काठमाडौं – दृश्य सम्पादक अनुप गिरी फिल्मको निर्देशनमा आएका छन्। उनीद्वारा निर्देशित फिल्म 'कुण्ठा'को पहिलो झलक र गीत मंगलबार सार्वजनिक गरिएको छ। राजधानीको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, रियाज म्युजिकका निराजन उप्रेती र अभिनेत्री मौसमी मल्ल लगायतले संयुक्त रुपमा 'पहिलो झलक' देखाए ।साइन इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा मौसमी मल्ल, रोविन पोखरेल, सुरज केसी, सुवास गजुरेल र गणेश सापकोटा लगायतले अभिनय गरेका छन्। किरण माइकलको लेखेको फिल्ममा माइकलकै संगीत छ।
फिल्ममा कुलतमा फसेका युवाहरुको कथा प्रस्तुत गरिएको छ। पाँचवटा गीत रहेको एल्बममा श्रेया सोताङ, विश्व नेपाली, विनोद ढकाल र हर्कुलस बस्नेतले स्वर दिएका छन्। 'सामाजिक कथालाई फिल्ममा समावेश गर्ने प्रयास गरेको छु। रोगी आमा र कुलतमा फसेको छोराबीचको द्वन्द्वलाई प्राथमिकतामा राखेको छु। रिलिज मिति केही दिनमा तोक्ने छौं,' निर्देशक गिरीले भने। एल्बमलाई रियाज म्युजिकले बजारमा ल्याएको हो। कार्यक्रममा विश्व नेपालीले 'जीवन काँडा कि फूल' बोलको गीत सुनाएका थिए।