बलिउड अभिनेत्री प्रियंका चोपडाले आफूद्वारा गाइएको दोस्रो गीत सार्वजनिक गरेकी छन्। पहिलो गीतमै चर्चा बटुलेर उत्साही बनेकी उनले लगत्तै दोस्रो गीत मुम्बईमा सार्वजनिक गरेकी हुन्। गीतमा ख्यातीप्राप्त गायक पिटबुलको आजाव पनि सुन्न सकिन्छ। 'एक्जोटिक' शीर्षकको गीत युट्युबमा ३१ लाखले हेरिसकेका छन्।सार्वजनिक कार्यक्रममा पिटबुल अनपस्थित रहे पनि प्रियंकाको तारिफ गर्दै उनले भिडियो म्यासेज पठाएका थिए। प्रियंका चोपडाले पहिलो गीतभन्दा अहिलेको गीतले बढी चर्चा पाउने विश्वास गरेकी छन्। भिडियोमा उनी निकै 'हट' देखेकी छन्। भिडियोको सुटिङ मियामीमा गरिएको थियो।
बुबाको निधनपछि उनी निराश बनेकी थिइन्।
बुबाको निधनपछि उनी निराश बनेकी थिइन्।