एउटा अर्को बलात्कार
०८ फागुन २०७७
•
१ मिनेट पाठ
एउटा अर्को बलात्कार
एउटा अर्को बलात्कार




अनुसन्धानका लागि

समय र स्थानसहित

बलात्कार हुँदाको परिस्थिति,

संघर्ष र पराजयका सबै सिलसिला  

एक एक गरेर

प्रहरी कार्यालयमा सुनाउनुपर्‍यो

शरीर जाँचका निम्ति  

चिकित्सकका अगाडि  

फेरि एकपटक आफूलाई नंग्याउनुपर्‍यो  

अदालतमा फेरि बयान दिनुपर्‍यो  

र, त्यही सिलसिला दोहोरियो,

सत्यता जाँच्ने नाममा

वकिलका छुराजस्ता कुरा सुन्नुपर्‍यो  

अब त आजित र थकित पनि भइसकेँ

न्याय कहाँ छ ? अहिले पनि थाहा छैन

यत्तिचाहिँ पक्का हो,

बलात्कारपछि यसरी म

पटकपटक बलात्कृत भइरहनुपर्‍यो  

यो मुलुक, समाज र कानुनसँग

सोध्न त मन थियो,  

के बलात्कृत हुनु मेरो अपराध हो ?

फेरि पनि चुपचाप बसेकी छु

किन थाहा छ ?

आफ्ना हरेक प्रश्नका लागि

मैले फेरि

एउटा अर्को बलात्कार सहनु प्रायः निश्चित थियो !!
अर्को समाचार
जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार
२३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार
बाँके, राप्ती सोनारी निवासी १६ वर्षीया सिर्जना(नाम परिर्वतित) र बैजनाथका हेमराज थारुबीच करिब एक वर्षअघि फेसबुकमार्फत चिनजान भयो।




त्यसपछि उनीहरु दुबैले कुराकानी गर्ने माध्यम फेसबुकलाई नै बनाउन थाले। फेसबुक म्यासेन्जरबाटै भिडियो र अडियो कल गरेर उनीहरुबीच कुराकानी हुन थाल्यो।  

दुबै जना परिचित नहुदै हेमराजले सिर्जनालाई माया गर्ने आश्वासन समेत बाँड्न थाले। सिर्जनाले भने हेमराजको प्रस्ताव र कुरालाई सहजै पत्याइनन्, तर फेसबुकमा कुराकानी गर्न भने छाडिनन्। गत शनिबार(जेठ २१ गते)का दिन हेमराजले सिर्जनालाई एउटा निम्तो गरे। ‘आज मेरो जन्मदिन परेको छ, तिमी जसरी भएपनि म कहाँ आउनुपर्छ र जन्मदिन सँगै मनाउँला।’  

संयोगले त्यसदिन खजुरास्थित आफन्त कहाँ पुगेकी थिइन् । जन्मदिनको निम्तो स्वीकार गर्दै हेमराजले बोलाएको ठाउँमा उनी पुगिन्। अपरान्ह करिव ४ बजेतिर उनीहरुबीच भेटघाट गर्ने समय तोकियो। हेमराजले सिर्जनालाई खजुरा गाँउपालिका वडा नम्बर ६ मानखोला नजिक भेट्न बोलाए।  

सिर्जनालाई बोलाएको ठाउँमा हेमराज एक्लै भने थिएनन्। हेमराजसहित उनका साथीहरु विक्रान्त थारु, राजकुमार थारु, प्रविण थारु र निराजन थारु पनि थिए। त्यहाँबाट उनीहरुले सिर्जनालाई मोटरसाईकलमा राखेर मानखोला(बाँके र बर्दियाको सिमा) नजिक बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा पर्ने फुलवारी सामुदायिक वन क्षेत्रमा पुर्याए । साथमा उनीहरुले मदिरा पनि बोकेका थिए। सामुदायिक वन क्षेत्रमा पुगेपछि उनीहरु सबैले मदिरा सेवन गरे र सिर्जनालाई पनि जवरजस्ती खान बाध्य बनाए।  

मदिराको नसाले उनी जब लठ्ठ परिन्, त्यही मौका छोपेर युवाहरु उनीमाथी आइलागे  त्यहाँ रहेका पाँचै जना युवाले बेलुका करिव ६ बजेदेखी राती १२ बजेसम्म पालैपालो बलात्कार गरे। ‘म नसाले लठ्ठ परेको मौका छोपेर उनीहरुले मलाई पालैपालो बलात्कार गरेछन्, मेरो शरिरमा कपडा नै थिएन, मैले वान्ता समेत गरेछु, वान्ता गरेको कपडा पनि उनीहरुले नै धोइदिएका रहेछन्,’ पीडितले नागरिकसँग भनिन् ‘जब म होसमा आएँ, मेरो शरिरमा कपडा नै थिएन।’  

नसाले लठ्ठ परेकी सिर्जनाको होस खुलाउन युवाहरुले उनको शरीरमा पानी छर्किएका थिए। केही होस खुलेपछि सिर्जनालाई निराजन र विक्रान्तले मोटरसाइकलमा राखेर बैजनाथ–८ पिपरीस्थित एउटा बंगुरपालन फर्ममा पुर्‍याए। त्यहाँ पनि राती करिव १ बजेतिर विक्रान्त र निराजनले पालैपालो उनलाई बलात्कार गरे।  

बलात्कार गरिसकेपछि विक्रान्तले आफ्ना साथी विश्वनाथ थारु र निर्देश थारुलाई बोलाए । उनीहरुले पनि पालैपालो बलात्कार गरिसकेपछि युवतीलाई घरमा लगेर छाड्ने निधोमा पुगे। उनीहरुले भे ३ प ३५२७ नम्बरको पल्सर मोटरसाईकलमा बसालेर खजुरास्थित सिर्जनाको आफन्तको घरमा लैजादै गर्दा बाटोमा करिव ४ बजेतिर प्रहरीको चेकजाँच चलिरहेको थियो।  

विश्वनाथले चलाएको मोटरसाईकलको बीचमा सृजना र पछाडी निर्देश बसेका थिए । किशोरीको अवस्था हेर्दा उनी निकै थकित मुद्रामा थिइन्, प्रहरीलाई शंका लागेर सोधपुछ गर्दा घटना सार्वजनिक भयो। प्रहरीले तत्कालै दुबै जना युवालाई पक्राउ गर्यो, भने युवतीलाई उद्धार गरेर ईलाका प्रहरी कार्यालय खजुरामा राख्यो। प्रहरीका अनुसार पीडित युवती मोटरसाईकलमा बसिरहेका बेलामा पनि आँखा लठ्ठ पारेकी थिइन्, त्यही बेलामा प्रहरीलाई शंका लागेर उनीहरुलाई धेरै बेरसम्म केरकार गरेको थियो।

प्रहरीले अन्य पाँच जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ। पक्राउ परेका युवाहरुले बलात्कार गरेको प्रहरी समक्ष स्वीका गरेका छन्। पीडित किशोरीले आफुमाथी सामुहिक बलात्कार गर्ने युवालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छन्। ‘मलाई जन्मदिन मनाउन भनेर जसरी बोलायो, उसले विश्वास घात गरेको छ र मेरो इज्जत लुट्ने काम गराएको छ,’ उनले भनिन् ‘यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिइयोस्।’ पक्राउ परेका सबै ७ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार जिल्ला अदालतबाट म्याद थप गराएर आवश्यक अनुसान सुरु गरिसकेको छ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले नाबालिका माथी भएको अत्यन्त जघन्य घटना भएकाले प्रहरीले सुक्ष्म रुपले अनुसन्धान सुरु गरेको बताए। ‘कानुनी रुपले हदैसम्मको सजाय माग गरेर प्रहरीले पीडितलाई न्याय दिलाउने काम गर्नेछ,’ उनले भने। पीडित युवतीको स्वास्थ्य परिक्षण गराएर एक गैर सरकारी संस्थाको संरक्षणमा राखिएको बाँके प्रहरीले जनाएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस