बलिउड अभिनेत्रीले पहिरिएका सारी लगाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने केही अभिनेत्रीहरुले फिल्ममा पहिरिएका सारी चाँडै बिक्री हुने भएको छ। यस चोपडाका फिल्ममा हिरोइहरुले पहिरिएका सारी बिक्रीमा राखिने भारतीय समाचार एजेन्सीले जनाएको छ। अभिनेत्रीहरु श्रीदेबी, क्याट्रिना कैफ, काजललगायतले पहिरिएका सारी बिक्री गरिने जनाएको छ।यशराज ब्यानरको बलिउड थिममा एउटा फेसन पर्वको समारोह गरिनेछ। 'दिवानी' नाम दिइने उक्त थिम करोल बागस्थित सारी हाउसमा गरिने बताइएको छ। उक्त फेसन पर्वमा 'सिलसिला'मा रेखाले पहिरिएका सारीदेखि यश चोपडका अन्तिम फिल्म 'जब तक है जान'सम्म हिरोइनले पहिरिएका सारी उपलब्ध हुनेछन्। ती सारीहरुको मुल्य भने छुट्टाछुट्टै हुने जनाइएको छ। सारीको सुरुवाती मुल्य पाँच हजारदेखि दस लाख भारतीय रुपैयाँमा उपलब्ध हुनेछन्। उक्त समारोहको मिति भने अझै तय गरिएको छैन।
अर्को समाचार
हिरोइनले पहिरिएका सारी बिक्रीमा
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।
‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।
आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।
‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।
उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।

यो पनि पढौँ
ट्रेन्डिङ