभई कटुञ्जे बस्ने ३९ वर्षीय जीवन राईको गुनासो पनि उस्तै छ। फोहाेरमैलामा काम गर्ने पनि फोहरी हुन् भन्ने व्यवहार गर्ने गरेको भन्दै कतिपयले खाउँला झै गरेर गाली गर्ने गरेको घटना सुनाउछन्।

ओखलढुङ्गा घरभई नेप्सेम्याकको कार्यालयमै बस्दै आएका ठगबहादुर दर्जी खान हुने र नहुने छुट्ट्याएर खान सक्ने तर कुहिने र नकुहिने फोहाेर छुट्ट्याउन किन नसकेका होलान् भनी अचम्मित छन्। कतिपयले कुहिने र नकुहिने फोहाेर एकै ठाउँमा राखिदिन्छन्। कतिपयले भने घरभित्रको फोहाेर सडकमा ल्याएर फालिदिन्छन्। 'फोहाेर छरेर राखिदिने, कुहिने र नकुहिने नछुट्याउने, फलाम, सीसासमेत एकै ठाउँमा राखिदिने फोहरको सङ्कलन र व्यवस्थापनमा जोखिम हुने गरेको छ', उनले भने।

मानिसले घर अगाडि जथाभाबी फोहाेर राखिदिँदा कतिपय ठाउँमा कुकुरले छरेको फोहाेरसमेत टिप्नुपर्ने उनको गुनासो छ। बधशालाका फोहर र हड्डीको व्यवस्थापनमा पनि समस्या छ। ती फोहाेर जथाभावी गरिदिँदा सङ्कलनमा पनि कठिनाइ आइरहेको सफाइकर्मीको भनाइ छ। भान्छामै कुहिने र नकुहिने फोहाेरको वर्गीकरण गरेर नागरिक दायित्व पूरा भइदिए फोहाेर सङ्कलन र व्यवस्थापनमा कुनै समस्या नआउने दर्जीको बुझाइ छ।

काम असमान्य, सुविधा सामान्य!

फोहाेर सङ्कलन र व्यवस्थापनको काम निकै संवेदनशील हो। सफाइकर्मी विविध प्रकृतिको फोहाेरसँग दिनहुँ जुध्नुपर्छ। फोहरबाट अनेकौँ रोगका सङ्क्रमण हुन सक्ने उत्तिकै सम्भावना हुन्छ। सफाइ मजदूरले उचित सावधानी अपनाउनुपर्ने हुन्छ। व्यवसायजन्य रोगको सम्भावनालाई नकार्न सकिँदैन। सफाइकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था हुनुपर्छ। तर उपत्यकाका सफाइ श्रमिक सामान्य स्वास्थ्य सुरक्षाको प्रबन्धका बीच फोहाेर व्यवस्थापन गर्न बाध्य छन्।  

उपत्यकाभित्र काठमाडौँ महानगरपालिकाका सबैभन्दा धेरै सफाइ श्रमिक छन्। कामपामा सरकारी ६ सय र निजी क्षेत्रका तीन हजार बढी सफाइकर्मी दिनरात नभनी सफाइमा जुटिरहेका छन्। तर उनीहरूले पाउने सेवा सुविधा भने सीमित छ। कामपाले फोहाेर व्यवस्थापनसँग सम्बन्धित कर्मचारीलाई स्थायी कर्मचारीसरहका सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ। महानगरले त्यसबाहेक वार्षिक तीन महिनाको अतिरिक्त तलब उपलब्ध गराउँछ। फोहाेर व्यवस्थापनमा संलग्न सम्पूर्ण कर्मचारीको जीवन बीमासमेत गरिएको छ।  

उपत्यकाको फोहर व्यवस्थापनमा संलग्न निजी क्षेत्रमध्येको ठूलो कम्पनी नेप्सेम्याक सफाइ श्रमिकलाई उचित सेवासुविधा दिइएको दाबी गर्छ। नेप्सेम्याकका शाखा प्रबन्धक बाबुराम चौलागाई फोहर सङ्कलनमा संलग्नलाई उचित पारिश्रमिकका साथै बिरामी, साप्ताहिक, सुत्केरी, किरिया बिदाका दिइएको बताउँछन्। नेप्सेम्याकले त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराएको छ। त्यसका अतिरिक्त फोहाेर सङ्कलनमा जाँदा बिरामी भए उपचार गरिदिने, बुठ, पञ्जा, मास्कको व्यवस्था गरेको कामदार बताउँछन्। कर्मचारीलाई कम्तीमा मासिक २१ हजारका दरले तलब र आठ घण्टाभन्दा बढी समय काम गरेमा अतिरिक्त भत्ता दिन्छ। 

कुहिने र नकुहिने फोहाेर छुट्ट्याएर राखिदिए सङ्कटको बेलामा पनि कुहिने फोहाेर सङ्कलन गरेर लैजान सकिने र नकुहिने फोहाेर दुई महिनासम्म घरमै राख्न सकिने चौलागाईंको भनाइ छ। नेप्सेम्याकले यसतर्फ काम गरिरहेको छ।

सम्बन्धित पालिकाले नै ल्याण्डफिल साइडको व्यवस्था गरेर जथाभावी फोहाेर फाल्नेलाई कारबाही गर्ने र सफा टोल बस्तीलाई नमूना बनाउन नागरिकलाई प्रेरित गरे फोहाेर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ। कुहिने फोहाेरलाई घरमै कम्पोष्ट मल बनाएर खेतीबारी, कौशी खेती, फूलको गमलामा प्रयोग गर्न सकिन्छ। फोहाेरलाई मोहरमा रुपान्तरण गर्ने तालिम र प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारसँग समन्वय गरिरहेको उनले बताए।

सूर्यविनायकको मनोरम प्रगति बस्तीका एक हजार घरले कुहिने र नकुहिने फोहाेर छुट्याएर फोहाेर व्यवस्थापनमा नमूना प्रस्तुत गरेका छन्। त्यहाँका प्रत्येक घरलाई वार्षिक पाँचकिलो कम्पोष्ट मल निःशुल्क दिने गरेको र त्यही नमूनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ। भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहाेरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारिएको छ।

नेप्सेम्याकका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले आफ्नो कम्पनीमा मात्रै फोहाेर सङ्कलनमा ६९ जना, सडक सफाई गर्ने चार महिला र अन्य कर्मचारी गरी एक सयभन्दा बढी जनशक्ति भक्तपुरमा परिचालन गरिएको बताए। नेप्सेम्याकले सूर्यविनायक नगरपालिकामा आठ हजार ६९, चाँगुनारायण नगरपालिकामा दुई हजार नौ सय ६९, मध्यपुरथिमि नगरपालिकामा तीन हजार नौ सय २४, भक्तपुर नगरपालिकामा ४१ गरी भक्तपुर जिल्लामा मात्रै १५ हजार दुई सय घरबाट फोहाेर सङ्कलन गर्ने गरेको छ।

नेप्सेम्याकले दैनिकरुपमा सूर्यविनायक नपाबाट ३०, चाँगुनारायण नपाबाट २० र मध्यपुरथिमि नपाबाट २५ टन फोहाेर सङ्कलन गर्दै आएको छ। अन्य संस्थाले करिब ७० टन गरी दैनिक एक सय ५० टन फोहाेर सङ्कलन गर्दै आएका छन्। संस्थाले एक हजार तीन सय घरबाट छुट्टिएका कुहिने फोहाेरलाई कम्पोष्ट मल बनाउने गरेको र मासिक आठ टन मल उत्पादन हुने गरेको उनी बताउँछन्। फोहाेर सङ्कलनका लागि प्रतिघरबाट सङ्ख्याको आधारमा मासिक दुई सय ५० देखि चार सय ५० सम्म शुल्क लिने गरेको छ।

फोहाेर सङ्कलनमा निजीकै भर, नियमनमा कठिनाइ

उपत्यकाका अधिकांश नगर फोहाेर सङ्कलनमा निजी क्षेत्रकै भरमा छन्। सबैभन्दा धेरै निजी क्षेत्रलाई सहभागिता गराएको काठमाडौँ महानगरपालिकाले फोहर सङ्कलन गर्ने नीति क्षेत्रसँग कुनै सम्झौता गरेको छैन। सफाइसँग सम्बन्धित निजी क्षेत्रले आआफ्नै पहलमा क्षेत्र तोकेर फोहर सङ्कलन गर्ने गरेका छन्। सम्झौता नहुँदा ती संस्थाको कामकारबाहीको नियमनमा समस्या देखिएको छ।

फूलबारीले सूर्यविनायक मध्यपुरथिमिबाट आठ हजार पाँच सय, स्वच्छ वातावरण सिर्जना केन्द्रले तीनवटै नपाबाट पाँच हजार पाँच सय, विन्दवासिनी स्यानेटेरी प्रालिले एक हजार एक सय, सिर्जनशील सेवा प्रालिले मध्यपुरथिमिबाट पाँच सय र दिव्यश्वरी सहयोगी हातले मध्यपुरबाट दुई हजार घरबाट फोहर सङ्कलन गर्दै आएको छ। भक्तपुर जिल्लामा निजी कम्पनी र नगरपालिकाको फोहर सङ्कलक, कुचिकार र अन्य गरी करिब आठ सय मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको निजी कम्पनीको दाबी छ।

मध्यपुरथिमि नगरपालिकाका सामाजिक सेवा शाखाका प्रमुख तुलसीभक्त तकोले मध्यपुरथिमिको फोहर नेप्सम्याकलगायत संस्थाले सङ्कलन गर्दै आएको र केही ठाउँमा नगरपालिका आफैँले पनि सङ्कलन गर्ने गरेको बताउँछन्। मध्यपुरमा चार पुरुष र १४ महिला गरि १८ जना सफाइ मजदुर र दुई जना फोहर सङ्कलक परिचालित छन्।

सूर्यविनायक नगरपालिकाले भने निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिएको छ। नगरपालिका आफैँले फोहाेर व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको प्रवक्ता रवीन्द्र सापकोटाको भनाइ छ। चाँगुनारायण नगरपालिका पनि फोहाेर व्यवस्थापनमा निजी कम्पनीकै भर परेको छ। त्यसैले सूर्यविनायक र चाँगुनारायणले सफाइ मजदुरको व्यवस्था गरेको छैन। भक्तपुर नगरपालिकाले भने कुचिकार र सफाइ मजदुरलाई कर्मचारीकै रुपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने र सङ्कलित फोहाेर आफ्नै नगर क्षेत्रमा व्यवस्थापन गर्दै आएको छ। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस